देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नचाहेपछि कांग्रेसको विवादमा सहमति हुन सकेन

देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नचाहेपछि कांग्रेसको विवादमा सहमति हुन सकेन
केहीबेर अघि शेखर कोइरालानिकट जिल्ला सभापतिहरुले महाधिवेशन पक्षधर नेताहरुसँगको छलफलमा तयार पारेको मध्यमार्गी प्रस्तावमा छलफल भएको थियो ।

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नमाने पछि सहमति जुटाउन सोमबार दिनभर भएका प्रयास असफल भएका छन् ।

केहीछिन अघि शेखर कोइरालानिकट जिल्ला सभापतिहरुले महाधिवेशन पक्षधर नेताहरुसँगको छलफलमा तयार पारेको मध्यमार्गी प्रस्तावमा छलफल भएको थियो ।

नेता कोइरालाले आफ्ना सहयोगी मिनेन्द्र रिजाल, बद्री पाण्डे र जीवन परियारलाई सँगै लिएर उक्त प्रस्ताव बोकेर देउवा निवास गएका थिए । तर देउवाले विशेष महाधिवेशनलाई स्वामित्व दिने कुरा स्वीकार्न नसकिने बटमलाइन लिएपछि सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए । शेखर निस्किएपछि देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।

उक्त छलफलपछि नै केन्द्रीय समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । प्रवक्ता प्रकाशशरण महतले यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयबारे जानकारी दिनका लागि बैठक बोलाइएको बताए । उनले विशेष महाधिवेशनलाई स्वामित्व लिएर अघि बढ्ने कुरामा सभापति र नेता शेखर कोइराला दुवैको असहमति रहेको बताए ।

‘केन्द्रीय कार्यसम्पादन समितिले दुई दुई पटक औचित्य छैन भनेर निर्णय गरेको विशेष महाधिवेशनलाई नै स्वामित्व लिने कुरा हुनै सक्दैन । यसमा सभापतिज्यू, शेखर कोइराला र हामीहरुको धारणा एउटै छ,’उनले भने,’पार्टी सञ्चालन र अरु नीतिगत सुधारका विषयमा छलफल गर्न सकिन्छ ।’

प्रकाशित : पुस २८, २०८२ २०:२७

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *