Class 9 Nepali Lesson 10 Note
Unit-10 व्यक्तित्व विकासमा विद्यालयको भूमिका
अभ्यास
शब्द भण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
👉
अभिभारा : कुनै कामको जिम्मेवारी, उत्तरदायित्व
उजागर : बाहिर ल्याउनु, प्रकाश पार्नु
घगडान : खुब अनुभवी, धेरै सिपालु
शनै: शनै: बिस्तारै बिस्तारै
इच्छाशक्ति : कुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा
समायोजन : वातावरण, परिस्थिति आदिसँग मिल्दोपन
२. दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् :
👉
बहुमुखी व्यक्तित्व : विभिन्न विषयको विशेषताले युक्त भएको व्यक्तिविशेषको निजीपन
वक्तृत्वकला : भाषण गर्ने वा प्रवचन दिने खुबी वा सिप
सहक्रियाकलाप : विद्यालयमा सञ्चालन गरिने पाठ्यक्रमका उद्देश्य पूरा गराउने विभिन्न गतिविधि जस्तै : वादविवाद, वक्तृत्वकला आदि ।
संवेगात्मक : लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न
वातावरण : प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था वा परिवेश
ऊर्जा : कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल, उत्साह, बल, शक्ति
३. दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् :
👉
विनाश : विकास
आन्तरिक : बाह्य
ऋणात्मक : धनात्मक
पुरस्कार : दण्ड
सकारात्मक : नकारात्मक
प्रतिकूल : अनुकूल
४. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
👉
सभाध्यक्ष : विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियकलापको सभाध्यक्ष प्रधानाध्यापक हुन्छन् ।
उत्कृष्ट : प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिन राम्रो तयारी गर्नुपर्छ ।
प्रतिभा : हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ ।
स्वावलम्बी : हरेक महिला स्वावलम्बी हुन जरुरी छ ।
शिष्टाचार : प्रतियोगीले बोल्दा शिष्टाचार व्यक्त गर्नु आवश्यक हुन्छ ।
सहानुभूति : अरूको दुःखमा सहानुभूति दर्शाउनु मानवीय पक्ष हो ।
बोध र अभिव्यक्ति
४. दिइएको प्रश्नको उत्तर भन्नुहोस् :
(क) वक्तृतामा कार्यक्रमको अध्यक्षता र सञ्चालन गर्ने व्यक्ति को को हुन् ?
उत्तर 👉 वक्तृतामा कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक र सञ्चालन गर्ने व्यक्ति नौ कक्षाका एक विद्यार्थी हुन् ।
(ख) छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा कुन कुरा व्यक्त गरेका छन् ?
उत्तर 👉 छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा गौरवान्वित भएको कुरा व्यक्त गरेका छन् ।
(ग) वक्तृतामा कतिओटा प्रश्नात्मक वाक्य रहेका छन् ?
उत्तर👉 वक्तृतामा चारओटा प्रश्नात्मक वाक्य रहेका छन् ।
(घ) अमृताले कुन सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ?
उत्तर 👉 अमृताले भविष्यमा होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गर्ने अपेक्षासहितको सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ।
५. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
प्रश्नहरू :
(क) वक्तृतांशमा किन आफैँमा विश्वास राख्न भनिएको हो ?
उत्तर 👉 सम्पूर्ण शक्ति व्यक्तिमा नै हुने भएकाले यसलाई उजागर गर्न वक्तृतांशमा आफैँमा विश्वास राख्न भनिएको हो ।
(ख) वक्तृतांशमा विफलतालाई किन शिक्षाका रूपमा लिन भनिएको होला ?
उत्तर 👉 विफलताबाट मानिसले सफलताबाट भन्दा धेरै कुरा सिक्न सक्ने भएकाले वक्तृतांशमा विफलतालाई शिक्षाका रूपमा लिन भनिएको हो ।
(ग) विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?
उत्तर 👉 विद्यार्थीमा भएको असीमित शक्तिलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै विद्यार्थीको | व्यक्तित्व विकासमा विद्यालयको भूमिका सकारात्मक र समर्पित हुनुपर्छ ।
(घ) गल्ती कसरी शिक्षक हुन सक्छ, तर्क दिनुहोस् ।
उत्तर 👉 गल्तीबाट हामीले धेरै कुरा सिक्न सक्छौं । सफलताबाट जति सिकिन्छ त्योभन्दा धेरै असफलता र गल्तीबाट | सिकिने भएकाले गल्ती शिक्षक हुन सक्छ ।
६. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
(क) वक्तृतांशका अनुसार अहिले कस्तो शिक्षा प्रचलनमा रहेको देखिन्छ ?
उत्तर 👉 वक्तृतांशका अनुसार अहिले सूचना र ज्ञान दिने खालको शिक्षा प्रचलनमा रहेको देखिन्छ । यसले विद्यार्थीको बौद्धिक विकासमा सहयोग गर्दछ । यसका लागि विद्यालयमा पढाउने, सिकाउने, कक्षाकार्य र गृहकार्य दिने गरिन्छ । विद्यार्थीहरू यिनै क्रियाकलाप गर्दै सफल भएर सफलताको प्रमाणपत्र लिएर निस्कन्छन् ।
(ख) समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न के गर्नुपर्छ ?
उत्तर 👉 समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ ।
७. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) विद्यालयले कसरी विद्यार्थीको व्यक्तित्व विकास गर्न सक्छ, आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।
उत्तर 👉 व्यक्तित्व भनेको व्यक्तिभित्र रहेका गुणको त्यो समूह हो जसले कुनै व्यक्तिलाई अर्को वा दोस्रो व्यक्तिभन्दा पृथक् राख्दछ । हरेक व्यक्तिमा शिष्टाचार, नैतिकता, आचरण, आत्मविश्वास, साहस, सोचाइ, व्यवहार, बोलीचाली र आनीबानीमा समेत झल्किने जुन भाव छ त्यो नै व्यक्तित्व हो । व्यक्तित्वको वास्तविक रूप उसको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता हो । त्यसैले विद्यालयमा विद्यार्थीको चिन्तन, सोच, आचरण तथा मनको प्रकृतिलाई अनुकूल गराउने गरी वातावरण निर्माण गर्नु र तदनुकूल शिक्षण क्रियाकलाप गर्नुले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्दछ ।
विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा उनीहरूको आफ्नै रुचि जे छ त्यसैमा उत्प्रेरित गरेर व्यक्तित्व विकास गर्न सकिन्छ । समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न जोड दिनुपर्छ । यसका लागि व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ । विद्यालयलाई किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाउनुपर्छ र विद्यार्थीको व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माणमा जोड दिनुपर्छ । क्रियाकलाप र सहक्रियाकलापलाई सिकाइको अभिन्न अङ्ग बनाउनुपर्छ । यसप्रकार विद्यालयमा विद्यार्थीभित्र आत्मविश्वास र आत्मअनुशासनको वातावरण सिर्जना गर्नुपर्छ । विद्यार्थीमा असीमित तागत छ । त्यस तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्व विकासमा विद्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।
(ख) आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीले के कस्ता कार्य गर्नुपर्छ, लेख्नुहोस् ।
उत्तर 👉 आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण रहेको हुन्छ । यदि व्यक्ति नै आफ्नो व्यक्तित्व विकासका लागि सचेत र चनाखो भएन भने अरूले जति कोसिस गरे पनि त्यो निरर्थक हुन्छ । आफूमा सर्वाङ्गीण पक्षको विकास गराई एक असल र योग्य नागरिक बन्नका लागि विद्यार्थी स्वयम्को कार्य सकारात्मक र विवेकी हुनु जरुरी छ ।
आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थी अनुशासित, इमानदार, अध्ययनशील, जिज्ञासु, चिन्तनमनन गर्ने, खोजमा संलग्न रहने, सबैको सम्मान गर्ने हुनु जरुरी छ । विद्यालयका हरेक गतिविधिमा सक्रिय रहने र घरायसी कार्यमा पनि उत्तिकै चासो राख्ने विद्यार्थीको कार्यले नै उसको व्यक्तित्व विकासमा सहयोग गर्दछ । त्यस्तै विद्यार्थीले आफूलाई आफैँले विश्वास गर्नुपर्छ । आफूभित्र असीमित तागत रहेकोले उक्त तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना विद्यार्थी स्वयम्को पनि हो । दरो इच्छाशक्ति र असफलता तथा कमजोरीबाट सिक्ने कार्यले हामीलाई सफलतातिर लैजान्छ । त्यस्तै अर्काको संस्कृतिको अन्धानुकरण होइन आफ्नो संस्कृतिको वैज्ञानिकीकरणले नै आफ्नो पहिचान दिलाउँछ भन्ने बोध गरी आफ्नो संस्कृतिको संरक्षण र संवर्धनको कार्य गर्नु जरुरी भइसकेको छ ।
यसप्रकार आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । स्वप्रयासका माध्यमबाट पनि हामीले बहुमुखी व्यक्तित्व फुलाउन र समाजमा सुवास छर्न सक्छौं । सकारात्मक ऊर्जाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्फुटित गराई राष्ट्र निर्माणमा योगदान दिन सक्छौं ।
८. माथिको वक्तृतामा अमृता नेम्वाङले भनेका कुरालाई दशओटा बुँदामा टिपोट गर्नुहोस् ।
उत्तर👉
वक्ता अमृता नेम्वाङले भनेका कुराको दशओटा बुँदा :-
– व्यक्तिको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता नै व्यक्तित्वको वास्तविक रूप
– विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा रुचिमा उत्प्रेरित गरेर हौस्याउँदा व्यक्तित्व निर्माण सहज बन्ने
– बौद्धिक व्यक्तित्वको विकासका साथै समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास र असीमित ऊर्जालाई उजागर गर्ने, सकारात्मक सोच, आत्मविश्वास जागृत गर्ने वातावरण सिर्जना गरी विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विद्यालयको दायित्व सम्बन्धमा बहस हुनु जरुरी
– विद्यार्थीमा रहेको अनन्त ऊर्जा जगाउने, स्वशक्तिको पहिचान, सकारात्मक सोचको विकास गरी आत्मविश्वास जगाउने काम विद्यालयले गनुपर्ने
– बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्य अझ उज्यालो पार्दै विद्यमान प्रतिभा र बौद्धिकता जगाउन विद्यार्थीमुखी कार्यकलाप विद्यालयमा आवश्यक
– किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाई व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माण गर्नुपर्ने
– हावर्ड गार्डनरको बहुबौद्धिकताको कुरालाई ध्यान दिएर शिक्षण क्रियाकलाप सम्पन्न गरियो भने विद्यार्थीको बौद्धिक विकास हुन सक्ने
– डार्विनको प्रतिभालाई कक्षाकोठाको खुराकले नपुगेर उनले प्रकृतिलाई पाठशाला बनाई विकासवादको सिद्धान्त प्रतिपादन गरेका
– सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई विद्यार्थीभित्रको उच्च तहको सिर्जनशील चिन्तन, समीक्षात्मक चिन्तन, सञ्चार सिप, निर्णय क्षमता, समस्या समाधानलगायतका सिप विकाससित जोड्नुपर्ने
– भविष्यमा एक होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा ।
९. वक्तृता कसरी सञ्चालन गरिन्छ, कक्षामा छलफल गर्नुहोस् ।
उत्तर 👉 वक्तृता सञ्चालनका लागि सर्वप्रथम समसामयिक विषयवस्तुमा आधारित रहेर शीर्षक चयन गरिन्छ । उक्त शीर्षकमा कक्षागत रूपमा प्रतियोगिता सञ्चालन गरिन्छ । प्रत्येक कक्षाबाट छनोट भएका उत्कृष्ट विद्यार्थीबिचमा विद्यालय स्तरमा प्रतियोगिता सञ्चालनको तयारी गरिन्छ । उक्त प्रतियोगिताका लागि उद्घोषक छनोट गरिन्छ । प्रधानाध्यापक कार्यक्रमको अध्यक्ष रहन्छन् भने विव्यस अध्यक्ष प्रमुख अतिथिका रूपमा रहन्छन् । एक जना समयपालक रहन्छन् । तीन जना शिक्षक निर्णायकको भूमिकामा रहन्छन् । प्रतियोगी बाहेकका विद्यार्थी र अभिभावक तथा अन्य आमन्त्रित व्यक्ति दर्शकका रूपमा रहन्छन् ।
१०. ‘विद्यार्थी जीवनमा अनुशासनको महत्त्व’ शीर्षकमा छोटो वक्तृता तयार पार्नुहोस् ।
उत्तर 👉
विद्यार्थी जीवनमा अनुशासनको महत्त्व (वक्तृता)
आदरणीय सभाध्यक्ष महोदय ! प्रमुख अतिथिज्यू, गुरुवर्ग, निर्णायक मण्डल एवम् मेरा प्रतिस्पर्धी तथा सम्पूर्ण मित्र ! आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा म गौरवान्वित छु । आजको वक्तृताको विषय छ, ‘विद्यार्थी जीवनमा अनुशासनको महत्त्व ।’ सभाध्यक्ष महोदय !
सबैभन्दा पहिला म अनुशासनको अर्थ भन्न चाहन्छु । ‘शासन’ शब्दमा ‘अनु’ उपसर्ग लागेर ‘अनुशासन’ शब्द बनेको हो । यसको अर्थ ‘नियममा बस्नु’ भन्ने हुन्छ । तसर्थ हामीले नियमको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नु र कुनै पनि कार्य गर्नुलाई अनुशासन भनिन्छ । सफलता प्राप्त गरी निरन्तर अगाडि बढ्नका लागि अनुशासन हरेक व्यक्तिका लागि हरेक क्षेत्रमा आवश्यक पर्छ । अझ विद्यार्थी जीवनमा अनुशासनको निकै महत्त्व रहेको हुन्छ ।
श्रद्धेय महानुभावहरू !
अनुशासन विद्यार्थी जीवनको लागि नभई नहुने कुरा हो । उहिले ऋषिमुनिहरूको आश्रममा ज्ञान आर्जन गर्नका लागि जाने शिष्यहरूका लागि अनुशासनलाई निकै जोड दिइन्थ्यो । सामान्य व्यक्ति मात्र होइन त्यहाँ अध्ययन गर्न जाने राजकुमारहरूले समेत उक्त अनुशासनको पालना गर्नुपर्थ्यो । यसबाट पनि हामी अनुशासनको विद्यार्थी जीवनमा कति महत्त्वपूर्ण रहेछ मनन गर्न सक्छौं ।
अनुशासनमा रहनु भनेको सफलतातिर अग्रसर रहनु पनि हो । अनुशासनमा रहने विद्यार्थी नै शिक्षकको प्रिय बन्न सक्छ । विद्यालयका हरेक गतिविधिमा हामीले ध्यान दियौं भने अनुशासित विद्यार्थीले नै सफलता हासिल गरिरहेको हुन्छ । अनुशासनमा रहने व्यक्ति नै सबैको लागि उदाहरणीय बन्न सक्छ । कतिपय शिक्षक तथा विद्यार्थीले अनुशासनलाई हाउगुजी मानेको समेत पाइन्छ । तर अनुशासन आफूले तोकिएको नियममा रहेर तोकिएको कार्य इमानदार भएर गर्नु हो । अनुशासन तोकिएको आचारसंहिताको पालना पनि हो ।
यसर्थ हरेक क्षेत्रमा उत्तिकै महत्त्व रहेको अनुशासन विद्यार्थी जीवनमा झनै महत्त्वपूर्ण छ । हामी विद्यार्थी भविष्यका कर्णधार भएकाले हाम्रो उन्नति प्रगति राष्ट्रको उन्नति प्रगतिसँग पनि जोडिएको हुन्छ । तसर्थ हामीले असल नागरिक बन्न अनुशासनमा जोड दिनु आवश्यक छ भन्दै म मेरो भनाइ यहीँ बन्द गर्दछु । धन्यवाद !
११. तलको दैनिकीको नमुना पढ्नुहोस् र तपाईंले भ्रमण गरेको कुनै एउटा रमणीय स्थलको विषयवस्तु समेटी एक दिनको दैनिकी तयार पार्नुहोस् :
उत्तर 👉
दैनिकी
रातको ८ बजे २०७९ पुस १०
आज पुस १० गते, म बिहान सबेरै उठेँ । बाहिर चराचुरुङ्गी चिरबिर स्वरमा कराउँदै थिए । घुम्न जाने उत्साहले होला सधै उठिरहने समयभन्दा छिटो उठेछु । हातमुख धोएर, खाजाखाइसकेपछि पो अर्लाम बज्यो । ममीले हिजै भन्नुभएको थियो,“भोलि हतार हुन्छ । जाँदा आवश्यक पर्ने सामान तयार गरिहाल्नु है आजै ।” मैले आमाले भन्नुभएपछि हिजै झोला तयार गरिसकेको थिएँ । त्यसपछि घुम्न जाने हाम्रो पूर्वयोजनाअनुसार म तयार हुन थालें ।
बिहान ६ बजे,“कति समय लगाउनुभएको हिँड्नु छिटो ।” भन्दै भाइ आइपुग्यो र हामी उकालो चढ्न थाल्यौं । यात्रामा म र भाइ थियौं । हाम्रो गन्तव्यय थियो ककनी र त्यहाँ पुगेर हिउँ खेल्ने । पसिना बगाउँदै, गफ गर्दै जाँदाजाँदै ३ घण्टा कसरी बित्यो पत्तै भएनछ । हामी करिब ९ बजेतिर मानेभन्ज्याङमा पुग्यौं । त्यहाँ पुगुन्जेल भोकले तिरिमिर भइसकेका थियौं । घरबाट लगेको खाजा खायौं र निकै चिसो भएकाले नजिकैको होटलमा छिरेर दुई दुई कप चिया खायौं । करिब १ घण्टा हिँडेपछि हामी ककनी पुग्यौं त्यहाँ हिउँले सेताम्यै भएको थियो । त्यहाँबाट हिमालको दृश्य झनै मनमोहक थियो । अनि हामी हिउँका डल्लाले एकअर्कालाई हान्दै खेलिरहेको तस्बिरहरू खिच्यौ । भिडियो पनि बनायौँ । अनि नजिकैको होटेलमा गएर नास्ता गर्यो । अनि करिब ३ बजेतिर घर फर्कियौं । पहिलोचोटी मैले हिउँको अनुभव गर्न पाएकोले निकै रमाइलो लाग्नुको साथै थकाइ पनि लागेको थियो । अनि बेलुकाको खाना खाएँ र त्यसपछि छोटो दैनिकी तयार पारी राती ८:३० बजेतिर सुतें ।
१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) उत्तर दिनुहोस् :
अ) बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक को हुन् ?
👉 बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक हार्बड गार्डनर हुन् ।
आ) बौद्धिकताका प्रकार उल्लेख गर्नुहोस् ?
👉 भाषिक, तार्किक गणितिय स्थानिक दृश्यात्मक, प्राकृतिक, साङ्गीतात्मक, शारीरिक गतिबोधनक, अन्तरवैयक्तिक र अन्तः वैयक्तिक गरी आठ प्रकारका बौद्धिकता हुन्छन् ।
इ) भाषिक बौद्धिकताअन्तर्गत पर्ने कुरा के हो ?
👉 भाषिक बौद्धिकताअन्तर्गत मौखिक र लिखित रूपमा प्रभावकारी ढङ्गले भाषा प्रयोग गर्ने क्षमता पर्दछ ।
ई) तपाईंमा मुख्य रूपमा कुन बौद्धिकता रहे जस्तो लाग्छ ?
👉 ममा मुख्य रूपमा भाषिक बौद्धिकता रहे जस्तो लाग्छ।
ख) भाषा संरचना पहिचान गर्नुहोस् :
अ) अनुच्छेदमा भएका कुनै दुई पारिभाषिक शब्द लेख्नुहोस् ।
👉 गणितीय, दृश्यात्मक
आ) अनुच्छेदबाट एकवचन र बहुवचनका एक एकओटा क्रियापद टिप्नुहोस् ।
👉
एकवचन : गर्छ
बहुवचन : पर्छन्
इ) अनुच्छेदबाट श, ष, स प्रयोग भएका एक एकओटा शब्द लेख्नुहोस् ।
👉 शिक्षण, विशेषता, सामान्यतया
ई) ‘हाउभाउ’ र ‘रुचि’ शब्दको अर्थ लेख्नुहोस् ।
👉
हाउभाउ : अनुहार वा शरीरको भाषा
रुचि : चाहाना, इच्छा
१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
राजकिशोरले कक्षाको राम्रोसँग नेतृत्व गरे झैँ कक्षाका साथीको नेतृत्व गर्नका लागि नेतृत्वकर्ताका रूपमा मन्तव्य व्यक्त गर्नुहोस् ।
👉 सम्पूर्ण आदरणीय साथीहरू,
म तपाईहरूकै चिरपरिचित साथी उमेश प्रधानको तर्फबाट नमस्कार । अहिले विद्यालयबाट विद्यार्थीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक नेतृत्व चयन गर्ने प्रक्रियमा एउटा उम्मेदवारको रूपमा म तपाईंहरूका समक्ष उभिएको छु ।
मैले सधै भरि विद्यालय र विद्यार्थीहरूको बिचमा एउटा पुलको भूमिका निर्वाह गर्ने छु । विद्यार्थीहरू समस्यालाई विद्यालयसम्म पुन्याउने र समाधानको लागि पहल गर्ने छु । कसैलाई कुनै आधारमा भेदभाव नगरी समान व्यवहार गर्ने छु । सबै साथीहरूलाई असल काममा प्रेरित गरी विद्यालयको वातावरण राम्रो बनाउने प्रयास गरिरहने छु । मलाई तपाईंहरूको साथ र सहयोग प्राप्त भएपछि सबैको हितमा उदाहरणीय काम गर्ने छु । तपाईंको सहयोग अवश्य पाउँछु भन्ने विश्वास छ ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढी तालिकाको खाली ठाउँमा ठीक भए “ठीक” र बेठिक भए “बेठिक” चिह्न लगाउनुहोस् ः
भाइ पाँच कक्षामा पढ्छ । बहिनी सात कक्षामा पढ्छे । म नौ कक्षामा पढ्छु । तिमी पनि नौ कक्षामा पढ्छौ । साथीहरू पनि सँगै पढ्छन् । उनीहरू प्रशस्त अन्तरक्रिया गर्छन् । शिक्षक विनोदले पहिलो घन्टी नेपाली विषय पढाउनुहुन्छ । शिक्षक सुनिताले दोस्रो घन्टीमा गणित पढाउनुहुन्छ ।
👉
| वाक्य | लिङ्ग | वचन | पुरुष | आदर |
|---|---|---|---|---|
| भाइ पाँच कक्षामा पढ्छ । | ठीक | ठीक | ठीक | ठीक |
| बहिनी सात कक्षामा पढ्छे । | ठीक | ठीक | ठीक | ठीक |
| म नौ कक्षामा पढ्छु । | – | ठीक | ठीक | ठीक |
| तिमी पनि नौ कक्षामा पढ्छौ । | – | ठीक | ठीक | ठीक |
| साथीहरू पनि सँगै पढ्छन् । | – | ठीक | ठीक | ठीक |
| उनीहरू प्रशस्त अन्तरक्रिया गर्छन् । | – | ठीक | ठीक | ठीक |
| शिक्षक विनोदले पहिलो घन्टी नेपाली विषय पढाउनुहुन्छ । | ठीक | ठीक | ठीक | ठीक |
| शिक्षक सुनिताले दोस्रो घन्टीमा गणित पढाउनुहुन्छ । | ठीक | ठीक | ठीक | ठीक |
२. हरेक कोठाबाट एक–एक शब्द लिई लिङ्ग, वचन, पुरुष र आदर सङ्गति मिल्ने वाक्य बनाउनुहोस् ः
👉
ऊ त्यहाँ जान्छ ।
तँ कहाँ जान्छस् ?
उनी त्यहाँ जान्छिन् ।
तिमी कहाँ जान्छ्यौ ?
उहाँ त्यहाँ जानुहुन्छ ।
तपाईँ त्यहाँ जानुहुन्छ ।
म त्यहाँ जान्छु ।
हामी त्यहाँ जान्छौँ ।
३. दिइएका वाक्यलाई लिङ्गका आधारमा क्रियाको पदसङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् ः
👉
भाइ रुन्छ ।
त्यो देखेर बहिनी पनि रुन्छे ।
अमृता नेम्बाङ भाइबहिनीलाई माया गर्छिन् ।
ऊ खेलौना दिन्छ ।
खेलौना पाएर भाइ दङ्ग पर्छ ।
बहिनी पनि खेलौना चाहियो भनेर बिलौना गर्छे ।
४. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् ः
मामा राम्रा राम्रा कविता लेख्नुहुन्छ । (स्त्रीलिङ्ग)
👉 मामी राम्रा राम्रा कविता लेख्नुहुन्छ ।
तँ भोलि आउलास् । (उच्च आदर)
👉 तपाईँ भोलि आउनुहोला ।
ऊ केही दिन आराम गर्छ । (प्रथम पुरुष)
👉 म केही दिन आराम गर्छु ।
तिमीहरू वक्तृत्वकलामा भाग लिने छौ । (एकवचन)
👉 तिमी वक्तृत्वकलामा भाग लिने छौ ।
हामी लोकगीत गाउथ्यौँ । (तृतीय पुरुष, मध्यम आदर)
👉 उहाँहरू लोकगीत गाउनुहुन्थ्यो ।
छोरी कार्यालय गइन् । (पुलिङ्ग)
👉 छोरा कार्यालय गयो ।
तपाईँ गृहकार्य गर्नुहोस् । (सामान्य आदर)
👉 तिमी गृहकार्य गर ।
मेरो भाइ पाँच कक्षामा पढ्छ । (बहुवचन)
👉 मेरा भाइहरू पाँच कक्षामा पढ्छन् ।
५. दिइएको अनुच्छेद पढ्नुहोस् र पदसङ्गति पहिचान गर्नुहोस् ः
गुरुले मेघ बिजुली विवाह कविता पढाउनुभयो । उहाँले त्यो पाठ राम्ररी बुझाउनुभयो । हाम्रो कक्षामा सोझी विमला, टाठी निर्मला मात्र होइन बाठो नरेश र सोझो नृपेश पनि छन् । हाम्रो कक्षाकी निर्मलाको भाइ आठमा पढ्छ । नृपेशकी बहिनी सातमा पढ्छे । नरेशकी दिदी दशमा पढ्नुहुन्छ । निर्मलाले नरेशलाई सोध्छे, “तँ कविता लय हालेर पढ्छस् ?” नरेशले निर्मलालाई भन्छ, “तँ पढ्छेस् त ?” गुरुले तिनीहरूका कुरा सुन्नुभयो र तिनीहरूलाई भन्नुभयो, “साथीलाई तिमी, तपाईँ भन्नुपर्छ ।”
कर्ता र क्रियाबिच पदसङ्गति
👉
गुरुले — भन्नुभयो
साथीहरू — छन्
भाइ — पढ्छ
बहिनी — पढ्छे
दिदी — पढ्नुहुन्छ
निर्मलाले — सोध्छे
तँ — पढ्छस्
तँ — पढ्छेस्
नाम र सर्वनामबिच पदसङ्गति
👉
गुरुले — उहाँले
विमला, निर्मला, नरेश, नृपेश — तिनीहरू
विशेषण र विशेष्यबिच पदसङ्गति
👉
सोझी — विमला
टाठी — निर्मला
बाठो — नरेश
सोझो — नृपेश
हाम्रो — कक्षा
नृपेशकी — बहिनी
नरेशकी — दिदी
तिनीहरूका — कुरा
६. दिइएको अनुच्छेद पढी श, ष, स प्रयोग भएका शब्दको अलग–अलग सूची बनाउनुहोस् ः
अनुच्छेद
उषाले आफ्नो शिशुलाई काखमा राखेर सगरमाथा स्वास्थ्य केन्द्र लगिन् । छोरालाई इमर्जेन्सीमा भर्ना गरिन् । डाक्टर ऋषभ शिवाकोटीले बच्चाको स्वास्थ्य जाँच गरे । उनका श्रीमान् शिशिर पनि त्यहाँ आइपुगे । उषाका ससुरा पनि नातिलाई भेट्न स्वास्थ्य केन्द्र आए ।
👉 श प्रयोग भएका शब्दहरू
शिशु
शिवाकोटी
शिशिर
श्रीमान्
जाँच
👉 ष प्रयोग भएका शब्दहरू
उषा
ऋषभ
स्वास्थ्य
ससुरा
👉 स प्रयोग भएका शब्दहरू
सगरमाथा
स्वास्थ्य
ससुरा
काख
छोरा
७. वक्तृताबाट श, ष, स प्रयोग भएका पाँच–पाँचवटा शब्द खोजेर लेख्नुहोस् ः
👉 श प्रयोग भएका शब्दहरू
शान्ति
शक्ति
शिक्षा
श्रम
शुद्ध
👉 ष प्रयोग भएका शब्दहरू
षड्यन्त्र
विषय
दुष्ट
पुष्टि
परिष्कार
👉 स प्रयोग भएका शब्दहरू
समाज
समानता
सहयोग
संविधान
स्वतन्त्रता
