Class 10 Nepali Lesson 14 Note
Unit-14
घरको माया
अभ्यास
शब्द भण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
उत्तरः
(क) सखारै सबेरै, विहानै
(ख) बुजो मुखमा टम्म राख्ने काम, विर्को
(ग) गरम तातो, गर्मी
(घ) आली खेतको सिमाना छुट्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल
(ङ) सामल वाटाका लागि बोकेको खाद्यवस्तु, वाटाखर्च
(च) हंस प्राण
२. ‘घरको माया” एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द प्रयोग भएका छन् । त्यस्ता शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
(क) काँचोपात: पहिले पहिले तमाखु खान सुर्तीको काँचोपात प्रयोग गरिन्थ्यो । बाँकटे कमिज : कृषकहरू’ विशेषगरी असारमा रोपाईं गर्दा बाँकटे कमिज लगाउने गर्छन् ।
(ख) लाठे: खेतमा आली लाउने काम लाठेको हुन्छ।
(ग) पर्म: गाउँघरमा काम गर्न सजिलो होस भनेर छिमेकीमा पर्म लाउने चलन हुन्छ ।
(घ) आली: काम गर्दा खेतको आलीमा बसेर खाजा खाने गरिन्छ ।
(ङ) उखुम: आज त गर्मीले उखुम पारेको छ ।
३. दिइएका शब्दका विपरीतार्थी शब्द ‘घरको माया‘ एकाङ्कीबाट खोजेर लेख्नुहोस् :
वर, पछाडि, होची, उता, विपना, दुःखी, उँधो, तातो, बस, टाढै
उत्तर:
वरः पर
होची: अग्ली
विपना: सपना
उँधो: उँभो
बस: उठ
पछाडि: अगाडि
उता: यता
दुःखी: सुखी
तातो: चिसो
टाढै: नजिकै
४. घरको माया‘ एकाङ्कीबाट पाँच पाँचओटा टुक्का र अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
टुक्का :
(क) हंस जानु: उपचार गर्न भनेर हतार हतार दौडाएको उसको त हंस पहिले नै गइसकेछ ।
(ख) बिजुली हुनु: पढ्न नपढे पनि सविता काम गर्न भनेपछि चाहिँ विजुली छे ।
(ग) हकाउमा पर्नु : आजभोलिका बच्चाहरू कति छिटो अर्काको बहकाउमा परिहाल्छन् ।
(घ) इज्जत फाल्नु : जे भएपनि हामीले हाम्रो गाउँको इज्जत फाल्नु हुँदैन ।
(ङ) उभो लाग्नु : मैले नपढेको देखेर मेरी आमा सधैँ यसको उभो लाग्ने मति छैन भन्दै गाली गर्नुहुन्छ ।
अनुकरणात्मक शब्द
(क) पिपिच: खैनी खाने मान्छेले जहाँपायो त्यहीं पिच्च पिच्च थुक्छन् ।
(ख) करूम करमः जाडोमा मुलाको सागसँग करम करम मकै खान पाए के चाहिन्छ /?
(ग) किक्लिक्क: ज्यादै भोक लागेको थियो हतार हतार खाएकी किक्लिक्क किक्लिक्क भयो ।
(घ) रमरमः तरकारी मिठो हुनलाई रमरम पिरो बनाउँनु पर्छ ।
(ङ) प्याकम्याक्ती: हाम्रो घर जाँदा उकालो बाटो पर्छ र पानी पनि पाइँदैन त्यसैले तीर्खाले प्याकप्याक्ती हुनुको अर्को विकल्प छैन ।
बोध र अभिव्यक्ति
२. घर मया एकाङ्कीमा बसिराख्या, भ‘को जस्ता कथ्य स्वरूपका शब्द प्रयोग भएका चत् यस्ता अन्य १० बोटा शब्द खोजी तिनको लेख्य स्वरूप लेख्नुहोस् ।
उत्तर:
विसतुमो = बिर्सनुभयो
बार=खाएर
नपार=नपाएर
निसान्या=निसासिएको
चपार=चपाएर
पुगिराख्या = पुगिराखेको
भग्न=भएन
हीँ=यहीँ
ह्या= यहाँ
भ’को=भएको
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘घरको माया’ एकाकीको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तरः सुरुगाउँप्रतिकोवितृष्णाबाटरअन्त्यगाउँप्रतिकोमायाबाट
(ख) एकाङ्क्षीका मुख्य र सहायक पात्र को को हुन् ?
उत्तरः एकाङ्कीकामुख्यपात्र : लाल, जमानसिंह, बतासेरकान्छोहुन्।सहायकपात्रमुम्फलीबेच्नेमान्छे, फेरीवालाहुन्।
(ग) एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र को हो ?.
उत्तरः जमानसिंह
(घ) जमानसिंहमा आन्तरिक द्वन्द्व बढ्नाको कारण के थियो ?
उत्तरःबतासे प्रतिको माया
५. दिइएको एकाङ्कीको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
प्रश्नहरू
(क) माथिको भनाइ एकाङ्कीमा कुन पात्रले भनेको हो ?
उत्तरः माथिको भनाइ एकाङ्कीमा बतासेले भनेको हो।
(ख) वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ लेख्नुहोस् ।
उत्तरः
- हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला।
- जतिपसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला।
(ग) आफ्ना पुर्खाको धर्म थाम भन्नुको आशय के हो ?
उत्तरः आफ्ना पुर्खाको धर्म थाम’ भन्नुको आशय हाम्रा पुर्खाहरूले जस्तै आखिरी साससम्म आफ्नै गाउँघरमा बसेर देशको माया गरेका थिए, त्यसैगरी हामीले पनि आफ्नै गाउँघरमा बसेर काम गर्नु पर्ने हुन्छ भन्ने हो।
(घ) एकाङ्कीको अंशको मुख्य भावसँग तपाईं सहमत हुनुका कारण उल्लेख गर्नुहोस् ।
उत्तरः एकाङ्कीको अंशको मुख्य भाव विदेशमा पसिना बगाउनेभन्दा आफ्नै गाउँघरमा पसिना बगाउनु राम्रो हुन्छ भन्ने हो। म यस भावसँग सहमत छु। यदि पाखोभीर भन्दै सबैले आफ्नो गाउँघर छोड्ने हो भने केही वर्षमै हाम्रो गाउँघरको अस्तित्व नै हराउँछ। तर, विदेशमा बगाउने जति पसिना आफ्नै गाउँघरमा बगाउने हो भने त्यहीँ सुखपूर्वक बाँच्न सकिन्छ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् ।
(क) ‘घरको माया‘ एकाङ्कीमा नेपाली समाजको कस्ता विषयवस्तु देखाइएको छ वर्णन गर्नुहोस् ।
उत्तरःभीमनीधितिवारीद्वारालेखिएकोघरकोमाया’ एकाङ्कीदेशप्रेमलेभरिपूर्णएकांकीहो।विशेषगरीकान्छोरबतासेकोमुखबाटआफ्नोगाउँघरकोगुणगानगराइएकोछ।गाउँकोदुःखबाटविरक्तिएरहिँडेकादुईयुवाभारतकोकुनैएउटाप्लेटफर्ममाबसेरगाउँछोड्नुआफ्नालागिठुलोउपलब्धिठानेरगफगरिरहेकाबेलामाउनीहरूकेगाउँबाटआएकाअरूदुईपात्रकाकारणआफ्नोमनस्थितिपरिवर्तनगरेरगाउँफर्केकोघटनायसयसएकाङ्कीमाप्रस्तुतगरिएकोछ।
यस एकाङ्कीमा नेपाली गाउँले समाजको विषयवस्तु उठाइएको छ । गाउँमा गरिने – मेलापात अर्मपर्म, बर्खामास पन्चे बाजा बजाएर रोपाइँ गर्दा लगाइने बेठी बाजा आदिको उल्लेख गरिएको छ । गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानी भएको जसको सहायताले सजिलै बाँच्न सकिने कुरा गरिएको छ । गाउँमा छोटो कछाड कसेर फाटेको ठुटे भोटो लगाएर भकारो सोर्ने गरेको विषयवस्तु उठाइएको छ । सुर्ती खाएर पिच्च पिच्च आँगनमा थुक्दा आफू ठुलोमान्छे भएको मानसिकताको उल्लेख गरिएको छ । गाउँघरमा नेपाली महिलाले घरभित्रका काममा खटिने र पुरुषहरू बाहिरको काममा खटिने परम्पराको उल्लेख गरिएको छ । नेपाली समाजमा विविन्न किसिमका चाडबाड, मेलापर्म, तीर्थव्रत गरिने कुरा उल्लेख गरिएको छ ।
यस एकाङ्कीमा नेपाली गाउँले समाजको सम्पूर्ण विषयवस्तु समेटिएको छ । घरत्रिका कामदेखि बाहिरका सबै क्रियाकलापको उल्लेख पाइन्छ ।
(ख) जमान र लालमा पाइने चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तर: ‘घरकोमाया’ एकाङ्कीदेशप्रेमलेभरिपूर्णएकाङ्कीहो।भीमनीधितिवारीद्वारालेखिएकोलेखिएकोयसएकाङ्कीमाछोटोभूमिकामातरमहत्त्वपूर्णतर्ककासाथउपस्थितभएकाकान्छोरबतासेकोमुखबाटआफ्नोगाउँघरकोगुणगानगराइएकोछ।गाउँकोदुःखबाटविरक्तिएरहिँडेकादुईयुवाभारतकोकुनैएउटाप्लेटफर्ममाबसेरगाउँछोड्नुआफ्नालागिठुलोउपलब्धिठानेरगफगरिरहेकाबेलामाउनीहरूकैगाउँबाटआएकाअरूदुईपात्रकाकारणआफ्नोमनस्थितिपरिवर्तनगरेरगाउँफर्केकोघटनायसयसएकाङ्कीमाप्रस्तुतगरिएकोछ।
यस एकाङ्कीका मुख्य पात्र लालबहादुर र जामानसिंह एक अर्कालाई मितज्यू भनेर सम्बोधन गर्दछन् । यिनीहरूको चारित्रिक विशेषता उल्लेख गर्दा केही समानता देखिन्छ भने केही भिन्नता । जसलाई यसरी देखाउन सकन्छ ।
लालबहादुरः
(क) २५ वर्षे युवा जो कामकोलागि विदेश गएको छ ।
(ख) गाउँप्रति पूर्णरूपमा वितृष्णा बोकेको
(ग) महिलालाई शारीरिक सुखभोगको साधन सम्झने
(घ) आफ्नो विचारमा अडिग रहन
(ङ) एक्लो भएपछि बाध्यताले गाउँ फर्कन तयार भएको
जमानसिंह
(क) २५ वर्षे युवा जो कामको लागि विदेश गएको छ ।
(ख) गाउँप्रतिको वितृष्णाका साथै केही पात्र राम्रा याद पनि बोकेको
(ग) महिलाको भित्रदेखि इज्जत गर्ने
(घ) आफ्नो विचारमा अडिग रहने नसक्ने
(ङ) खुसी खुसी गाउँ फर्कन तयार भएको
(ग) एकाङ्कीमा कुन कुन ठाउँको परिवेश देखाइएको छ, लेख्नुहोस् ।
उत्तरः भीमनीधि तिवारीद्वारा लेखिएको घरको माया’ एकाङ्की देशप्रेमले भरिपूर्ण एकाङ्की हो ।
एकाङ्कीमा पछि आएर मिसिएका पात्र कान्छो र बतासेको मुखवाट आफ्नो गाउँघरको बखान गाइएको छ । गाउँको दुःखबाट विरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफर्ममा बसेर गाउँ छोड्नु आफ्ना लागि ठुलो उपलब्धि ठानेर गफ गरिरहेका बेलामा उनीहरूकै गाउँबाट आएका अरू दुई पात्रका कारण आफ्नो मनस्थिति परिवर्तन गरेर गाउँ फर्केको घटना यस एकाङ्कीमा प्रस्तुत गरिएको छ ।
एकाङ्कीमा विशेष गरेर नेपालका पहाडी गाउँले परिवेशको चर्चा गरिएको छ जहाँ वरको चौतारीमा सुतेर शीतल हावा खाइन्छ । चिसो पानी जुन खाएर रात कटाउन सकिन्छ । गाउँम रमाइ रमाइ भकारो सोहोर्ने गरेको, मेलापर्म गर्ने गरेको, असारमा पन्चे बाजा बजाएर खेतमा बेठी लगाएर धान रोप्ने गरेको परिवेशको चर्चा गरिएको छ ।
त्यस्तै एकाङ्कीमा इन्डियाको प्लेटर्फमको वरिपरिको परिवेशको चर्चा पाइन्छ । त्यहाँ तमतमाइँदो पानी मात्र पाइने । हावा पनि तातो चल्ने, खानेकुरा पनि सबै गनाउने, रेल पनि गनाउने गर्दछ । त्यहाँ फेरीवालाले पान, मुम्फली बोकेर बेच्दै हिँड्ने गरेको, तीन दिनदेखि भोकभोकै बस्नु पर्दा पनि खानदिने कोही नभेटिने अवस्थाको चर्चा गरिएको छ ।
(घ) ‘घरको माया‘ एकाङ्कीबाट के सन्देश पाइन्छ ?
उत्तरः देशप्रेमले भरिपूर्ण घरको माया’ भीमनीधि तिवारीद्वारा लेखिएको यथार्थवादी एकाङ्की हो । कान्छो र बतासेको मुखबाट आफ्नो गाउँघरको महत्त्वबुझाइएको छ । गाउँको दुःखबाट विरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफर्ममा बसेर कुरा गरिरहेका हुन्छन् । उनीहरू एकअर्कासित गाउँछोड्नु आफ्ना लागि ठुलो उपलब्धिभएको बताउँछन् । उनीहरूको त्यो सोच -आफ्नै गाउँबाट आएका अरू दुई पात्रका कारण परिवर्तन गरेर गाउँ फर्केको घटना यस यस एकाङ्कीमा प्रस्तुत गरिएको छ ।
मान्छेले केही समयको लागि आफ्नो गाउँ घरलाई भुले पनि समयान्तरमा गाउँ नै फर्कन्छ । भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती ठान्छ गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानिको भ्रमा रात कटाउनेछ । असारमा पन्चे बाजा बजाएर खेतमा बेठी लगाएर धान रोप्छ । एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गर्ने इच्छा रख्छ । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमाबहाउने, एक गेडा मकै भए पनि आफ्नै
माटामा फलाउने । मर्नुपरे पनि आफ्नै देशमा मर्ने आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जल्ने, आफ्ना बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए झैँ हामी पनि आँफू पनि त्यहीं मरेर पुर्खाको धर्म थाम्ने इच्छा राख्छ भन्ने सन्देश यस एकाङ्कीमा भनिएको छ ।
७. दिइएको भनाइका वक्ता को को हुन्, ‘घरको माया एकाङ्कीका आधारमा –लेख्नुहोस् :
(क) म त सम्झन्न गाउँघर पनि, के सम्झनु छ र ।
उत्तरःलालबहादुर
(ख) पँधेरामा जाँदा दुवै कर्के आँखाले हेराहेर गथ्यौं ।
उत्तरःजमानसिंह
(ग) म त भोकले भुतुक्क भाको छ । दुई दिन भी क्यै खान नपाएको
उत्तरःकान्छो
(घ) यहाँ आइपुगेर त हामी दुवैलाई यसै छाडेर कहाँ भाग्यो कहाँ ।
उत्तरः बतासे
(ङ) रोपाईंको रमाइलाले मलाई विर्सिहाल्लान् ।
उत्तरःलालबहादुर
(च) जाऊ है त मितज्यू, फेरि आइयो भने भेटौँला नि !
उत्तरःजमानसिंह
(छ) आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्ता पनि गनाउँदैनथ्यो ।
उत्तरःबतासे
(ज) उहाँ आमा कति रुँदी हुन् बालक छोरो, कहाँ गयो, के भयो भनेर !
उत्तरः जमानसिंह
८. व्याख्या गर्नुहोस् :
(क) चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिन्न सक्तैन । चुम्बकले. सक्तैन
उत्तरः माथिकोएकाङ्कीअंशहाम्रोकक्षा१०कोपाठ१४मासमेटिइएकोभीमनिधितिवारीद्वारालिखितघरकोमायाभन्नेएकाङ्कीबाटलिइएकोहो।यसएकाङ्कीमाभारतकोकुनैएकप्लेटर्फमकोपरिवेशदेखाइएकोछ।पहिलेगाउँनफर्कनेभन्नेमितगाउँकासाथीसँगैफर्कनलागेकोबेलामाआफूलाईपनिजानआग्रहगर्दालालबहादुरलेमितलाईफलामसितरआफूलाईसुनसिततुलनागर्दैउक्तवाक्यबोलेकोहो।
गाउँमा धेरै दुःख गर्नुपरेकाले सुखको खोजीमा देश (भारत) पसेको र आफ्नो निर्णय पनि राम्रो भएको निष्कर्षका साथ बसेका थिए लालबहादुर र जमानसिंह । बतासे र कान्छो आएर भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्ने जाती हुने, गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानिको भ्रमा रात कटाउन यहाँको भन्दा राम्रो हुने, असारमा पन्चे बाजा बजाएर खेतमा बेठी लगाउँदाको रमाइलो, एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गर्ने, जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाउने, एक गेडा मकै भए पनि आफ्नै माटामा फलाउने । मर्नुपरे पनि आफ्नै देशमा मर्ने आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जल्ने, आफ्ना बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए झैँ हामी पनि आँफू पनि त्यहीँ मरेर पुर्खाको धर्म थाम्ने जस्ता कुरा गरेपछि गाउँ फर्कन तयार भएको साथीलाई म फलाम होइन सुन हुँ फलाम मत्र चुम्बकमा टाँसिन्छ तर सुन टाँसिदैन भनेर वबाफ दिने क्रममा माथिको भनाइ आएको हो ।
लालबहादुरलाई जमानसिंहले सँगै गाउँ फर्कन भनेपछि लालबहादुरालाई चित्त नबुझेर आफू गाउँ नफर्कने आफ्नो निर्णय अडिग रहेको भन्ने बताउने क्रममा माथिको प्रसङ्गआएको हो । फलाम जस्तो जता चुम्बक छ त्यतै नटाँसिने आफू त चुम्बकले हल्लाउन पनि नसक्ने सुन जस्तो भएकोहुनाले यहीँ बस्ने भन्ने बताउनलाई माथिको वाक्य आएको हो ।
(ख) जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला एक गेडा मकै भए पनि आफ्नैमाटामा उब्जाउँला ।
उत्तरः माथिको एकाङ्की अंश हाम्रो कक्षा १० को पाठ १४ मा समेटिइएको भीमनिधि तिवारीद्वारा लिखित घरको माया भन्ने एकाङ्कीबाट लिइएको हो । यस एकाङ्कीमा भारतको कुनै एक प्लेटर्फमको परिवेश देखाइएको छ । सुख पाउने आसले देश (भारत) पसेका नेपाली युवा युवतीहरूविच यहाँ बसेर दुःख गर्नु भन्दा त आफ्नै गाउँमा जाउँ भनेर साथीहरूलाई सम्झाउने क्रममा एकाङ्कीकी मुख्य नारी पात्र बतासेले उक्त वाक्य बोलेकी हो। काम गरेपछि त जहाँ पनि खान पाइहालिन्छ नि गाउँबाट यति टाढा अर्काको मूलुकमा किन आउनु पर्यो ? किन बस्ने यहाँ ? एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घर मा आफ्नै दाजुभाइहरूको गरौंला । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा हेपिएर किन वस्तु ? उहाँ आफ्नो चाडवाड पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर नबसौं । मर्नुपरे पनि वरु आफ्नै देशमा मरौंला, आफ्नै भुइँमा लम्पसार परौंला, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला । आफ्ना पुर्खाको धर्म थामौँ । भन्ने सम्झाउने क्रममा नै जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा वहा औंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला भन्ने वाक्य आएको हो ।
विदेशमा गर्ने दुःख आफ्नै गाउँघरमा गर्नुपर्छ । अर्काको हेपाइ सहेर यहाँ काम गर्नु भन्दा त आफ्नै दाजुभाइकोमा काम गर्न धेरै राम्रो हुन्छ आदि भनेर गाउँ प्रतिको आफ्नो कर्तव्य वताउने क्रममा माथिको प्रसङ्ग आएको हो ।
९. ‘घरको माया‘ एकाकीका पात्रमा देखिएका सुख र दुःख सन्दर्भ बोध गरी त्यस्तै संवेग झल्कने छोटो संवाद तयार गर्नुहोस् ।
उत्तर: गाउँवाट काम गर्न भनेर सहर पसेका दुईसाथीहरू आफ्नै ज्यामी काम गर्दै गफ गर्छन् ।
राम : तपाईंलाई गाउँ जान मन लागेको छैन श्यामजी ? मलाई त यतैको माहोल पो मन पर्न थालो हौ ।
श्याम : मलाई पनि त्यस्तो धेरै जान मन त लागेको छैन तर गाउँको याद त आउँछ । साथीहरूसंग बिताएका दिनहरू मनमा सोच्ता त अहिले नै उडेर जाउँ जस्तो लाग्छ ।
राम: साथीहरूसँग बिताएको क्षण त मलाई पनि याद आउँछ तर त्यहाँ काम गरेर पनि खान नपाउने अवस्था सम्झँदा विर्सन्छु सबै ।
श्याम : यहाँ जति दुःख गर्नु हो भने त खान पाइहलिन्थ्यो नि हैं
राम: हुन त हो है के कि जाऔँ त उतै गएर भारी बोकौँला ।
श्याम : जाऔँ जाऔँ
१०. “घरको माया‘ एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ, समीक्षा गर्नुहोस् ।
उत्तरः ‘घरको माया’ भीमनिधि तिवारीद्वारा लेखिएको राष्ट्रियवादी एकाङ्की हो । उहाँ देश भनेर भारतलाई भनिएको छ । कथाका मुख्य पुरुष पात्र लालबहादुर र जमानसिंहविच प्लेटफर्ममा गाउँको विरोध र देशको समर्थनमा सुरु भएको वार्तालाप कान्छो र बतासेको आगमन पछि नेपाल फर्केको घटनामा
टुङ्ग्याइएको छ । एकाङ्कीको सुरुमा गाउँघर प्रतिको उग्र विरोध देखएको भए पनि अन्त्यमा गाउँघरलाई नै ठुलो मानेर फर्केको वर्णन पाइन्छ ।
यस एकाङ्कीमा कान्छो र बतासेका माध्यमबाट देशप्रेमको भाववना देखाइएको छ । जुन यसप्रकार छ । एकाङ्कीमा कान्छाले भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती भनेको छ । उसको भनाइमा गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानी त छ भन्ने कुरा गरेको छ । बर्खामास पन्चे बाजा बजाएर खेतमा बेठी लगाएको झलझली सम्झेको छ । भने बतासेको सोच पनि त्यस्तै देखिन्छ । उसले पनि एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गर्ने इच्छा राखेकी छ । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाउने, एक गेडा मकै भए पनि आफ्नै माटामा फलाउने । मर्नुपरे पनि आफ्नै देशमा मर्ने आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जल्ने, आफ्ना बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए झैं हामी पनि आफू पनि त्यहीँ मरेर पुर्खाको धर्म थाम्ने इच्छा गरेकी छ । समग्रमा घरको माया एकाङ्की देशप्रेमले ओतपोत भएको एकाङ्की हो । विदेशमा बसेर गाफ गर्ने क्रममा गाउँको मायाले सबैजना गाउँ फर्कने निर्णय गरेर एकाङ्कीसकिएको छ ।
११. दिइएको चित्र वर्णन गर्नुहोस् :
उत्तरः यो चित्र एकदमै सुन्दर छ । बिहानीपखको घाम अलिकति देख्न पनि सकिन्छ । यहाँ एउटा ठुलो पीपलको बोट छ । बोटमुनि सिमेन्टको चौतारो छ । चौतारोमा गाउँ भेला भइरहेको छ । पछाडि एउटा ठुलो र सफा चउर छ । अझ पछाडि गाउँका साना चिटिक्क घरहरू देखिन्छन् ।
१२. युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला, घरको माया‘ एकाङ्कीका आधारमा प्रतिक्रिया दिनुहोस् ।
उत्तरः युवालाई विदेसिनबाट रोक्न युवामा देशप्रेमको भावना जगाउन सक्नुपर्छ । विदेश पलायन हुने युवालाई देशमा अवसर खोज्न सिकाउनु पर्छ । देशलाई पसिना बगाउन सिकाउनु पर्छ । गाउँघरमा बग्ने पानीको स्वादमा हराउन सक्ने बनाउनुपर्छ । मेलापातमा रमाउन सिकाउन सक्नुपर्छ । विदेशमा खाएको मिठो खानेकुरा भन्दा गाउँघरको सिस्रो राम्रो हो भन्ने कुराको जानकारी गराउन सक्नुपर्छ ।
गाउँका युवालाई गोबर गनाउने नभएर बसाउने बनाउन सक्नुपर्छ । चमक धमकमा भन्दा स्वच्छतामा जीवन सुखमय हुन्छ भन्ने युवापुस्तालाई सिकाउन सक्नुपर्छ । विदेशमा गएर अर्काको जुठा भाँडा माझेर, कुल्लीको काम गरेर गार्ड बसेर नै पैसा कमाउनु छ भने त आफ्नै दाजुभाइको खेतमा काम गरेर पैसा कमाएको जाति हुन्छ भन्ने कुरा सिकाउन सक्नुपर्छ ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
गुर्जो लहरेदार पतझर बिरुवा हो । यसको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँख़्लाबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रो पातलो हुन्छ र बोक्रामा सेता थोप्ला हुन्छन् । यसका पात मुटु आकारका र करिब १० से.मि. लामा हुन्छन् । गुर्जोमा भाले र पोथी गरी दुई किसिमका फूल फुल्छन् । भाले फूल झुप्पामा रहन्छन् भने पोथी फूल एक्लाएक्लै रहेका हुन्छन्। गुर्जोंका फल गुदीदार हुन्छन् । ती आकारमा अण्डाकार र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा प्रायः यो विरुवा पाइन्छ । त्यस्तै उत्तरपूर्वी भारत, श्रीलङ्का म्यानमार, थाइल्यान्ड, भिईतनाम, दक्षिणी चीन, मलेसियामा पनि पाइन्छ । यसको उपयोगी अङ्ग लहरा हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगमा उपयोग गरिन्छ । यो जस्तोसुकै माटामा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँमा राम्ररी हुर्कन्छ । यसलाई कलमी वा बिउबाट सार्न सकिन्छ । डाँठको कलमीबाट नै यसका बिरुवा तयार गरिन्छन् ।
यसका आँख्लासहितका करिब एकफिट जति लामा हाँगा काटेर माटो र बालुवा मिसाएको ड्याङमा रोपेर नर्सरीमा बिरुवा तयार गरिन्छ । फागुन चैत्रतिर यसरी हाँगा काटी अलिकति भाग जमिनमाथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । यो विरुवा सारेको जमिनमा पानी जम्नु हुँदैन किनकि यसको काण्ड गुदीदार हुने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका बिरुवा असार साउनमा सार्न तयार हुन्छन् । यसका हाँगा सोझैँ जमिनमा गाडे पनि हुन्छ । असार र साउन महिना यो बिरुवा सार्नका लागि उचित समय मानिन्छ । यसको फल असोजदेखि मङ्सिरसम्ममा पाक्छ । पाकेका राता फल टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएपछि बिउ तयार हुन्छ । सङ्कलन गरेको विउ तत्कालै छरे पनि हुन्छ अथवा सङ्कलित बिउलाई राम्ररी भण्डारण गरेर फागुन वा चैत्रतिर उमारेर पनि बेर्ना तयार गर्न सकिन्छ । नर्सरीमा तयार गरिएका बेर्ना खास गरी कुनै रुखको छेउमा लगाइन्छ किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो ।
(क) प्रश्नहरू
(अ) गुर्जोलाई लहरेदार पतझर विरुवा मान्नुको कारण के हो ?
उत्तर: गुर्जो एक लहरो प्रजातिको विरुवा हो र यसको पात चैत–वैशाखमा झर्ने गर्छ। त्यसैले गुर्जोलाई लहरेदार पतझर विरुवा मानिएको हो।
(आ) गुर्जो कस्तो भूभागमा पाइन्छ ?
उत्तरः गुर्जो जस्तोसुकै माटामा पनि हुर्कन सक्ने भए पनि यो गर्मी ठाउँमा बढी पाइन्छ।
(इ) गुर्जोको उपयोगिता लेख्नुहोस् ।
उत्तरः गुर्जो कमलपित्त, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगमा उपयोग गरिन्छ। यसले हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास गर्छ।
(ई) गुर्जोका विरुवा तयार पार्ने तरिका के के हुन् ?
उत्तरः कलमी गरेर वा फलबाट बीउ झारेर गुर्जोको विरुवा उत्पादन गर्न सकिन्छ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदमा प्रयोग भएको एउटा करण वाक्य टिपी अकरणमा वाक्यान्तरण गर्नुहोस्।
उत्तरः गुर्जो लहरेदार पतझर विरुवा हो।
गुर्जी लहरेदार पतझर बिरुवा नहुने होइन ।
(आ) डाँठको कलमीबाट नै यसका विरुवा तयार गरिन्छन् । ‘वाक्यलाई भूत र भविष्यत् कालमा वाक्यान्तरण गर्नुहोस् ।
उत्तरः भूत: “डाँठको कलमीबाट नै यसको बिरुवा तयार गरिन्थ्यो।”
भविष्यत् : “डाँठको कलमीबाट नै यसका बिरुवा तयार गरिनेछन् ।”
(इ) अनुच्छेदवाट चन्द्रविन्दु प्रयोग भएका दुई ओटा शब्द टिप्नुहोस् ।
उत्तर: हुँदैन, हाँगा
१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्ः
मान्छेको मनमा उत्पन्न सुख, दुःख आदि मानवीय संवेग हुन् । सुनितामा पनि ती संवेग छन् । उनलाई घुम्न जान असाध्यै रहर छ तर उनका आमाबुबाले घुमाउन लाने समय निकाल्न सक्नुभएको छैन । आफूले घुम्न चाहेका ठाउँमा जान नपाएर सुनिता पनि दुःखी छिन् । एक दिन बुबाले उनलाई थाहा नदिई पोखरा घुम्न कुरा गर्दै त्यहाँ जानका लागि टिकट ल्याएको कुरा गर्नुभयो । त्यसपछि उनी निकै खुसी भएर रमाइन् अनि आमालाई अंगालो मार्दै खुसी साटिन् ।
माथिको सन्दर्भमा जस्तै तपाईंको परिवारका कुनै सदस्यले एक दिन तपाईंले सोच्दै नसोचेको उपहार ल्याइदिनुभयो, त्यो उपहार देखेर तपाईं खुसी हुनुभयो । यो खुसीको क्षण प्रस्तुत गर्दै कक्षामा मौखिक प्रस्तुति दिनुहोस ।
उत्तरः कक्षामा आआफ्ना अनुभव बताउने ।
सुनाइ र बोलाइ
१. सुनाइ पाठ १४ सुन्नुहोस् र दिइएका खाली ठाउँ भर्नुहोस् :
(क) सङ्गीतले मावन हृदयलाई.. तुल्याउँछ ।
उत्तरः सङ्गीतलेमावनहृदयलाईआह्लादिततुल्याउँछ।
(ख) तीमध्ये नौमती बाजा … . समाजमा बढी प्रचलित बाजा हो ।
उत्तरः तीमध्येनौमतीबाजानेपालीसमाजमाबढीप्रचलितबाजाहो।
(ग) समाजका हरेक मा यस किसिमका बाजा बजाइने गरिन्छ ।
उत्तरः समाजकाहरेकखुसियालीमायसकिसिमकाबाजाबजाइनेगरिन्छ।
(घ) काठबाट निर्मित त्यस्ता वाद्यवादनमा हाम्रा नेपालीको पोखिएको हुन्छ ।
उत्तरः काठबाटनिर्मितत्यस्तावाद्यवादनमाहाम्रानेपालीकोसिपपोखिएकोहुन्छ।
