Class 8 Nepali Lesson 4

Class 8 Nepali Lesson 4
Unit-4 व्यावसायिक चिठी

अभ्यास

शब्द भण्डार

१. दिइएका शब्दको अर्थ लेख्नुहोस्:

व्यवस्थापक – कुनै कामकुराको व्यवस्था मिलाउने

बहुउपयोगी – धेरै काममा प्रयोग गर्न हुने वा सकिने

उद्योग – कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम

निर्मित – बनाइसकिएको, बनेको, तयार, रचित

भौचर – कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद

संलग्न – कुनै काममा लागेको, लीन भएको, जोरीएको अनुरोध – कसै समक्ष कुनै कामकुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नकानिम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम, बिन्तीभाउ

२. दिइएको अनुच्छेदमा प्रयोग भएका समूहवाची शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्:

सैनिक – सैनिकले खेलेको परेड हेर्न मन लाग्छ ।

फौज – नेपाली सेनाका फौज बहादुर छन् ।

जन्ती – मलाई जन्ती जान खुब रमाइलो लाग्छ ।

ताँती – कमिलाका ताँती हेर्दा बडो आनन्द आउँछ ।

भिड – बर्दिवास बजारमा मान्छेको भिड धेरै छ ।

बथान – एउटा भेडा जता गयो भेडाका बथान त्यतै जान्छन् ।

काँगियो -एक काँगियो केरामा बाह्र ओटा कोसो हुन्छ ।

झुप्पा – अङ्गुरको झुप्पा देखेर मेरो मुखबाट पानी आयो।

३. दिइएका वाक्यमा भएका उस्तै सुनिने तर फरक अर्थ दिने शब्द टिपोट गर्नुहोस्:

(क) सीताले छोरालाई भनिन्, भातका सिता नपोखी खाऊ ।

(ख) कक्षामा विभिन्न जातिका विद्यार्थी छन् तर सबै जना जाती छन् ।

(ग) श्याम दिनभरि ज्यालामा काम गर्छ र त्यसबाट आएको पैसाले दीनदुःखीको सेवा गर्छ ।

(घ) दोर्जेले बगैंचाबाट फूल टिपेर बजारमा बेच्यो र कुखुराका फुल किनेर ल्यायो ।

(ङ) घरमा गाग्री खाली छ, खालि कुरा मात्र गरेर पानी कहाँ आउँछ र ?

४. दिइएका उस्तै सुनिने तर फरक अर्थ दिने शब्दजोडीलाई वाक्यमा प्रयोग गर्नुहोस्:

विष (जहर) – खै, के भएछ कुन्नि ! रामबहादुरले विष सेवन गरेछ । बीस आजको परीक्षामा मैले बीसमा बीस नै अङ्क प्राप्त गरेँ ।

तिर (तर्फ) – हाम्रो घर विद्यालयबाट पूर्वतिर पर्छ ।

तीर (किनार वा बाण) – मलाई पौडी खेल्न नआएर खोलाको तीरमा बसें ।

जुन (सम्बन्धवाचक सर्वनाम) – तिमीले जुन दिन्छौ म त्यही लिन्छु ।

जून (चन्द्रमा) – बादल लागेर होला पूर्णिमाका रातमा पनि आकाशमा जून देखिएन् ।

बोध र अभिव्यक्ति

३. ‘व्यावसायिक चिठी’ को संरचना पढ्नुहोस् र छलफल गर्नुहोस्:

व्यावसायिक चिठीको संरचना

(क) प्रारम्भ भाग : मिति, पठाउने संस्था, पठाउनेको ठेगाना, सम्बोधन, चिठी पाउने संस्थाको नाम र ठेगाना, विषय 

(ख) मध्य भाग / मुख्य भाग: चिठीको मुख्य विषयवस्तु 

(ग) अन्त्य भाग: चिठी पठाउने व्यापारिक संस्थाको प्रतिनिधि, संस्थाको नाम, ठेगाना, खामको नमुना

४. ‘व्यावसायिक चिठी’ पाठ पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

क) चिठी लेख्ने संस्थाको नाम के हो ?

उत्तर : चिठी लेख्ने संस्थाको नाम हाम्रो तयारी पोसाक बिक्री केन्द्र हो ।

ख) सौगात अल्लो कपडा उद्योग कहाँ छ ?

उत्तर : सौगात अल्लो कपडा उद्योग कर्णाली प्रदेशको कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका २ मा छ ।

ग) हाम्रो तयारी पोसाक बिक्री केन्द्रका संस्थापक को हुन् ?

उत्तर : हाम्रो तयारी पोसाक बिक्री केन्द्रका संस्थापक सजना गुरुङ हुन् ।

घ) चिठीमा पेस्की रकम कसरी भुक्तानी गरिएको कुरा उल्लेख छ ?

उत्तर : चिठीमा पेस्की रकम त्यस उद्योगको नाममा रहेको नेपाल बैङ्क लिमिटेडको खातामा अनलाइनमार्फत भुक्तानी गरिएको कुरा उल्लेख छ ।

५. घरेलु उद्योगको प्रवर्धनका लागि के गर्नुपर्ला, प्रतिक्रिया दिनुहोस् ।

👉 घरेलु उद्योग प्रवर्धनका लागि सरकारले पनि कच्चा पदार्थको उत्पादनका लागि जोड दिनुपर्छ । त्यस्तै गरी वेरोजगार रहेका युवाहरूलाई देशमै रोजगारी सिर्जनाका लागि उचित किसिमको वातावरण सिर्जना गर्नुपर्छ । सोही अनुसारका नीति निर्माण तथा योजना बनाइ कार्यान्वयन गर्नुपर्छ साथै प्रोत्साहनका लागि अनुदानको व्यवस्था मिलाउनुपर्छ । सहुलियतदरमा ऋण उपलब्ध गराउनुपर्छ । स्थानीयस्तरमा नै उपभोग्य सामग्री उत्पादन, उपभोग र निर्यातका लागि जोड दिनुपर्छ । स्वदेसी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ ।

६. सौगात अल्लो कपडा उद्योगका तर्फबाट हम्रो तयारी पोसाक बिक्री केन्द्रलाई प्रत्युत्तर लेख्नुहोस् ।   

मिति : २०८०-०३-११

सौगात अल्लो कपडा उद्योग, 

खाँडाचक्र नगरपालिका २

कालीकोट, कर्णाली प्रदेश

श्री संस्थापक ज्यू

हाम्रो तयारी पोसाक बिक्री केन्द्र

ललितपुर उपमहानगरपालिका ३

ललितपुर, बाग्मति प्रदेश

विषय : अल्लोबाट निर्मित तयारी वस्तु पठाइदिएको सम्बन्धमा । उल्लिखित वस्तुहरूको बिल यसै साथ संलग्न गरी पठाइएको छ । बाँकी रकम यथाशीघ्र भुक्तानी गरिदिनुहुन अनुरोध गर्दछौँ ।

 

भवदीय

सौगात अल्लो कपडा उद्योग,

खाँडाचक्र नगरपालिका २

कालीकोट, कर्णाली प्रदेश

७. धूम्रपानले लिन्छ ज्यान शीर्षकमा सन्देशमूलक लेख तयार पार्नुहोस् ।

उत्तर : सुर्ती चुरोट स्वास्थ्यका लागि हानिकारक छ भनेर जान्दाजान्दै पनि मानिसहरु यसको प्रयोग गरिहेका छन् । प्रयोग घट्ला भन्नुको साटो उल्टै बढेर गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनि २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्वस्वास्थ्य संगठनको तथ्यांक छ । तथ्यांकअनुसार ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख सँगै बस्ने मानिसले खाएको चुरोटको असरको कारणले मृत्यु हुने गर्दछ । विज्ञहरूले नेपालजस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा ७० प्रतिशतभन्दा माथि पुऱ्याउनुपर्ने बताउँदै आएका छन् । सरकारले कर र अन्तशुल्क दायित्व पूरा हुँदैन । सञ्चारका माध्यामबाट तथा प्रत्यक्ष गोष्ठी सेमिनारको माध्यमबाट जनचेतनाका कार्यक्रम पनि बढाउँदै जान जरुरी छ ।

८. दिइएको शुभकामनाको ढाँचामा महान् पर्व दसैँका अवसरमा आप्नो विद्यालयका तर्फबाट लेखिने शुभकामना पत्र तयर पार्नुहोस् :

👉 शुभकामना पत्र

                                            मिति: २०८०-०२-२५

श्री पञ्चाधुरा माध्यामिक विद्यालय

बर्दिवास – ५, चेरु

नेपालीहरूको महान चाड दसैंको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक, भूतपूर्व विद्यार्थी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

प्रधानाध्याक तथा समस्त विद्यालय परिवार

१०. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।

क. कसरकारी लेखा प्रणाली भन्नाले के बुझिन्छ ?

उत्तर – सरकारी कार्यालयमा राखिने आर्थिक अभिलेख तथा प्रतिवेदनलाई सरकारी लेखा प्रणाली भनिन्छ ।

ख. आर्थिक प्रतिवेदन किन तयार पारिन्छ ?

उत्तर – आम्दानी र खर्चलाई चुस्त दुरुस्त राख्नका लागि आर्थिक प्रतिवेदन तयार पारिन्छ ।

ग. जनताप्रति कुन लेखा प्रणाली उत्तरदायी हुन्छ ?

उत्तर – जनताप्रति सरकारी लेखा प्रणाली उत्तरदायी हुन्छ ।

घ. व्यावसायिक लेखा प्रणाली केप्रति उत्तरदायी हुन्छ ?

उत्तर – व्यावसायिक लेखा प्रणाली लगानीकर्ताप्रति उत्तरदायी हुन्छ । 

भाषिक संरचना र वर्णविन्यास

२. दिइएका वाक्यलाई सङ्गति मिलाएर लेख्नुहोस् :

क. प्रभा कथाका किताब पढ्छ ।

उत्तर : प्रभा कथाका किताब पढ्छिन् ।

ख. भाइ बहिनीलाई पढाउँछिन् ।

उत्तर : भाइ बहिनीलाई पढाउँछ ।

ग. दिदी र दाइ घर आयो ।

उत्तर : दिदी र दाइ घर आउनुभयो ।

घ. सुनिता र गोपाल काठमाडौँ जान्छ ।

उत्तर : सुनिता र गोपाल काठमाडौँ जान्छन् ।

ङ. गोठमा गाई कराउनुभयो ।

उत्तर : गोठमा गाई करायो ।

च. आमाले कसौडीमा भात पकायो ।

उत्तर : आमाले कसौडीमा भात पकाउनुभयो ।

छ. तिमी साथीलाई चिठी लेख्छस् ।

उत्तर : तिमी साथीलाई चिठी लेख्छौ ।

ज. हामी बिदामा घुम्न जान्छु ।

उत्तर : हामी बिदामा घुम्न जान्छौँ ।

३. दिइएका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्:

प्रश्न :- उहाँले पुस्तक पसल गएर छोराछोरीका लागि कथा र कविताका किताब किन्यो । छोरीले कथाको किताब मन परायो । छोराले कविताको किताब मन पराउनुभयो । छोराछोरी दुवै जनाले बुबालाई चित्रकलाका सामान ल्याइदिन आग्रह गयो । उनीहरू अहिले आठ कक्षामा पढ्।

उत्तर 👉  उहाँले पुस्तक पसल गएर छोराछोरीका लागि कथा कविताका किताब किन्नुभयो । छोरीले कथाको किताब मन पराइन् । छोराले कविताको किताब मन परायो । छोराछोरी दुवै जनाले बुबालाई चित्रकलाका सामान ल्याइदिन आग्रह गरे । उनीहरू अहिले आठ कक्षामापढ्छन् ।

४. दिइएको अनुच्छेद पढी शब्दका सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भए शब्द पहिचान गरी टिपोट गर्नुहोस्:

सूर्यबाट उज्यालो र तातो मात्र होइन ऊर्जा पनि पाइँदो रहेछ । सौर्य ऊर्जाले वातावरण अनुकूल बन्दो रहेछ । पूजा, भूमिका र अपूर्व यस्तै विषयमा कुराकानी गर्दै हिँडिरहेका थिए । उनीहरू मन्दिर परिसरमा पुगे । त्यहाँ समूहमा बसेर भक्तजन अपूर्व आनन्दका साथ कीर्तन गाइरहेका थिए । एक जना साधुबाबा हातमा त्रिशूल लिएर नाचिर थिए । भाउजू, माइजू र फुपूहरू पनि त्यहीँ आउनुभयो ।

सुरुमा दीर्घ ऊकार :- सूर्यबाट, ऊर्जा, ऊर्जाले, पूजा, भूमिका, 

बिचमा दीर्घ ऊकार :- अनुकूल, अपूर्व, समूहमा, अपूर्व, त्रिशूल, फुपूहरू 

अन्तिममा दीर्घ ऊकार :- उनीहरू, भाउजू, माइजू, फुपूहरू

५. दिइएका शब्द शुद्ध गरी लेख्नुहोस् :

शून्य = शून्य

मयुर = मयूर

मुल = मूल

अपूर्ण = अपूर्ण

सूचना = सुचना

वधु = वधू

आफु = आफू

सूचि = सुची

भुमिका = भूमिका

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *