उनी त्यसको गृहकार्यमा रहेको उनको सचिवालयले जनाएको छ । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् ।
बालेन त्यही निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेरै झापाका स्थानीय नेता कार्यकर्तासँग लगातार छलफलमा रहेको उनको सचिवालयले जानकारी दियो ।
आइतबार पनि बालेनले रास्वपा झापाका सभापति प्रकाश पाठकलगायतसँग छलफल गरेका थिए ।
आइतबार ललितपुरको ज्वागलस्थित आफ्ना सल्लाहकार कुमार ब्यञ्जनकारको घरमा अध्यक्ष पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग भेटवार्ता भएको बालेनका एक सल्लाहकारले बताए ।
“मेयरज्यू झापा–५ मा केपी ओलीसँगै चुनाव लड्ने तयारीमा हुनुहुन्छ । हाम्रो टिमले त्यहाँको मत सर्वेक्षण पनि गरिरहेको छ । त्यसैले आज पनि त्यहाँका नेताहरूसँग भेटघाट गरेर बुझ्नुभएको हो,” ती सल्लाहकारले भने ।
बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार ५ गतेभित्र राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी भएको छ ।
शाहले कुराकानीमा सोमबार बिहान भने– ५ गते राजीनामा दिनुहुन्छ, त्यसपछि सिधै झापा जानुहुन्छ ।”
उनका अनुसार बालेनले झापा ५ बाटै निर्वाचन लड्ने तयारी गरेका छन् ।

