Class 11 Social(सामाजिक) एकाइ 1 Note
Unit (एकाइ)-1
सामाजिक तथा जीवनपयोगी शिक्षाको अवधराणा
पाठ १ – सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
अभ्यास
सारांश
सामाजिक अध्ययन भन्नाले समाजसँग सम्बन्धित तथा अध्ययन भन्नाले समाज र मानिससँग सम्बन्धित विभिन्न पक्षको खोजी तथा अध्ययन गर्नु हो । सामाजिक अध्ययन मानिससँग सम्बन्धित भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक वातावरणसँगको अध्ययन गर्छ । यसले मानिसले समुदाय तथा वातावरणमा पार्ने प्रभाव तथा वातावरण र समुदायले मानिसहरूमाथि पार्ने प्रभावको अध्ययन गर्छ।
सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो। यसले विद्यालय कार्यक्रमअन्तर्गत भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला मात्र होइन कि गणित र विज्ञान समेतका उपयुक्त विषयवस्तुहरूको समन्वयात्मक र व्यवस्थित ढङ्गबाट अध्ययन गर्दछ। सामाजिक अध्ययनको पहिलो उद्देश्य विद्यार्थीहरूलाई यो अन्तरसम्बन्धित विश्वमा सार्वजनिक भलाइका लागि सांस्कृतिक विविधता एवम् प्रजातान्त्रिक समाजका बारेमा सुसूचित गराउनु र तर्कपूर्ण निर्णय लिन सहयोग गर्नु हो।
सामाजिक अध्ययनले समाजमा हुने विभिन्न गतिविधिहरूको कारण र सोको विश्लेषण तथा देशको मौलिक परम्परा, संस्कृति तथा राष्ट्रिय सम्पदाको संरक्षण गर्दै सभ्य समाज निर्माण गर्ने गुण मानिसमा विकास हुन्छ । मानिसको जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग गर्नका लागि विभिन्न सिपहरूको आवश्यकता पर्दछ। यस्ता सिपहरूलाई जीवनोपयोगी सिप भनिन्छ । यस्ता सिपहरूको ज्ञान गराउने शिक्षालाई जिवनोपयोगी शिक्षा भनिन्छ । सहकार्य, संवेग व्यवस्थापन, तनाव व्यवस्थापन, निर्णय निर्माण, नेतृत्व, सहानुभूति, समस्या समाधान, सहयोग, सिर्जनात्मक कार्य तथा आत्मबोध आदि जीवनोपयोगी सिपहरू हुन्।
सामाजिक अध्ययन विषयको सिकाइ क्रियाकलाप तथा परियोजना कार्य गर्दा समूहमा काम गर्ने, एकअर्काको कुरा सुन्ने, सहयोग गर्ने, नेतृत्व गर्ने, समस्या समाधान गर्न उचित निर्णय लिन सक्ने तथा सिर्जनात्मक कार्यहरू गर्ने अवसर प्राप्त हुन्छ र यस्ता कार्यले जीवनोपयोगी सिपहरूको विकास व्यक्तिमा हुन्छ । यस्ता क्रियाकलाप गर्दा छलफल गर्ने, परीक्षण गर्ने, विश्लेषण गर्ने, समस्या समाधानको लागि उचित निर्णय लिन सक्ने तथा अनुसन्धान आदि सहजीकरणका प्रक्रियाहरू विद्यार्थीहरूले अवलम्बन गर्नुपर्छ । यसरी सामाजिक अधययन एवम् जीवनोपयोगी शिक्षा एक आपसमा अन्तरसम्बन्धित छन्।
क्रियाकलाप
१. कक्षाका विद्यार्थीहरूको नौ ओटा समूह बनाई प्रस्तुत तालिकाअनुसार सामाजिक अध्ययनका एक एक ओटा आयामका सम्बन्धमा छलफल गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
१. विषयवस्तुको ज्ञान :
👉 यस अन्तर्गत आफू बस्ने समाजका मूल्य, मान्यता, रीतिरिवाज, चालचलन, भूगोल, वातावरणीय अवस्थिति, समाज निर्माण प्रक्रिया, ऐतिहासिक पृष्ठभूमि, सामाजिक, राजनीतिक, सांस्कृतिक अन्तक्रियाका सम्बन्धमा अध्ययन गरी जानकारी लिनु भन्ने बुझिन्छ । त्यहीअनुसार प्रश्नावली निर्माण गरी जानकार व्यक्तिसँग अन्तर्वार्ता गर्नु, तथ्याङ्क सङ्कलन गर्नु र विश्लेषणात्मक अध्ययन गर्नुपर्ने हुन्छ।
२. समुदाय तथा समाजको अध्ययन :
👉 यस समूहमा रहेका विद्यार्थीहरूले आफ्नो समूदायमा बस्ने व्यक्तिहरूको जात, धर्म, संस्कृतिको अध्ययन गर्न लगाउने, धार्मिक मान्यता, सभ्यता बसोबास प्रक्रिया, चाडवाड वैवाहिक सम्बन्ध, पास्नी, अन्न प्राशन, मृत्यु संस्कारहरूको अध्ययन अवलोकन गरी जानकारी लिन लगाउने । घर गोठ निर्माण सौचालयको प्रयोग पानीको स्रोत आदि समेतको जानकारी लिनुपर्ने हुन्छ।
३. राष्ट्रियताको भावनाको विकास :
👉 यस समूहका विद्यार्थीहरूलाई आफू बस्ने समाजको वरपरको मानिसहरूले राष्ट्रलाई कसरी चिनेका छन् ? राष्ट्रियता भनेको के हो ? किन हामी सबै राष्ट्रप्रति बफादार हुनुपर्ने कारणहरू के के हुन सक्छन् ? खोजिनीति गर्ने । राष्ट्रका लागि केही गर्छ र गर्नु छ भन्ने भावनाको विकास गर्ने।
४. आर्थिक अभिवृद्विको विकास :
👉 यस समूहका विद्यार्थीलाई आर्थिक अभिवृद्धि गर्न, लघुउद्यम, घरेलु उद्योग, परम्परागत ज्ञान र सीपको आर्थिक वृद्धिमा लगानी, स्वरोजगार र सिर्जनशील समाज निर्माणका लागि गरी आएका क्रियाकलाप र श्रम विकास गर्न अवलम्बन गर्नुपर्ने उपायहरू पत्ता लगाई सुझाव सहितको प्रतिवेदन पेश गर्न लगाउने। सिर्जनशीलताको विकास : समाजमा जुवा, तास खेल्ने, चिया र भट्टी पसलमा गफ चुट्ने, विना काम टहलिने, मादक पदार्थ (जाँड/रक्सी), चुरोटको लतमा पसेका बेरोजगार युवायुवतीहरूलाई सिर्जनशील रहन प्रेरणा दिलाउने, सानो उद्योग सञ्चालनका लागि तालिम, सरल कर्जा झन्झटिलो कानुनलाई सर्वसुलभ बनाउन सम्बन्धित निकायलाई सजग गराउने । त्यस्तो युवाहरूलाई रोजगार सिर्जना गरी व्यस्त राख्न प्रेरणा दिलाउने उपाय खोजी कार्यान्वयन गर्न लगाउने।
५. राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा समायोजना :
👉 वर्तमान युवा भविष्यका कर्णधार र राष्ट्र निर्माणको आधार हुन । यी युवाहरू विश्वको जुनसुकै कुनामा पनि समायोजन हुनुपर्दछ । विश्वको कुनै एक कुनामा घटेको घटनाले विश्वभरमा कुनै पनि व्यक्तिलाई प्रभाव पार्ने हुनाले, विश्व परिवेशमा घुलमिल हुनका लागि विश्वले अवलम्बन गरेका आचरण, प्रविधि, नीतिहरू बुझ्नुपर्ने हुन्छ । व्यक्तिलाई असल, चरित्रवान, समस्यासँग जुध्न सक्ने, समालोचक एवं सकारात्मक सोच भएका विश्व परिवेश बुझेर सो अनुसार आचरण गर्न सक्ने बनाउने तरिकाहरू खोज्न, बुझ्न र अनुसन्धान गर्न लगाउने। र प्रविधि जीवनक्तक, निर्णय निर्माण कार्य, सहयोग सिमा सफल
६. जीवनोपयोगी सिपको विकास :
👉 जीवनोपयोगी सीप भन्नाले जीवनलाई सरल, सहज, र सफल बनाउने सिपलाई बुझिन्छ । त्यहाँ पढाइको कुनै मान्यता हुँदैन । सञ्चार, सहकार्य, सहयोग सिर्जनात्मकता समस्या समाधान, तनाव व्यवस्थापन, अन्तरवैयक्तिक, निर्णय निर्माण, नेतृत्व र समानुभूति, आत्मबोध संयोग व्यवस्थापन, सूचना र प्रविधि जीवनपयोगी सिप हुन् । यी सिपलाई व्यवहारमा कसरी ल्याउन सकिन्छ। खोजविन गरी, अध्ययनको निष्कर्ष निकाल्न लगाउने र ति सिपहरूलाई पालना गर्नुपर्ने र व्यवहारमा उतार्न सल्लाह दिने।
७. सामाजिकीकरण आचरणको विकास :
👉 समाजमा कसरी हाँसीखुशी रम्न सकिन्छ ? भन्ने कुराको निर्णय व्यक्ति स्वयंले लिनुपर्छ । समूहमा कार्य गर्ने, एक अर्कामा कुराकानी गर्ने, कटुआलोचना नगर्ने, इर्ष्या, डाह, रीस राग नराख्ने, आपतविपतमा सहयोग गर्ने र सिर्जनशील कार्यमा लाग्न समाजका व्यक्तिहरूलाई प्रेरणा दिलाउने कार्य गर्न लगाउने र निचोड निकाली छलफलमा सहभागि गराउने।
८. प्रजातान्त्रिक आचरणको विकास :
👉यस समूहका विद्यार्थीहरूलाई सबैको कुरा सुन्न लगाउने, प्रजातान्त्रिक तरिकाले समाजको वस्तुस्थिति बुझ्ने, समुदायमा अवलोकन गर्ने, संवद्ध पक्षसँग विषयवस्तुलाई बुझ्ने, सामाजिक न्याय, स्वतन्त्रता, नैसर्गिक अधिकार र गोपनियता सम्बन्धी बानी व्यवहारमा सुधार ल्याउन पहल गर्ने । व्यक्तिगत सम्पतिको सुरक्षा, बसोबासको स्थिति, जातीय विभेद, निर्णय गर्ने स्थानमा पहुँच सुनिश्चित हुनका लागि प्रेरणा जगाउने खालका क्रियाकलाप गर्न लगाउने । व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र अभिव्यक्ति, सूचना, समानता, प्राकृतिक स्रोतमा समान पहुँच भए नभएको सुनिश्चित गर्न लगाउने, व्यक्ति समाजमा खुलेर बस्न सक्नका लागि गर्नुपर्ने व्यवहार आचरण पालना गर्न प्रेरित गर्ने, अरूलाई गराउने जस्ता कार्यमा विद्यार्थीलाई उत्प्रेरित गर्ने । गाँस, बास, कपास, स्वास्थ्य, सुरक्षा, खेलकुद, मनोरञ्जन जस्ता आधारभूत आवश्यकता पूरा गर्ने तौरतरिकाहरूको मूल्याङ्कन, अवलोकन गरी पूरा नभएकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराको सुनिश्चित गर्नलाई प्रजातान्त्रिक आचरण अनुरूप कार्य गर्न लगाउने।
२. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाबिचको सम्बन्धलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
उत्तर👉
परम्परागत रूपमा चलिआएका पाठ कण्ठस्थ गर्ने, व्याख्यान सुन्ने, टिपोट पढ्ने जस्ता कार्यले सिकाइ उपलब्धि हुँदैन । सामाजिक विषय र जीवनोपयोगी शिक्षा, एकै सिक्काका दुई पाटा हुन् । शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गरी समुन्नत समाजको सिर्जनामा लाग्नुपर्ने हालका विद्यार्थीको कर्तव्य हुन जान्छ । व्यक्ति समाजमा बस्ने हुँदा समाजका हरेक क्रियाकलापमा घुलमिल हुनुपर्दछ । समाजका मूल्य मान्यतामा जानकारी हुनुपर्दछ। जसरी सामाजिक न्याय दिलाउने स्वतन्त्रताको र नैसर्गिक अधिकारको संविधान संवत् तरिकाबाट प्राप्त गर्न, समस्या समाधान, निर्णय क्षमता नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको उद्देश्य रहेको छ।
उदाहरणका लागि व्यक्तिले, कण्ठस्थ गरेर बुंदा पढेर वा सैद्धान्तिक ज्ञानबाट उच्च अङ्क प्राप्त गरेको छ तर सिद्धान्तको मर्मअनुसार, सोच, आचरण व्यवहार काम नभएका सामाजिक विषयको उच्च अङ्कको कुनै अर्थ रहँदैन त्यसैले, तथ्याङ्कहरू खोजेर, विश्लेषण गरेर, स्वयं परीक्षण गरेर अनुसन्धानात्मक पद्धतिबाट सिक्नुपर्छ । विद्यार्थीलाई पर्याप्त मात्रामा, खोजी गर्ने, सोच्ने, तर्क गर्ने, समालोचनात्मक सोच राख्ने, बुझ्ने, छलफल गर्ने, परीक्षण गर्ने, अनुभूति गर्ने अवसर दिनुपर्छ। उच्च अङ्कको प्रमाणपत्रले मात्र व्यक्ति जीवनमा स्थापित हुन सक्दैन । व्यवहारिक ज्ञान, आफ्नो जीवनमा लागु गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको मूल मर्म हुन जान्छ।
अभ्यास
१.सामाजिक अध्ययनको क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रस्ट पार्नुहोस्।
उत्तर👉
समाज भन्ने बित्तिकै व्यक्ति, परिवार, छिमेकी समुदाय, समग्र राष्ट्र र अन्तर्राष्ट्रिय परिवेश भित्र गरिने क्रियाकलपा, चालचलन रीतिरिवाज, धर्म संस्कृतिको समग्र रूप बुझिन्छ । यस भित्र समाजको मूल्य, मान्यता, राजनीतिक अभ्यास, पनि पर्ने हुँदा यसको क्षेत्र व्यापक छ। यसको व्यापकताले यसभित्र अध्ययन गर्नु पर्ने विषय धेरै छन् । यस समाजमा घुलमिल हुन, आत्म अनुशासन कायम गर्न र जीवनलाई सरल र सुखि बनाउन विभिन्न सिपहरूको आवश्यकता पर्दछ । सञ्चार, सहकार्य, सहयोग. निर्णय निर्माण, नेतृत्व, समानुभूति आत्मबोध, संवेग व्यवस्थापन जस्ता व्यक्तिगत जीवनोपयोगी सिपको आवश्यकता पर्दछ । ती आवश्यकतालाई पूरा गर्न व्यक्ति निम्न बमोजिमका बँदामा जानकार, दक्षता र त्यसै अनुसारको आचरणमा लाग्नुपर्दछ। सामाजिक विषयको गहन अध्ययन विश्लेषणबाट मात्र सामाजिक व्यवहार जीवनमा लागु गर्न सकिन्छ।
👉- समुदाय र समाजको अध्ययन गरेको।
👉- सिर्जनशीलताको विकास भएको।
👉 – राष्ट्रिय भावनाले ओतप्रोत
👉 – आर्थिक अभिवृद्धिको विकासमा तल्लीन।
👉 – राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समायोजन हुन सक्ने बन्नु।
👉 – जीवनोपयोगी सिपको विकास भएको।
👉 – सामाजिकीकरण सिपको विकासमा लगनशील।
👉 – प्रजातान्त्रिक आचरण र शैलीको परिपालन गर्न सक्ने।
👉 – सार्थक अभिवृद्धिका लागि उद्यमशिलता र स्वरोजगार सिर्जना गर्न सक्ने हुनु नै सामाजिक अध्ययनको सार्थकता हो।
👉 – सामाजिक अध्ययनमा, व्यक्ति, परिवार, समुदाय, क्षेत्र, राष्ट्र हुँदै विश्व नै अध्ययन गर्नुपर्ने हुँदा, आधुनिक प्रविधि, पम्परागत प्रविधि विश्व भू-राजनीतिक अवस्था, सबैको समग्र अध्ययन गरी जीवन सार्थक बनाउनु नै समाजको वास्तविक अध्ययन हो।
२. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्त्व दर्साउनुहोस्।
उत्तर👉 सम्पूर्ण विश्व परिवेशको एकरूपताको अध्ययन, विश्लेषण र आफूलाई विश्वसामु समायोजन बनाउनु भनेको सामाजिक अध्ययन हो । यसमा व्यक्ति स्वयं, परिवार, समुदाय, आफ्नो भूगोल, सभ्यता, रीतिरिवाज, धर्म संस्कृति, राष्ट्र र विश्व नै पर्ने हुँदा यसको अध्ययन क्षेत्र व्यापक छ। जीवनोपयोगी सिप भन्नाले व्यक्तिलाई जीवनमा आइपर्ने समस्या समाधान निकाल्न सक्ने बन्नु हो । जस अन्तर्गत, सहकार्य गर्ने, सहयोग गर्ने, समस्या समाधान गर्ने, निर्णय लिने, सिर्जनात्मक गर्ने, खोजमूलक अनुसन्धान गर्ने र आफूलाई नैतिकवान, चरित्रवान, व्यवहारिक असल व्यक्तिको रूपमा प्रस्तुत गर्न सक्ने बनाउनु नै जीवनोपयोगी सिप हुन । यी सिपहरू पुस्तक पढेर मात्र हासिल हुँदैनन् । हामीले स्वयं कार्यान्वयन गर्नुपर्ने हुन्छ । वर्तमान परिप्रेक्ष, विश्व समुदाय, आधुनिक प्रविधि ज्ञान, विचार र भू राजनीतिको विश्लेषणात्मक अध्ययनबाट मात्रै जीवनोपयोगी सिप हासिल गर्न सकिन्छ। नागरिक सक्षमताको विकास गर्नका लागि गरिने सामाजिक विज्ञानको एकीकृत अध्ययन नै सामाजिक अध्ययन हो । यस अन्तर्गत, भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला मात्र नभई गणित, विज्ञान समेतका उपयुक्त विषयवस्तुको समन्वयात्मक र व्यवस्थित ढङ्गबाट अध्ययन गर्नुपर्ने विषय रहन्छन् । सामाजिक अध्ययनको पहिलो उद्देश्य विद्यार्थीहरूलाई यो अन्तरसम्बन्धित विश्वमा सार्वजनिक भलाइका लागि सांस्कृतिक विविधता एवम् प्रजातान्त्रिक समाजका बारेमा सुसूचित गराउनु र तर्कपूर्ण निर्णय गर्न सक्ने हुनु र नेतृत्वदायी भूमिका निर्वाह गरी समाज परिवर्तनमा लाग्नु पर्ने हुँदा यसको जीवनमा निकै महत्त्व रहेको छ।
पाठ २ – सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध
सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञान एक अर्कासँग सम्बन्धित विषय हुन् । सामाजिक विज्ञान अन्तर्गत मानविकी तथा समाजशास्त्र अन्तर्गत अध्ययन गरिने भूगोल, अर्थशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र आदि विषयहरू पर्दछन् । सामाजिक अधययन अन्तर्गत समाजको आवश्यकता, राष्ट्रको माग र मानव समुदायको चाहना अनुरूपको सामाजिक विज्ञानका विषयवस्तुहरू संयोजन गरिएको हुन्छ । सामाजिक अध्ययनमा सामाजिक विज्ञानका व्यवहारिक पक्षलाई जोड दिइन्छ । सामाजिक विज्ञानमा विषयवस्तुहरूको गहिराइसम्म सैद्धान्तिक पक्षको पनि अध्ययन गरिन्छ। सामाजिक विज्ञानको व्यवहारिक र जीवनोपयोगी विषयवस्तुहरू समेटेर सामाजिक अध्ययन विषय तयार पारिएको हो । सामाजिक अध्ययनले भूगोल, इतिहास, अर्थशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र, राजनीतिशास्त्र, जनसङ्ख्याशास्त्र, नीतिशास्त्र, मनोविज्ञान आदि विभिन्न विषयहरूका मानव जीवनसँग सम्बन्धित व्यवहारिक एवम् जीवनोपयोगी विषयवस्तुको अध्ययन गर्छ । मानिसले आफ्नो जीवन सार्थक बनाउन विभिन्न सामाजिक ज्ञान, सिप र अभिवृत्तिको विकास गर्नुपर्छ। मानिसले दैनिक जीवनमा गरिने विभिन्न क्रियाकलापहरूबाट सिक्ने अनौपचारिक शिक्षा सामाजिक शिक्षा हो । यो शिक्षा घरपरिवार, समाज, राष्ट्र, अतर्राष्ट्रिय गतिविधि र व्यक्तिगत अनुभवबाट हुने सिकाइ हो । यसरी अरूलाई गरिने आदर सत्कार, सहिष्णुता, माया, सहयोग, सहकार्य, आफ्नो संस्कृतिअनुसार गरिने संस्कारहरू, मानवीय मूल्यमान्यता तथा व्यवहारहरू सामाजिक शिक्षाका विषयवस्तुहरू हुन्।
क्रियाकलाप
१. कक्षा ११ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यक्रम वा पाठ्यपुस्तकमा सामाजिक विज्ञानका कुन कुन विषय समावेश गरिएका छन् ? यी विषयबाट हुने मुख्य सिकाइका पक्षका बारेमा छलफल गर्नुहोस्।
उत्तर 👉
कक्षा ११ को सामाजिक अध्ययन तथा सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्धका विषयमा छलफलको रूपमा यहाँ एउटा संवाद तयार पारिएको छ।
कक्षा ११ मा पढ्ने दुई विद्यार्थीहरू सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यक्रम वा पाठ्यपुस्तकमा समावेश गरिएका विषय र यी विषयका मुख्य सिकाइका पक्षमा छलफल गरिरहेका छन्।
👉 सरलाः हेर न ! साजन यो सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कति व्यापक र विस्तारित छ। यस अन्तर्गत कुन कुन विषयहरू एकीकृत छन् ? मलाइ बताउ न।
साजन : हो यो व्यापक छ। किनकी हामी समाजमा हुर्कन्छौ, बढ्छौ, सिक्छौ र समग्र कुरामा समायोजन हुन्छौ । त्यसैले हामीलाई विभिन्न ज्ञान हासिल हुन्छ । यस विषय अन्तर्गत, मानविकी तथा समाज शास्त्रअन्तर्गत अध्यन गरिने भूगोल अर्थशास्त्र, मानवशास्त्र, नागरिक शास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, धर्म संस्कृति र राजनीति शास्त्र समेत पर्दछन् ।
👉 सरलाः यी शास्त्रहरूको अध्ययनबाट हामीले कस्तो कस्तो सिप हासिल गछौँ ? हामीलाई जीवनमा के फाइदा पुग्दछ त बताउन सक्छौँ
साजन : राम्रो प्रश्न गयौ । यी विषयरूको अध्ययनबाट मानिसले सामाजिक विषयको अध्ययनले सबै
निर्माण गर्न लागि पर्ने प्रेरणा मिलेको छ।
सामाजिक अध्ययन र सामाजिक शिक्षाको वास्तविक अर्थ, बोध भएकोले आगामी दिनहरूमा व्यवहारिक ज्ञानको माध्यमबाट राष्ट्रिय समृद्धि र व्यक्तिगत आर्थिक उन्नतीमा लाग्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको कुरा पुष्टि भएको छ।
सामाजिक मूल्य मान्यता, धर्म संस्कृति, राष्ट्र राष्ट्रियता र नैतिक आचरण सम्बन्धी व्यवहारिक सिकाइ प्राप्त भएकोले नागरिक कर्तव्यको बोध भएको छ।
अभ्यास
१. सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्।
उत्तर👉 सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानका बिचमा अन्योन्याश्रित सम्बन्ध छ। व्यक्ति समाज र जीवन एक अर्कामा अर्न्तनिहित छन् विषयवस्तुको व्यवहारिक अध्ययन, सामाजिक अध्ययन हो । त्यसैले यी कुराहरू कहिल्यै छुट्टिनै सक्दैनन । सघन जीवनका साध्य र साधन एकै ठाउँमा संगठित छन्।
मानिस सामाजिक प्राणी हो । उसले जन्मदेखि मृत्युसम्म र मृत्युपश्चातको संस्कार पनि समाजबाटै प्राप्त गर्दछ। उसले आफ्नो जीवनलाई सार्थक बनाउनका लागि विभिन्न सामाजिक ज्ञान, सिप र अभिवृद्धिको विकास गरिरहनुपर्दछ । यो निरन्तर रूपमा चलिरहने औपचारिक सिकाइको विषय हो । हामीले परिवार, समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गतिविधि, सामाजिक परिस्थिति तथा भोगाइबाट धेरै कुराहरू सिक्छौ, सिक्दै जान्छौ । जुन अनवरत चलिरहन्छ र सिकाइ टुङ्गिदैन, त्यसैले यस सामाजिक विषयमा समाजशास्त्र, धर्मशास्त्र, दर्शनशास्त्र, मानवको उत्पति र विकास, सभ्यता, वैज्ञानिक आविष्कार जनसङ्ख्या , राजनीतिशास्त्र, नीतिशास्त्र, गणित, ज्योतिष, अर्थशास्त्र, मौलिक लोकसंस्कृति, इतिहास, भूगोल समेतको समष्टि रूपनै सामाजिक विज्ञान हो । सामाजिक विज्ञान र सामाजिक शिक्षाको उद्देश्य एउटै छ । असल चरित्रवान, सक्षम, सिर्जनशील, उद्यमशील, अन्वेषणात्मक अध्ययन र खोजमूलक अनुसन्धानबाट सामाजिक विज्ञानका तत्त्वहरू लागु गरी जीवनोपयोगी शिक्षा हासिल गर्नु सामाजिक शिक्षाको उद्देश्य रहेको छ । यसरी गरेको अध्ययनबाट प्राप्त हुने ज्ञान, सीप, दक्षता मानिसले दैनिक जीवनमा लागु गर्नु पर्दछ । सामाजिक शिक्षा र सामाजिक विज्ञान बिचको समन्वयात्मक अध्ययन विना प्राप्त ज्ञान अपुरो र अधुरो रहन्छ । त्यसैले सामाजिक विषयको उद्देश्य पूरा गर्न सामाजिक शिक्षा र सामाजिक विज्ञान एकैसाथ अध्ययन गर्नु पर्ने हुन्छ । सामाजिक विज्ञानलाई साध्यका रूपमा लिइ सामाजिक शिक्षालाई साधन बनाइ समष्टि अध्ययन गर्नुपर्ने हुनाले दुवै बिचमा गहिरो सम्बन्ध छ।
२. सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार होन, यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर👉 सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो । सामाजिक विज्ञान मानव समाज र मानव सम्बन्धको वैज्ञानिक एवम् व्यवस्थित रूपको अध्ययन गर्ने विधा हो । मानविकी र समाजशास्त्र अन्तर्गत अध्ययन गरिने भूगोल, अर्थशास्त्र, मानव शास्त्र, नागरिकशास्त्र, राजनीतिशासत्र, समाजशास्त्र लगायतका विषयहरू सामाजिक विज्ञान अन्तर्गत पर्दछन्।
सामाजिक अध्ययनभित्र सामाजिक विज्ञानका विषयवस्तु समावेश गरिएका हुन्छन् । यसमा समाजको आवश्यकता, राष्ट्रको माग, सम्पूर्ण मानव समुदायको चाहना अनुरुपका विभिन्न विषयहरू संयोजन गरिएको हुन्छ।
सामाजिक विज्ञानका सबै विषयका व्यवहारिक र जीवनोपयोगी विषयवस्तुहरू समावेश गरेर सामाजिक विषय तयार पारिएको हो । सामाजिक विज्ञानका विषयहरूमा विषयवस्तुको गहिराइसम्म पुगेर सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ । सामाजिक अध्ययन विषयमा भने सामाजिक विज्ञानका व्यवहारिक पक्षमा जोड दिइन्छ । सामाजिक विज्ञानका विषय वस्तुले जीवनमा पार्ने प्रभाव र मानवले त्यसको उपयोग कसरी गर्ने अध्ययन विषय केन्द्रित हुन्छ। त्यसकारण सामाजिक अध्ययन विषय प्रवृत्तिको देखिन्छ। व्यक्ति समाजमा समायोजन हुन्छ । जीवनोपयोगी शिक्षा हासिल गर्नुपर्ने हुँदा व्यक्तिले सामाजिक विज्ञानका अवयवहरू, तत्त्वहरू, विशेषताहरू, आधारहरू लगायत सम्पूर्ण तत्त्व ज्ञान हासिल गरेको हुनुपर्दछ । जीवन सार्थक बनाउन, समून्नत समाज निर्माण गर्न, सामाजिक विज्ञानलाई नै सामाजिक अध्ययनको मूल आधार बनाउनु पर्छ।
३. सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् ।
उत्तर👉सामाजिक अध्ययन र सामाजिक विज्ञान बिचको भिन्नता तालिकामा प्रस्तुत गरिएको छ।
सामाजिक अध्ययन सामाजिक विज्ञान
👉
१. सामाजिक विज्ञान विभिन्न विषयवस्तुहरू समेटिएको एकीकृत रूप हो। १. स्वतन्त्र अस्तित्व रहेको पूर्ण विकसित विधा हो।
२. यो ज्ञानको उपयोगसँग सम्बन्धित छ। २. यो ज्ञानको उत्पादनसँग सम्बन्धित छ।
३. बढी व्यवहारिक हुन्छ। ३. बढी सैद्धान्तिक हुन्छ।
४. मानव जीवनको विविध पक्षसँग सम्बन्धित छ। ४. मानव जीवनको कुनै एक पक्षसँग सम्बन्धित छ।
५. विषयवस्तुको सामान्य अध्ययन हुन्छ। ५. विषयवस्तुको गहिरो अध्ययन हुन्छ।
६. यसको उद्देश्य, असल, सक्षम, सिर्जनशील,उद्यमशील तथा सभ्य नागरिक तयार पनि हो। ६. विषय विज्ञ तयार पार्ने हो।
७. यो विद्यालय तहसँग मात्र सम्बन्धित छ। ७. यस विषय उम्म शिक्षासम्म अध्ययन गरिन्छ।
४. सामाजिक अध्ययन र सामाजिक शिक्षाबिच भिन्नता छुट्याउनुहोस् ।
उत्तर👉 सामाजिक अध्ययन . सामाजिक शिक्षा
(क) यसको क्षेत्र निश्चित र सीमित हुन्छ (क) यसको क्षेत्र असीमित हुन्छ।
(ख) यसको सिकाइ निश्चित पाठ्यक्रममा आधारित हुन्छ (ख) यसको सिकाइ खुला सिकाइका रूपमा हुन्छ।
(ग) सिकारु र शिक्षकबिचको अन्तरक्रिया र सहकार्यबाट सिकाइ सहजीकरण हुन्छ। (ग) व्यक्ति, स्थान, परिवेश र समयका आधारमा सिकाइ हुन्छ।
(घ) सामान्यतया विद्यालयमा अध्ययनरत बालबालिकाको लागि मात्र सञ्चालित हुन्छ । (घ) जोसुकैले आर्जन गर्न सक्छन्।
(ङ) यो एक स्थापित विषय हो। (ङ) यो सामाजिकीकरणको प्रक्रिया हो।
(च) सामाजिक अध्ययन सिद्धान्तमा आधारित हुन्छ। (च) सामाजिक शिक्षा दर्शनमा आधारित हुन्छ।
पाठ ३ – सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा
सारांश
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको मुख्य उद्देश्य बालबालिकालाई असल चरित्रवान, सक्षम र सिर्जनशील नागरिक बनाउनु हो । यस्ता सिपले व्यक्तिलाई जीवनभर समाजमा सहजरूपमा बाँच्न सहयोग पुयाउँछ । सामाजिक अध्ययन विषयमा भूगोल, इतिहास, अर्थशास्त्र, जनसङ्ख्या, नीतिशास्त्र आदि पाठ्यवस्तु कण्ठ गरेर परीक्षा उत्तीर्ण गर्ने मात्र होइन यी विषयहरूको अध्ययन गरी भविष्यमा काम लाग्ने व्यवहारिक सिप सिक्नु नै हो ।
सामाजिक अध्ययनबाट सिक्ने सिपहरू:
👉 नक्सा अध्ययन गर्ने र नक्सा उतार्ने सिप
👉 विभिन्न विधाका माध्यमबाट अभिव्यक्त गर्ने गीत, कविता, चित्र, निबन्ध, संवाद, नाटक, चिठी आदि सिर्जनात्मक सिप समाचार, सम्पादकीय, सम्पादकलाई चिठी, सामाजिक सञ्जालमा कमेन्ट र पोस्ट गर्ने जस्ता समाचार सङ्कलन, लेखन र प्रस्तुतीकरण सि
छलफल, सहयोग, सहकार्य, मेलमिलाप, समानुभूति आदि सामाजिक सिप
👉 स्तम्भचित्र, रेखाचित्र, चक्रचित्र, ग्राफ निर्माण जस्ता तथ्याङ्क प्रस्तुति
👉 समय रेखा, वंशावली वा वंश वृक्ष, व्यक्ति वृत्त आदि ऐतिहासिक घटनालाई प्रस्तुतीकरण गर्ने सिप
👉 सर्वेक्षण, क्षेत्रभ्रमण, अन्तर्वार्ता, अवलोकनको योजना बनाउने, कार्य सम्पादन गर्ने र प्रतिवेदन बनाउने जस्ता खोज अनुसन्धान सिप
👉 प्रदर्शन, प्रवचन, वक्तृत्वकला, कार्यपत्र लेखन तथा प्रस्तुतीकरण सिप
👉 जीवनोपयोगी सिप
एक्काइसौं शताब्दीका सिप, नरम सिप, व्यापक सिपका रूपमा पनि व्याख्या गर्ने गरिन्छ । यस्ता सिपले व्यक्तिलाई समाजमा समायोजन हुन सहयोग गर्छन् । यिनले आफ्नो काममा सफलता हसिल गर्न सहयोग गर्छन् । व्यक्तिको क्षमता विकास गरी सक्षम नागरिक बनाउन पनि यिनले सहयोग गर्छन् । यो सिपले व्यक्तिलाई अनुशासित बनाउँदै समाज, राष्ट्र र विश्व समुदायको भलाइका लागि कार्य गर्न प्रेरित गर्छन् । जीवनोपयोगी सिपअन्तर्गत निम्नानुसारका सिपहरू पर्दछन् ।
👉 समस्या समाधान सिप सञ्चार सिप
👉 सूचना प्रविधि सिप
👉सहकार्य सिप
👉 समालोचनात्मक सोचाइ सिप
👉 अध्ययन सिप
👉 सहभागिता र छलफल गर्ने सिप
👉 सिर्जनात्मकता सिप
👉 अन्तरवैयक्तिक सिप
👉तनाव व्यवस्थापन सिप
👉 संवेग व्यवस्थापन सिप
👉 निर्णय निर्माण सिप नेतृत्व सिप
क्रियाकलाप
१. तपाईंले समय व्यवस्थापन कसरी गर्ने गर्नुभएको छ, आफ्ना व्यवस्थापनका तरिकाहरू कक्षामा प्रस्तुत गर्नुहोस्।
उत्तर👉 दिनमा २४ घण्टा मात्र हुन्छ । यो अवधिलाई समुचित व्यवस्थापन गर्न सकिएन भने दिनमा गर्नुपर्ने काम छरपष्ट र अधुरो रहन्छ। त्यसकारण हामीले समयको राम्रो समुचित व्यवस्थापन गर्नुपर्छ । म आँफूले समय व्यवस्थापनका लागि अपनाउने तरिकाहरू बुंदागत रुपमा सूचिकृत गरेको छु ।
👉 समयलाई, योजनाबद्ध तरिकाले विभाजन गर्ने।
👉 लक्षित उद्देश्य प्राप्त गर्न महत्त्वपूर्ण ठानिएका कामका लागि बढी समय दिने।
👉 प्रत्येक दिन दिनभरि गरिने महत्त्वपूर्ण कार्यको योजना बताउने अध्याधिक कामको चाप पर्दा, भेटघाट, फोन च्याट जस्ता कार्य पूर्ण रूपमा बन्द गर्ने ।
👉 आफूले कुन समयमा काम गर्दा सो काम बढी प्रभावकारी हुन्छ पहिल्यै छुटाइ सोहिकाम उपयुक्त समयमा गर्ने।
👉 धेरै काम एकै समयमा गर्ने सोच नबनाउने।
👉 पत्रपत्रिका पढ्ने, इमेल, फेसबुक चलाउने, खेल्ने समय छुट्टाउने।
👉 सरसफाइ र खानाको लागि समय छुट्टाउने।
👉 गृहकार्य, पठनपाठनको लागि बिहानको समय छुट्टाउने।
👉 फूर्सदको समयमा पुस्तक पढ्ने, कक्षा कविता लेख्ने वा चित्र बनाइ मनोरञ्जन लिने।
👉 राति १०:३० बजेपछि नबस्ने र बिहान ४ बजे उठ्ने।
👉 प्रत्येक दिनको कार्य तालिका निर्माण गरी कार्यान्वयन गर्ने।
👉 योग, प्रणायम, आरधनाको लागि आधा घण्टा समय छुट्टाउने ।
👉 प्रत्येक समयमा सकारात्मक सोच राखि भविष्य सफल बनाउन ध्यान दिने।
२. समूहमा बसेर सामाजिक सञ्जालको प्रयोग गरी कुनै एक सामाजिक मुद्दामा सर्वेक्षण गर्नुहोस् । उक्त सर्वेक्षणबाट आएको तथ्याङ्कलाई चक्रचित्र वा स्तम्भचित्रमा प्रस्तुत गरी सोको प्रतिवेदन समेत तयार पार्नुहोस्।
उत्तर👉 “ब्रिटेनका अग्रणी मनोचिकित्सकहरूले भनेका छन्, सामाजिक सञ्जालका कम्पनीहरूले अनुसन्धानकर्तालाई तथ्याङ्क उपलब्ध नगराउने हो भने बालबालिका मानसिक स्वास्थ्यमा पुयाउने फाइदा र जोखिमका बारेमा कहिल्यै बुझ्न सकिने छैन” । प्रविधि कम्पनीहरूलाई तिनीहरूसँग रहेका प्रयोगकर्ता सम्बन्धित तथ्याङ्क अनुसन्धान कर्तालाई उपलब्ध गराउन महत्त्वपूर्ण अनुसन्धानहरूका लागि कर तिर्नुपर्ने बनाउन जरुरी भइसकेको ती मनोचिकित्सकहरूले भनेका छन् । इन्टरनेटको अनियन्त्रित प्रयोगले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा क्षति पुयाउने गरेको प्रमाण बढ्दो रूपमा देखिदै आएको छ।
👉 सामाजिक सञ्जाल चाहन्छ, तपाइ कम इन्टरनेट चलाउनुहोस् ।
👉 वालबालिकालाई बेलुकी मोबाइल र टि. भि. अनुचित रहेको छ।
👉 उमेर नपुगी, टिकटक, फेसबुक, इन्टाग्राम, भाइवरमा एकाउन्ट खोली लग इन हुन नदिनु ।
अनुसन्धान
बालबालिकाले कति समय के का लागि इन्टरनेटमा बिताउँछन् भन्ने पर्याप्त अनुसन्धान हुन सकेको छैन । युके सरकारले अनलाइन सुरक्षालाई नियमन गर्ने एक जना स्वतन्त्र नियमनकर्ता नियुक्त गर्ने योजना बनाएको छ भने हरेक देशले त्यसै गर्नुपर्ने देखिन्छ। ब्रिटेनका मनोचिकित्सकहरूको प्रतिवेदन अनुसार त्यस्ता नियमनकर्ताले मानसिले कति समय अनलाइनमा बिताउँछन मात्रै होइनकी नवयुवाहरूले कसरी इन्स्टाग्राम, ट्युटर र फेसबुक जस्ता सेवाको प्रयोग गरिरहेका छन् भन्ने जानकारी दिन्छन् । प्रयोगकर्ताहरूले आफ्नो परिचय नखुलाई व्यक्तिहरूलाई व्ल्याक मेल गर्ने, ठगी गर्ने, झूठा आइडि बनाइ ठगी गर्ने हुँदा बालबालिका मारमा परेका छन् । त्यसैले सामाजिक सञ्जाल कम्पनीले त्यसको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति तिर्नुपर्ने माग दाबि छ।
मागको समर्थन
आफ्नी १४ वर्षीया छोरीले आत्महत्या गर्नुपछाडि आंशिक रूपमा इन्टरनेटको प्रयोग पनि कारक हो भन्ने विश्वास गर्ने इयन रसेलले पनि उक्त प्रतिवेदनले गरेको मार्गलाई समर्थन गरेका छन्।
उनले बीबीसी रेडियो फोरको टुडे कार्यक्रममा बोल्दै उनकी छोरीले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा जस्तो प्रकारमा हेर्ने गर्थिन् जसले डिप्रेसनबाट पीडितहरूले अन्ततोगत्वा आत्महत्या गर्ने भन्ने सन्देश दिने गर्दथे।
इयन रसेल भन्छन्, सोसल मिडिया कम्पनीहरूबाट प्राप्त गरिने तथ्याङ्कको प्रयोग गरेर हुने अनुसन्धान विना सामाजिक सञ्जालका विषयवस्तुले कसरी हाम्रा बालबालिका र नवयुवाहरूलाई आत्मघात र अझ दुःखत रूपमा आफ्नै ज्यानलिने जस्ता कदम चाल्न प्रेरित गर्दा रहेछन् भन्ने बुझ्न सकिने छैन । मनो चिकित्सकहरू भन्छन् “बालबालिकाले इन्टरनेट प्रविधिको प्रयोग गर्दा त्यसका धेरै फाइदाहरू छन् । जस्तै अनलाइन सहयोग, साथीहरूसँग तत्काल कुराकानी गर्न सक्छन्, विभिन्न सूचना तथा जानकारी प्राप्त गर्न सक्छन्, तर स्किनमा हेरेर धेरै समय बिताउँदा तिनीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ।
दिइएको वृत्त चित्रमा सामाजिक सञ्जालबाट २०१८ मा नेपालमा भएका अपराधहरूलाई प्रस्तुत गरिएको छ । सामाजिक सञ्जालको प्रयोगले 62.67% चोरी घटनाहरू भएको 19% डकौती 7% मोटरसाइकल चोरी, 2% व्याट्रिचोरी 8% अपराधहरू ठगिका छन् । त्यसैगरी आत्महत्या र मृत्युका घटना 0.12% रहेको छ । यी घटनाहरूबाट सामाजिक सञ्चालको प्रयोग गरी समाजका विभिन्न अपराधिक घटनाहरू घटेका छन् ।
माथिको चित्रानुसारको साइबर अपराधमा धेरैजसो व्यक्तिहरूले फेसबुक मार्फत् अपराध गर्ने गरेका छन्, ट्वीटर, फेसबुक, भाइवर, मेसेन्जर, इन्स्टाग्राम मार्फत् पनि सामाजिक अपराधहरू बढिरहेकाले फेक आइडिप्रति सजग रहनु पर्ने हुन्छ । नचिनेका व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउने, लाइक गर्ने, गलत च्याटिङ गर्ने, र आफ्ना तस्विरहरू उनीहरूलाई पोष्ट गर्नुहुँदैन । सामाजिक सञ्जालमा आफूलाई काम नलाग्ने एपभित्र छिर्नु हुँदैन र अश्लील Wave site हरू प्रयोग गर्नु पनि अपराध ठहरिन्छ । त्यसैले हामी सबै सामाजिक सञ्जाल प्रयोग गर्दा चनाखो रहनुपर्छ।
अभ्यास
१. कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित समाचार तयार पार्नुहोस्।
उत्तर👉 राजधानीमै शिक्षकबाट २२ वर्षीया विद्यार्थी बलात्कृत
३ माघ, काठमाडौँ । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीया बोधिसत्व गौतम भट्टचार्य छन् ।
उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटक पटक बलात्कार गरेको प्रहरीमा जाहेरी गरेपछि आचार्य पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो।
पछिल्लो पटक काठमाडौँ-६ महांकालस्थित जेसर होटलमा आफू बलात्कृत भएको ती युवतीको दावी छ। प्रहरीले भट्टाचार्यमाथि करणी मुद्दामा पाँच दिन म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले अनलाइन खबरलाई बताए।
उनीहरू फेसबुकमा साथी रहेको र पटक पटक च्याटिङ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ । युवतीले आफूले भनेजस्तो काम नभएको, परीक्षामा सहयोग नपाएको र पछि बलात्कारका लागि मात्र प्रलोभन देखाएको भन्ने थाहापाएपछि प्रहरीमा उजुरी गरेको बुझिएको छ ।
२. पाठमा उल्लिखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
उत्तर👉 ‘कालमहिमा’
– लेखनाथ पौडेल
भाका, भूल, दया, क्षमता र ममता सन्तोष जान्दैन त्यो,
इन्दै विन्ति गरुन् झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो
खाता जौची दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो।१
राज रङ्ग सबै समान उसका वैषम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर र्दैन त्यो
लाखौँ औषधि अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो
व्याधा तुल्य लुकेर चल्दछ त्यो मारेर मर्दैन त्यो।२
आँसुका दहमा नुहाउँदा चिसो पानी रुचाउन्न त्यो
सुख्खा जर्जर, अस्थिपञ्जर विना शैयामा बनाउन्न त्यो
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो
हाहाकार सरी मिठो अरुकुनै सङ्गीत गाउन्न त्यो।३
जोजो मिल्छ सुटुक्क निल्छ मुखमा हाली पचाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो
जति निल्दछ उत्ती ओकेल्दछ पनि केही पचाउन्न त्यो
यही चालासित कल्प-कल्प कहिल्यै खाइ अघाउन्न त्यो।४
यस कविताको वाचन गरी सबै एकदिन मर्नुपर्ने त्यसैले सामाजिक भलाइमा लाग्न उत्प्रेरणा जगाउन छलफल गर्ने । मानिसले मानव भलाइको लागि काम गर्नुपर्छ भन्ने भवाना जागृत गर्ने विषयमा कवितालाई आधार बनाएर छलफल गर्ने ।
३. सामाजिक अध्ययनमा प्रयोग हुने सिपहरू उल्लेख गर्नुहोस्।
उत्तर👉
नक्सा अध्ययन गर्ने र नक्सा उतार्ने सिप
विभिन्न विधाका माध्यमबाट अभिव्यक्त गर्ने गीत, कविता, चित्र, निबन्ध, संवाद, नाटक, चिठी आदि सिर्जनात्मक सिप
समाचार, सम्पादकीय, सम्पादकलाई चिठी, सामाजिक सञ्जालमा कमेन्ट र पोस्ट गर्ने जस्ता समाचार सङ्कलन, लेखन र प्रस्तुतीकरण सिप
छलफल, सहयोग, सहकार्य, मेलमिलाप, समानुभूति आदि सामाजिक सिप
स्तम्भचित्र, रेखाचित्र, चक्रचित्र, ग्राफ निर्माण जस्ता तथ्याङ्क प्रस्तुति सिप
समय रेखा, वंशावली वा वंश वृक्ष, व्यक्ति वृत्त आदि ऐतिहासिक घटनालाई प्रस्तुतीकरण गर्ने सिप
सर्वेक्षण, क्षेत्रभ्रमण, अन्तर्वार्ता, अवलोकनको योजना बनाउने, कार्य सम्पादन गर्ने र प्रतिवेदन बनाउने जस्ता खोज/अनुसन्धान सिप
प्रदर्शन, प्रवचन, वक्तृत्वकला, कार्यपत्र लेखन तथा प्रस्तुतीकरण सिप
आय आर्जन, आर्थिक उपार्जनका लागि खोज अनुसन्धानमूलक कार्य गरी आय आर्जनमा लाग्ने सिप।
यी बाहेक केही Soft skills हरू पनि सामाजिक अध्ययनमा पर्दछन् । ती हुन् :
👉 समस्या समाधान सिप
👉 सञ्चार सिप
👉 सूचना प्रविधि सिप
👉 सहकार्य सिप
👉 समालोचनात्मक सोचाइ सिप
👉 अध्ययन सिप
👉 सहभागिता र छलफल गर्ने सिप
👉 सिर्जनात्मकता सिप
👉 अन्तरवैयक्तिक सिप
👉 तनाव व्यवस्थापन सिप
👉 संवेग व्यवस्थापन सिप
👉 निर्णय निर्माण सिप
👉 नेतृत्व सिप
परियोजना कार्य
समसामयिक समाचार र घटनाका बारेमा विद्यार्थीले प्रत्येक दिन टिपोट राख्ने,
👉 आफूले पढेका, सुनेका, देखेका समाचारहरूको विस्तृत विवरणबाट
मुख्य मुख्य समाचार छनोट गरी भित्ते पत्रिकामा टाँस्दै, लेख्दै अद्यावधिक गर्ने,
👉 कुनै कार्डबोर्ड, पेपर र काठको पाटीमा समसामयिक घटना वा समाचारहरू लेखेर टाँस्ने,
सन्दर्भ सामग्रीका लागि तस्वीर, पोस्टर लगायत अनुसन्धानकर्ताको भनाइ तथा तथ्यपरक घटनाहरूको विश्लेषण समेटेर समाचार बनाउने र भित्तेपत्रिकामा टाँस्ने ।
👉 आफूलाई राम्रो लागेका लेख, उपदेश, वाणीहरू अरूलाई पनि प्रेरक हुन्छन् भन्ने लागेका त्यस्ता सामग्रीहरू पनि सङ्कलन गरी भित्ते पत्रिकामा लेख्ने वा टाँस्ने ।
👉 प्रत्येक विद्यार्थीका आफ्ना उत्कृष्ट रचनाहरू पनि समावेश गर्न लगाई भित्ते पत्रिकालाई समय सान्दर्भिक बनाउने । जुनबाट विद्यार्थी वा सिकारुले सहकार्यबाट सिक्न सकियोस् र समसामयिक विषयमा पुनर्ताजा हासिल होस् ।
👉समाज सुधार गर्नका लागि गरिने राम्रा कामहरू, सामाजिक कर्तव्य, उत्तरदायित्वसँग सम्बन्धित चित्रहरू बनाउने, राम्रा बानी र नराम्रो बानीका बिचमा भिन्नता छुट्याउने र त्यस्ता चित्रहरू कोर्ने र भित्तेपत्रिकामा प्रदर्शन गर्ने ।
