Class 11 Social(सामाजिक) एकाइ 3 Note
Unit (एकाइ)-3
जीवनोपयोगी सिप
पाठ १ – निर्णय प्रक्रिया
अभ्यास
सारांश
हामीले काम गर्नुपूर्व आफ्नो उमेर, योग्यता, अनुभव र क्षमताअनुसार कामका सम्बन्धमा आफ्नो सोच वा विचार बनाएका हुन्छौँ । के गर्ने, किन गर्ने, कसरी गर्ने, कहाँ गर्ने, कहिले गर्ने भन्ने प्रश्नको समाधान गर्दै हामी निष्कर्षमा पुग्छौं । कहिलेकाहीँ हामीलाई कुनै काम गर्दा ठिक नहुने लागेमा त्यस्तो काम गरिदैन । यसरी कुनै काम गर्नुपूर्व त्यो काम गर्ने वा नगर्ने भनी विचारपूर्वक गरिएको निष्कर्ष नै निर्णय हो।
जर्ज आर. टेरीले निर्णय गर्ने कार्यलाई दुई वा सोभन्दा बढी सम्भाव्य विकल्पहरूबाट एउटा सबैभन्दा राम्रो विकल्पको छनोट भनी परिभाषित गरेका छन् । हेरोल्ड कुन्ज र हेन्ज वेरिचले विकल्पहरूबिचको छनोट कार्यका साथै योजना तर्जुमाको जगलाई निर्णय भनेका छन् । यसर्थ निर्णय गर्ने भनेको धेरै सम्भावना वा विकल्पहरूबाट कुनै एउटा उत्कृष्ट विकल्पको चयन गर्नु नै हो।
निर्णय निर्माण (Decision Making) भनेको एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय गर्ने तरिका हो । विभिन्न विकल्पहरूबाट उत्तम विकल्प छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण हो । कुनै खास उद्देश्य प्राप्ति वा समस्या समाधानका लागि विभिन्न सम्भावना वा विकल्पहरूको पहिचान वा खोजी गरी सूची तयार गर्ने, त्यस्ता हरेक सम्भावना वा विकल्पहरूका सम्बन्धमा सूचना सङ्कलन गर्ने, तिनीहरूको प्रभाव विश्लेषण गर्ने र उपयुक्त विकल्पहरूमध्येबाट तथ्य वा प्रमाणका आधारमा उत्तम विकल्पको छनोट गर्ने कार्य पर्दछन्।
उपलब्ध समय, आवश्यक पर्ने मानवीय, भौतिक, वित्तीय तथा प्राविधिक स्रोत र साधन तथा आन्तरिक वातावरणहको बारेमा विचार पुयाएर निर्णय गर्नुपर्ने हुन्छ । ठूला निर्णयहरू गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, प्रशासनिक, कानुनी व्यवस्था, प्रतिस्पर्धीहरूको अवस्था, विज्ञान र प्रविधिको विकास तथा बाह्य वातावरणहरूको बारेमा पनि विश्लेषण गर्नुपर्छ।
निर्णय विभिन्न प्रकारका हुन्छन् :
👉सङ्गठनात्मक निर्णय
👉व्यक्तिगत निर्णय
👉सामुहिक निर्णय
👉विवेकशील निर्णय
👉बढोत्तरी निर्णय
👉सहभागितामूलक निर्णय
👉निर्णय प्रक्रिया अन्तर्गत निम्न चरणहरू पूरा गर्नुपर्छ :
👉समस्याको पहिचान
👉समस्याको विश्लेषण
👉विकल्पको पहिचान
👉विकल्पको विश्लेषण
👉सबैभन्दा राम्रो विकल्पको छनोट
👉निर्णय कार्यान्वयन
👉पुनरावलोकन तथा मूल्याङ्कन
कुनै बेला समस्या आइपरेमा निर्णय गर्न नसकिने पनि हुन्छ। निम्न अवस्थामा यस्तो स्थिति सृजना हुन सक्छ :
👉पर्याप्त सूचनाको अभाव
👉तत्कालको परिस्थिति वा वातावरण
👉दबाबसमूह
👉भविष्यमा पर्ने असर
👉स्रोत र साधनको उपलब्धता
👉निर्णय गर्ने अधिकार
👉समय सीमा
👉विद्यमान नीति तथा कानुन आदि ।
क्रियाकलाप
१. आफ्नो घरपरिवारमा आइपरेका विभिन्न प्रकारका समस्याहरूको सूची तयार गरी कक्षाकोठामा साथीहरूसँग छलफल गर्नुहोस् । सबैका समस्याहरू उस्तै प्रकारका छन्, छैनन् जानकारी लिनुहोस् र आगामी दिनमा कुनै एक घरायसी समस्या समाधानका लागि गरिने निर्णयका लागि विकल्पहरूको खोजी गर्नुहोस्।
उत्तर 👉 हामीले काम गर्नुपर्ने आफ्नो उमेर, योग्यता, अनुभव र क्षमता अनुसारका कामका सम्बन्धमा आफ्नो सोच विचार बनाएका हुन्छौं । के गर्ने, कसरी गर्ने, कहाँ गर्ने, कहिले गर्ने भन्ने प्रश्नको समाधान गर्दै हामी निष्कर्षमा पुग्छौँ । र विभिन्न विकल्पको खोजी गरी सही विकल्प छानी कक्षाकोठा, कार्यस्थलमा विभिन्न समस्याहरू देखा पर्दछन् । ती मध्ये घरपरिवारमा आइपर्ने समस्याहरू यसप्रकार छन् :
👉 छोराछोरी आफू पढिरहेको विद्यालयभन्दा फरक विद्यालयमा पढ्न खोज्नु ।
👉 नयाँ नयाँ भर्सनको मोवाइलको चाहना राख्नु ।
👉 रिवारका सदस्यले आरामको काम खोज्नु।
👉 उमेर पुगेका केटाकेटीहरू आफ्नो आर्थिक अभाव हुँदाहुँदै अमेरिका, यूरोपको भिसा लाग्ने अभिलाषाले अधिक खर्च गर्नु ।
👉 बजारिया, प्याकेटका खानामा रूची राख्नु ।
👉 अरू साथीहरूको देखासिकी गरी परिवारलाई दुःख दिनु।
👉 पढाइमा ध्यान नदिई, बढी सामाजिक सञ्जालमा व्यस्त रहनु, आदि पारिवारिक समस्या देखा परेका छन्।
👉 यी समस्या मध्ये १ नम्बरको समस्या वा पढिरहेको विद्यालय जान नरुचाउनु अर्को विद्यालय जान मन गर्नु, समस्या माथि विचार गर्दा निम्न विकल्पहरू खोजि हुन सक्छन्।
विकल्प १ : हाल पढिरहेको विद्यालयमा नै पढ्न वा अध्ययन गर्न लगाउने । यस विकल्पको विश्लेषण गर्दा अर्को विद्यालय भर्ना हुँदा नयाँ भर्ना शुल्क लाग्ने, पोशाक परिवर्तन गर्नुपर्ने, नयाँ साथी र शिक्षक बिच घुलमिल हुन समय लाग्ने, पदने र पढाउने विषय उस्तै हुने हुँदा पढिरहेको विद्यालयमा नै पढ्न प्रेरित गर्ने ।
विकल्प २ : आफ्ना मिल्ने साथीहरूले अध्ययन गर्ने विषयमा अध्ययन गराउने । यो अर्को विकल्प हुन सक्छ । आफ्ना छोराछोरीको असन्तोष केमा छ ? त्यो पत्ता लगाई उनीहरूले आफ्ना साथी पढ्ने नयाँ विद्यालयमा पढाउन सकिन्छ।
विकल्प ३ : प्राविधिक शिक्षालयमा अध्ययन : यस विकल्पमा भविष्यमा जीवनोपयोगी सिप सिक्नु पर्ने हुँदा विद्यालय तहबाटै प्राविधिक धार रोजेमा भविष्यलाई फाइदा पुग्ने हुन सक्छ । तर त्यसमा पनि आफ्ना नानी बाबुको रूची के मा छ ? पत्ता लगाउनु पर्ने हुन्छ। फेरि पछि अरू समस्या थपिन सक्छन्।
यसरी समस्याहरूप्रति गहिरो विश्लेषण गर्ने, अध्ययन नगर्ने कारण पत्ता लगाउने, स्वीकार र अस्वीकार के हो ? पत्ता लगाई निर्णय लिने गर्नुपर्छ।
२. विद्यालय व्यवस्थापन समितिले विद्यालयको व्यवस्थापनका सम्बन्धमा एक वर्षभित्र गरेका विभिन्न निर्णयहरूको सूची तयार गरी त्यस्तो निर्णय लिनुपर्ने कारण सम्बन्धमा जानकारी लिनुहोस् । उपयुक्त निर्णयका लागि अन्य सम्भाव्य विकल्पहरू के के हुन सक्थे ? सो सम्बन्धमा कक्षामा छलफल गरी सुझावहरू तयार गर्नुहोस्।
उत्तर👉 व्यवस्थापन समितिले विद्यालयको व्यवस्थापन समितिले एकवर्ष भित्र गर्ने निम्न कार्यहरू सम्पादन गर्ने निर्णय गरेको छ।
(क) सम्पूर्ण विद्यार्थीहरूको नोट लग बनाइ, प्रिन्सिपलले प्रत्येक एकाइ सकिएपछि चेकजाँच गर्ने ।
(ख) विद्यालयमा पूर्ण रूपमा अङ्ग्रेजी भाषाको प्रयोग गर्ने, पढाइको माध्यम अङ्ग्रेजी बनाउने।
(ग) शिक्षकहरूलाई कम्तिमा तीन पटक सामग्री निर्माण सम्बन्धी कार्यशाला र पुनर्ताजकी तालिम सञ्चालन गर्ने।
(घ) विद्यालयको मुख्य भवनको सामुन्नेको शौचालयलाई पश्चिमको कुनापट्टि सार्ने ।
(ङ) खानेपानी, धारा, शौचालयको सरसफाइ गर्न एक कर्मचारी थप्ने।
(च) विद्यालयको भित्तामा विभिन्न भनाइहरू चित्रहरू बनाइ रङरोगन गर्ने।
(छ) एउटा भलिवल कोर्ट र एउटा बास्केट बल कोर्टको निर्माण गर्ने ।
यी निर्णयहरू लिनु पर्ने कारणहरूमा धेरै हुन सक्छन् । समग्रमा हेर्दा विद्यार्थीले गृहकार्य गर्दा झारा टार्ने, पूरा नगर्ने, अभिभावकहरूको, विद्यार्थीहरूको चाहना English fluency हुनुपर्ने । शिक्षकहरूले शैक्षिक सामग्री निर्माण गरेर कक्षाकोठामा प्रयोग नगर्ने गरेकोले शैक्षिक सामग्री निर्माण गर्ने सिप आवश्यक देखिएको छ । त्यस्तै विद्यालयको मुख्य परिसरको सामुन्नेको सौचालयमा सौच गर्न छात्राहरूलाई समस्या परेको र गन्ध आउने गरकोले किनारामा सार्नुपर्ने, खेलकुद क्रियाकलाप कम भएको, खेलकुद सामग्री पूरा नभएको र विद्यार्थीहरू खेलकुदमा सहभागी हुन नपाएको गुनासो बढ्दै गइरहेकाले अनिवार्य भलिवल र बास्केट बल कोर्ट निर्माण गर्नुपरेको छ।
अन्य विकल्पमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराई निर्णय लिन सकिन्थ्यो। नोट लगले शिक्षकमा दबाब सिर्जनाच हुने हुँदा प्रत्येक एकाइपछि एकाइ परीक्षा लिन लगाउने सकिन्थ्यो । शिक्षकहरूलाई स्वतस्फूर्त रूपमा आफ्नो क्षमता देखाउने अवसर दिन सकिन्थ्यो । खानेपानी, धारा, शौचालय सरसफाई गर्न सकिन्थ्यो। भइरहेको खेलकुद मैदान र सामग्रीहरूलाई नियमित प्रयोग गर्न सकिन्थ्यो।
३. तपाईंले आफूले गरेका तर कार्यान्वयन वा लागु गर्न नसकिएका निर्णयहरूको सूची तयार गर्नुहोस् । साथै उक्त निर्णयहरू कार्यान्वयन गर्न नसक्नुका कारणहरू खोजी गरी नयाँ विकल्प पहिचान गर्नुहोस् र त्यसको कार्यान्वयन गर्नुहोस्।
उत्तर👉 हामीले हाम्रो जीवनमा सोचेका र गर्न खोजेका थुप्रै कार्यहरू कार्यान्वयन गर्न सक्दैनौ । ती मध्ये मैले आफ्नो जीवनमा गर्न खोजेको तर गर्न नसकेका थुप्रै कार्यहरू छन् ।
(क) सरकारी अधिकृत बन्ने अभिलाषा पूरा नभएको।
(ख) विदेश जानको लागि भिसा नलागेको।
(ग) घर परिवारलाई खुशी राख्न नसकेको।
(घ) स्थायी रूपको पेसा व्यवसाय सञ्चालन गर्न बाधा पुगेको।
(ङ) कृषि पेशा र व्यवसाय नफस्टाएर छोड्नु परेको।
(च) दीर्घकालीन योजना बनाउन नसकी सामानय जीवन जिउनका लागि कठिन भएको।
यी निर्णयहरू कार्यान्वयन हुन नसक्नुमा धेरै कारणहरू छन् । ती मध्ये केही यहाँ प्रस्तुत छन् :
👉 विभिन्न विकल्प छनोट गर्ने समस्या परेको।
👉 पर्याप्त सूचनाको अभाव।
👉 त्कालको परिस्थिति वा वातावरण बुझ्न नसकेको।
👉 दबाब दिने समूह नभएको।
👉 भविष्यको असर र प्रभाव बुझ्न नसकेको।
👉 स्रोत साधनको अभाव भएको।
👉 आफ्नो निर्णय अनुसार कार्य गर्न नसकेको।
👉 विद्यमान नीति र कानुन अनुकूल नरहेको।
👉 जीवनलाई हल्का रूपमा लिएको, तत्कालको फाइदाको पछि लाग्न उत्प्रेरणा मिलेको।
माओवादी द्वन्द्वकाल, अस्थिर सरकार, सैद्धान्तिक शिक्षा जीवनोपयोगी सिपको अभाव र एकैपटक धेरैतिर हात हाल्ने भएकाले लक्ष्यमा पुग्न कठिन भएको छ।
अभ्यास
१. निर्णय निर्माणको परिचय दिनुहोस् ।
उत्तर 👉 निर्णय निर्माण Decision making भनेको एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय गर्ने तरिका हो । विभिन्न विकल्पहरूबाट उत्तम विकल्प छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण हो । कुनै खास उद्देश्य प्राप्ति वा समस्या समाधानका लागि विभिन्न सम्भावना वा विकल्पहरूको पहिचान वा खोजी गरी सूची तयार गर्ने, त्यस्ता हरेक सम्भावना वा विकल्पहरूका सम्बन्धमा सूचना सङ्कलन गर्ने, तिनीहरूको प्रभाव विश्लेषण गर्ने उपयुक्त विकल्पहरू मध्येबाट तथ्य वा प्रमाणका आधारमा उत्तम विकल्पको छनोट गर्ने कार्य पर्दछन्।
त्यस्तो छनोट कार्य, ती विभिन्न उपायहरूको फाइदा वा बेफाइदाका सम्बन्धमा लेखाजोखा गरी त्यस्तो निर्णयको कार्यान्वयनबाट भविष्यमा पर्न सक्ने असर र प्रभावलाई समेत विश्लेषण गरी निर्णय लिनु पर्दछ। विवेकशील निर्णय लिन निम्न प्रक्रिया अपनाउनु पर्दछ।
👉 विद्यमान समस्याको पहिचान गर्ने।
👉 समस्यामा आधारित विभिन्न विकल्पहरू तयार गर्ने ।
👉 यसरी तयार गरिएका विकल्पहरूको प्रभावकारिता मूल्याङ्कन गर्ने ।
👉 सबैभन्दा प्रभावकारी विकल्पको छनोट गर्ने।
👉 छनोट गरिएको विकल्पका आधारमा निर्णय गर्ने ।
👉 विकल्पका आधारमा गरिएको निर्णय कार्यान्वयन गर्ने ।
👉 कार्यान्वित निर्णयको मूल्याङ्कन गर्ने ।
👉 भविष्यमा गरिने निर्णयका लागि पृष्ठपोषण लिने।
👉 यी तरिका अपनाई उपयुक्त निर्णय गर्न सकिन्छ।
२. निर्णय निर्माणका प्रकारहरू उदाहरणसहित वर्णन गर्नुहोस्।
उत्तर👉 विभिन्न विकल्पहरूको विश्लेषण, अध्ययन, अनुसन्धान, सकारात्मक र नकारात्मक असरको अध्ययन, छलफल गरी उपयुक्त विकल्पको छनोट नै निर्णय हो । यसका प्रकारहरू निम्नप्रकार छन् :
(क) सङ्गठनात्मक निर्णय
👉 कुनै कार्यालय वा सङ्घर्षका पदाधिकारी तथा कर्मचारीबाट कार्यालय वा संस्थाको कामका सम्बन्धमा लिइने निर्णयलाई सङ्गठनात्मक निर्णय भनिन्छ । यसप्रकारका निर्णयहरू कार्यालय वा संस्थाको उद्देश्य प्राप्ति वा समस्या समाधान गर्न सम्बन्धित हुन्छन् ।
(ख) व्यक्तिगत निर्णय
👉 व्यक्तिले आफ्नो दैनिक जीवनयापनका सिलसिलामा आफ्नो इच्छा अनुसार गर्ने निर्णयलाई व्यक्तिगत निर्णय भनिन्छ। यस किसिमका निर्णयमा व्यक्ति स्वयमबाट कार्य सम्पादन हुन्छ। यसको प्रभाव र असर सामान्यतया निर्णय लिने व्यक्तिमा मात्र सीमित रहन्छ।
(ग) सामूहिक निर्णय
👉 आपसी हित वा भलाइका लागि सम्बन्धित व्यक्तिहरू एक आपसमा मिली गरिने निर्णयलाई सामुहिक निर्णय भनिन्छ । यस किसिमका निर्णयमा एकभन्दा बढी व्यक्तिहरू सहभागी हुन्छन् । यस किसिमको निर्णयका धेरै व्यक्तिको सहभागिता हुने हुँदा निर्णय कार्यान्वयनमा सहजता समेत हुन्छ।
(घ) विवेकशील निर्णय
👉 विभिन्न विकल्पहरूको पहिचान गरी तथ्य तथा प्रमाणहरूको विश्लेषणबाट प्राप्त निष्कर्षका आधारमा उपयुक्त तथा सर्वोत्तम विकल्पको छनोट गरी गरिने निर्णयलाई विवेकशील निर्णय भनिन्छ।
(ङ) बढोत्तरी निर्णय
👉 निर्णय लिनह्मन्दा पूर्व गरेका निर्णयलाई नै आधार मानी भइरहेका कामहरूलाई थप परिमार्जन वा सुधार गर्ने गरी लिइने निर्णयलाई बढोत्तरी निर्णय भनिन्छ । जस्तैः कुनै विद्यालयमा गत वर्षदेखि नै पूर्वाधार सुधार कार्यक्रम सञ्चालन भइरहेकामा आगामी आर्थिक वर्षमा व्यवस्थित पुस्तकालय भवन थप गर्ने निर्णय गरिनु यस्तो निर्णय हो।
(च) सहभागितामूलक निर्णय
👉 लक्षित समूह, लाभग्राही वा सरोकारवालाहरूको फाइदा वा हित गर्नका लागि त्यस्तो वर्ग वा समुदायलाई समेत निर्णय प्रक्रियमा सहभागी गराइ गरिने निर्णयलाई सहभागितामूलक निर्णय भनिन्छ।
३. निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची तयार गर्नुहोस्।
उत्तर👉 निर्णय लिनु एक जटिल प्रक्रिया हो भने निर्णय कार्यान्वयन अझ कठिन प्रक्रिया हो । त्यसकारण लिइएका निर्णयहरू कार्यान्वयन नहुन पनि सक्छन् । त्यसैले निर्णय गर्दा तपसिल बमोजिम कुरामा ध्यान दिनु पर्दछ। सामान्यतया विभिन्न चरणहरू पूरा गरी महत्त्वपूर्ण निर्णय गर्नुपर्छ । समस्याको पहिचानदेखि समस्या समाधानका लागि पर्याप्त विकल्पहरूको पहिचान गर्ने, विकल्पहरूको आवश्यक सुचना तथा तथ्याङ्क सङ्कलन गर्ने तथा लेखाजोखा र विश्लेषण गरी निर्णय लिने लगायतका कार्यहरू निर्णयका चरणहरू वा ध्यानदिनु पर्ने कुराहरू निम्न बमोजिम प्रस्तुत गरिएको छ।
👉 समस्याको पहिचान
👉 समस्याको विश्लेषण
👉 विकल्पको पहिचान गर्ने
👉 विकल्पको विश्लेषण गर्ने
👉 सबैभन्दा राम्रो विकल्प छनोट गर्ने
👉 निर्णय कार्यान्वयन गर्ने
👉 पुनरावलोकन तथा मूल्याङ्कन गर्ने ।
पुनः निर्णय गर्दा पनि यी माथि उल्लेखित बँदाहरूलाई चक्रीय रूपमा कार्यान्वयन गर्ने र पुनः निर्णय लिने। निर्णय लिँदा वर्तमान कानुन, मूल्य मान्यता, मौलिक हक, संवैधानिक व्यवस्था “राज्यको नीति र सामाजिक स्थिति” लाई पनि राम्ररी मूल्याङ्कन गरिएको हुनु पर्दछ। यसको अर्थ कुरीति र कुसंस्कार हटाउन प्रेरणा दिने निर्णय लिनुपर्दछ।
४. “निर्णय निर्माण जटिल र व्यावहारिक काम हो।” यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस्।
उत्तर👉 “निर्णय निर्माण जटिल र व्यवहारिक काम हो” निकी हामीले लिएका निर्णय सही रूपमा कार्यान्वयन भएनन् र त्यसले निर्णय बमोजिम सकारात्मक प्रभाव परेन भने त्यस्ता निर्णयको कुनै प्रभाव रहँदैन । निर्णयहरू अनिर्णित हुने अवस्था पनि रहन्छ। जब परिस्थिति सहज हुन्छ, निर्णय गर्न खोजिएको सन्दर्भ व्यक्तिको लागि नौलो हुन्छ । जब परिस्थिति असहज हुन्छ । निर्णयहरू व्यर्थ हुन्छन् । निर्णय गर्दा तीनवटा अवस्थाको सामना गर्नुपर्ने हुन्छ । निश्चितता, अनिश्चितता र जोखिम जब कठिन अवस्था सिर्जना हुन्छ । निर्णय लिन बढी गाह्रो हुन्छ । निर्णय कार्यान्वयनका पक्षहरू पहिल्याउन निकै मुस्किल पर्दछ । यस अवस्थामा निर्णय प्रक्रियामा बाधा पुयाउने केही तत्त्वहरू उल्लेखित छन् :
👉 उद्देश्यका अस्पष्टता
👉 तत्कालको परिस्थिति वा वातावरण
👉 भविष्यको असर र प्रभाव . स्रोत साधनको उपलब्धता
👉 निर्णय गर्ने अधिकार
👉 समय सीमा
👉 विद्यमान नीति, कानुन।
यी माथि उल्लेखित सम्पूर्ण विषयवस्तुको विस्तृत अधययन, विश्लेषण, फाइदा बेफाइदा, दीर्घकालीन र अल्पकालीन प्रभाव, समाजको व्यक्ति वा लाभग्राहीहरूको चाहना, उद्देश्य आदि विश्लेषण गरी, विभिन्न विकल्पहरू मध्ये उपयुक्त विकल्प छनोट गर्ने प्रक्रिया निकै जटिल र कठिन कार्य हो। अझ कार्यान्वयनको चरणमा अन्य विकल्पहरू पनि देखा पर्छन् अनि झन कठिन अवस्था सिर्जना हुन्छ।
पाठ २ – समस्या समाधान
सारांश
यो पाठ बाबुछोराको संवादको आधारमा तयार गरिएको छ । छोराले कक्षामा शिक्षकलाई प्रश्न सोध्छन् । तर शिक्षकले प्रश्न मात्र सोधिरहन्छ भन्ने भनाइ आउँछ। पाठ्यवस्तुसँग सम्बन्धित नजानेका कुराहरू जान्न, प्रश्न सोध्नु कसरी समस्या भयो भनी छोराको बुझाइ छ। बुझाइ र विचार ग्रहणमा फरक पर्दा समस्या भएको बाबुको जवाफ छ। नकारात्मक प्रश्नले समस्या सृजना गर्छ । मानिस उमेर, खोजको अवस्था, काम गर्ने ठाउँको वातावरण, अनुभव जस्ता कुराहरूले कुनै विषयलाई समस्या ठान्ने वा नठान्ने कुरा निर्धारण हुन्छ।
अनलाइन सञ्चालन भइरहेको कक्षामा शिक्षकले प्रश्न दिने गर्ने । विद्यार्थीहरूले इन्टरनेटबाट उत्तर खोजेर अनलाइनबाटै पठाइदिन्थे। एकजना विद्यार्थी स्मृतिले आफै उत्रर लेखी अनलाइनबाट पठाइदिइन । उसको मेलमा चाहिँ साथीहरूको गाली बर्सियो। स्मृतिले अरूलाई साथ नदिएकाले साथीहरूले नानाथरी लेखेर पठाए।
अब सोच्नुहोस् र समूहमा छलफल गर्नुहोस् :
(अ) विद्यार्थीले प्रश्न सोध्दा शिक्षकले किन समस्या ठानेका होलान् ?
उत्तर👉 शिक्षकले पढाएको पाठ्यवस्तु विद्यार्थीले ग्रहण गरुन् भनी शिक्षकको विचार थियो। सो पाठ्यवस्तुमा बढी गहिराइसम्म गएर विद्यार्थीहरूले बुझ्ने प्रयास गरुन् भन्ने आशय शिक्षकको थियो । कक्षामा अध्ययन गरेको त परीक्षा सजिलै उत्तीर्ण गर्नलाई हो। पाठ्यवस्तुप्रति जिज्ञासा राखी प्रश्न सोध्दा शिक्षकलाई सोको जवाफ दिन बढी जानकारी सङ्कलन गर्नुपर्ने हुन सक्छ। विद्यार्थीलाई सो बारे बुझाउन अझ बढी समय र श्रम खर्चिनुपर्ने हुन सक्छ । यसैले शिक्षकले प्रश्न सोध्न र उत्तर दिन समस्या ठानेका हुन सक्छन् । यसरी बुझाइ र विचार ग्रहणको कठिनाइले गर्दा समस्या भएको हो।
(आ) विद्यार्थीहरू शिक्षकसंग नरिसाएर किन स्मृतिसंग रिसाएका होलान् ?
उत्तर👉 शिक्षकको प्रश्नको उत्तर विद्यार्थीहरूले इन्टरनेटबाट खोजेर सही उत्तर पठाउँदा शिक्षकले केही भनेनन् । शिक्षकले इन्टरनेटमा उत्तर खोज्दा सोही उत्तर भेटे होलान् । विद्यार्थीहरूले ठिकै उत्तर दिएछन्, भनी सजिलै ग्रहण गरेका होलान् । स्मृतिले आफैले उत्तर लेखी पठाउँदा शिक्षकले अरूलाई पनि हस्तलिखित उत्तर पठाउनु भनेपछि अरू विद्यार्थीहरूले अब मिहिनेत गर्नुपयो, प्रश्न बुझेर सोको उत्तर पाठ्यवस्तुमा खोजेर लेख्नुपर्ने भयो । यसबाट विद्यार्थीहरूलाई बढी मिहिनेत गर्नुपर्यो । यो सबै स्मृतिको कारणले भयो। अरू बेला सजिलै नक्कल गरी उत्तर पठाउँदा हुने अब बढी श्रम गर्नुपर्ने भएकोले विद्यार्थीहरू स्मृतिसँग रिसाएका हुन् । शिक्षकले हस्तलिखित उत्तर पठाउँदा विद्यार्थीमा विषयवस्तुप्रति जागरुक बढ्ने, अध्ययन गर्ने बानी बस्ने र आफूले जानेको कुरा अभिव्यक्त गर्न सक्ने सिर्जनात्मक सोच बढ्ने हुनाले शिक्षकले त्यसो गरेका होलान्।
समस्या समाधान गर्न निम्न प्रक्रिया पूरा गर्नुपर्छ :
👉 समस्या पहिचान गरी त्यसको कारण किन भयो भनी विश्लेषण गर्ने,
👉 समस्या समाधानका लागि सम्भाव्य विकल्पको खोजी गरी सोको परिणाम पनि ख्याल गर्ने,
👉 समस्या समाधानका लागि खोजिएका विकल्पहरू बारे तथ्य र प्रयोग गर्ने तरिकाबारे विश्लेषण गर्ने
👉 समस्या समाधानका लागि उपयुक्त विकल्पहरूको चयन गर्ने र यसबारे आवश्यक जानकारी लिने,
👉 समस्या समाधानका लागि उचित निष्कर्ष प्रयोग गर्ने ।
अभ्यास
१. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) समस्या भनेको के हो ?
उत्तर👉 कुनै घटना, विचार वा परिवेशलाई मानिसले आफ्नै ढङ्गले बुझ्दछ, मानिसको भित्री सोच र आद्दत अनुसार व्यक्तिले विचार ग्रहण गर्दछ। बुझाइ र विचार ग्रहण गर्न कठिनाइ परेको अवस्था समस्या हो । समस्यालाई समाधान गर्न सकिन्छ। सामान्य अर्थमा हामीले कुनै काम गर्दा आइपर्ने असहज परिस्थिति, कठिनाइ, बाधा अवरोध नै समस्या हो । वास्तवमा बुझाइ र गराइमा देखापर्ने फरकपना वा सोचाइ अनुसारको बुझाइ नहुनु नै समस्या हो।
(ख) समस्या कसरी पहिचान गरिन्छ ?
उत्तर👉 बुझाइ र विचार ग्रहण बिचको कठिनाइ नै समस्या हो । समस्या पहिचान गर्न नै मुख्य कठिनाइ हुन्छ। समस्यालाई सही रूपमा पहिचान गर्नु नै समस्या समाधानको पहिलो चरण पार गर्नु हो। समस्या पहिचानका चरण र प्रक्रिया निम्न तालिकामा प्रस्तुत गरिएको छ :
चरण प्रक्रिया
१. समस्या पहिचान र परिभाषा समस्या के हो ? कसरी सिर्जना भयो र किन भयो भन्ने प्रश्नको उत्तर र परिभाषा खोजी समस्याको मूल कारण र अन्य कारण पहिचान गर्ने
२.परिकल्पना समस्या समाधानका लागि विश्लेषणात्मक, तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक र सकारात्मक विकल्पमध्ये उपयुक्त विकल्पको पहिचान गर्ने र उक्त विकल्पको सम्भावित परिणाम ख्याल गर्ने
३. तथ्य सङ्कलन समस्या समाधानका लागि पहिचान गरिएको विकल्पसँग सम्बन्धित आवश्यक तथ्य खोज गर्ने र समाधानका लागि प्रयोग गर्ने तरिकाको सोच विकास गर्ने
४. विश्लेषण पहिचान गरिएका विकल्पहरूको विभिन्न तथ्य र सूचनामा आधारित भई विश्लेषण गर्ने
५. निष्कर्ष समस्याको कारण, समस्या समाधानका लागि चयन गरिएको विकल्प र सो विकल्पसँग सम्बन्धित तथ्यका आधारमा समस्या समाधानको निष्कर्ष निकाल्ने |
६. प्रयोग समस्या समाधानको निष्कर्ष प्रयोग गर्ने
समस्याको पहिचान गर्न पहिला समस्या नै बुझ्नु पर्दछ। कहिलेकाहीँ हाम्रो सोचाइ भन्दा पृथक किसिमको समस्या पनि हुन सक्दछ । त्यसैले अनुमानका आधारमा व्यवहारिक दृष्टिकोणले र सामाजिक परिस्थिति भन्दा भिन्न रूपले पनि समस्यालाई विश्लेषण, अध्ययन, अनुसन्धान गर्नुपर्दछ।
(ग) समस्या समाधानका मुख्य चरण के के हुन् ?
उत्तर👉 समस्या समाधानका मुख्य चरणहरू यसप्रकार छन् :
(क) पृष्ठभूमि चरण : समस्याको पहिचान गर्नु अघि के कारणले समस्या उत्पन्न भयो ? र यसबाट के के असरहरू परे भन्ने विषयमा पृष्ठभूमि तयार गर्नुपर्छ।
(ख) समस्याको पहिचान : समस्याहरू धेरै हुन सक्छन्। लुकेका समस्या एक्कासी सतहमा आउन सक्दछन् । समस्या पहिचान भनेको आधा समस्या समाधान हो । त्यसैले समस्या सही रूपमा पहिचान गर्नुपर्छ।
(ग) समस्या उत्पन्न हुने कारण पहिचान।
(घ) कारणको विश्लेषण
(ङ) समस्यासँग सम्बन्धित विद्यमान व्यवस्थाहरू
(च) विकल्पको विकास
(छ) उपयुक्त विकल्पको छनोट
(ज) सूचना सङ्कलन र विश्लेषण
(झ) निष्कर्ष र प्रयोग आदि चरण पार गरिसकेपछि सही समस्या पहिचान हुन्छ र समाधान गर्न सकिन्छ।
समस्या समाधान गर्ने ठोस योजना निर्माण गर्न सकिन्छ । वास्तविक समस्या समाधानका लागि बारम्बार प्रयास गर्नुपर्दछ। निरन्तर प्रयास, एकाग्रता, समस्याप्रति सकारात्मकता, आत्मविश्वास भए मात्र समस्या समाधान गर्न सकिन्छ।
(घ) समस्याको निष्कर्ष कसरी निकालिन्छ ? उत्तर : समस्या पहिचान गर्ने र समस्या समाधान गर्ने सिपद्वारा समस्याको निष्कर्ष निकालिन्छ। समस्या समाधान गर्ने सिपहरू निम्नानुसार छन् :
👉 सक्रिय सुनाइ
👉 समस्या विश्लेषण
👉 समस्याको खोज
👉 सिर्जनात्मकता
👉 सञ्चार
👉 स्वनिर्णय
👉 सामूहिक भावना
👉 कार्यदक्षताबाट समस्याको निष्कर्ष निकालिन्छ।
समस्या समाधानको व्यवहारिक अभ्यासलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
👉 समस्याको मूल जड पहिचान गरी समाधानका विभिन्न विकल्पको विकास गर्ने र समस्याको उत्तम विकल्पलाई उपयोग गर्ने ।
👉 समस्या सिर्जनाका कारणहरूको वस्तुगत अध्ययन गर्ने, विश्लेषण गर्ने र समाधानका लागि आत्मविश्वासका साथ क्रियाशील हुने।
👉 अग्रज तथा अनुभवी व्यक्तिहरूको सहयोग लिई समस्या समाधानमा अग्रसर हुने।
👉 समस्या समाधानका लागि धैर्यता, सहास, दृढ सङ्कल्पका साथ निरन्तर रूपमा प्रयासरत रहने।
👉 समस्या समाधान गर्ने सन्दर्भमा आइपर्ने उल्झन र व्यवधानबाट निराश नभई सँधै सकारात्मक सोचका साथ समस्या समाधानमा केन्द्रित हुने।
परियोजना कार्य
तलको घटना अध्ययन गर्नुहोस् र दिइएका प्रश्नका आधारमा घटना विश्लेषण गरी प्रतिवेदन तयार गर्नुहोस् :
तपाईंको विद्यालयमा पढ्ने एक जना साथी केही युवाको सङ्गतमा परेर लागु पदार्थको दुर्व्यसनमा फसेको छ । उसले परिवारका सदस्यलाई यो कुरा सुनाउन सकेको छैन । उसको घरमा मूल्यवान् सामानहरू हराउने, पैसा हराउने जस्ता घटना देखिन थालेका छन् । यही कारणले परिवारका सदस्य हैरान छन् । उसको समूहका युवाहरूबाट पनि ऊ खतरामा छ। लागु औषध दुर्व्यसनीका आशङ्काले प्रहरीले उसलाई निगरानीमा राखेको छ । विद्यालयले समेत उसको खराब लतबारे थाहा पाइसकेको छ । परिवारका सदस्यमा छोरामा आएको परिवर्तनमा थोरै आशङ्का रहे पनि केही गर्न सकिरहेका छैनन् । अब सोचेर लेख्नुहोस् :
(क) माथिका घटनाको मुख्य समस्या केसँग सम्बन्धित छ ?
उत्तर👉 माथिको घटनाको मुख्य समस्या लागू पदार्थको दुर्व्यसन हो।
(ख) समस्याका कारणहरू के के हुन सक्छन् ?
उत्तर👉 लागु पदार्थ दुर्व्यसनका कारणहरू निम्न हुन सक्छन् :
👉 लागु पदार्थ दुर्व्यसनीको सङ्गत गर्नाले,
👉 घरबाट आवश्यक सामान खरिद वा खाजा खान बढी पैसा पाउनाले,
👉 घरका अभिभावकहरूको निगरानी वा स्नेहमा कमी भएमा,
👉 पढाइमा कमजोर भई घरबाट अध्ययन सुधारका लागि सहयोग नपाउनाले,
👉 क्षणिक आनन्द प्राप्तिका लागि,
👉 परीक्षामा अनुत्तीर्ण भएकाले,
👉 साथीहरूको लहैलहैमा लाग्नाले,
👉 आत्मबल कमजोर हुनाले।
(ग) समस्या समाधानका उपायहरू के के हुन सक्छन् ?
उत्तर 👉 समस्या समाधानका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ :
👉 विद्यालयमा विद्यार्थीहरूको बानी व्यहोराप्रति सजग रहनु पर्छ । बाहिरका युवा जमातसँग सङ्गत बढाएको आफ्नो विद्यार्थीहरूको चालचलनप्रति ख्याल गर्नुपर्छ।
👉 अभिभावकहरूले आफ्नो बालबालिका उपर निगरानी राख्नुपर्छ । उनीहरूको बानी व्यवहाराका साथै सङ्गतमा रहेका साथीहरूको बारेमा पनि जानकारी लिनुपर्छ । कुलतमा लाग्न सक्छ भनी सदैव सतर्क रहनु पर्छ।
👉 लागु पदार्थबारे जानकारी र यसबाट हुने हानी नोक्सानीबारे विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ।
👉 लागु पदार्थबाट हुने हानी नोक्सानीको बारेमा सजगता वा चेतना वृद्धि गर्ने कार्यक्रम गरिरहनु पर्छ । यस्ता लागु पदार्थबाट हुने हानी नोक्सानी तथा जोगिने उपायहरूबारेमा सञ्चार माध्यमबाट प्रचार गर्नुपर्छ।
👉 कुलतमा लागेको जानकारी पाएमा निजलाई उपचार केन्द्रमा राखी उपचार गराउनु पर्छ।
👉 समाजमा लागु पदार्थका व्यापारीहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ।
👉 सरकारबाट यस्ता लागु पदार्थका व्यापारीहरूलाई कडा सजाय हुने कानुन बनाउनु पर्छ।
पाठ ३ – सञ्चार
सारांश
दुई पक्षहरूबिच सूचना आदानप्रदान गर्ने र अर्थ बुझ्ने प्रक्रियालाई सञ्चार भनिन्छ। एक पक्षले अर्को पक्षलाई कुनै जानकारी पठाउने प्रक्रिया नै सञ्चार हो। सञ्चार व्यक्ति, समूह र संस्था बिचमा हुने गर्दछ। सञ्चारअन्तर्गत बोल्ने, सुन्ने, पढ्ने, लेख्ने, हेर्ने आदि क्रियाकलापहरू पर्दछन् । यी क्रियाकलापहरूको मुख्य उद्देश्य नै व्यक्तिले अरूलाई सूचना पठाउनु तथा अरूबाट सूचना प्राप्त गर्नु हो । सञ्चार अन्तर्गत सूचना, जानकारी, इच्छा, विचार तथा भावनाहरू पठाउने वा प्राप्त गर्ने वा बुझ्ने काम हुन्छ । सूचना वा सन्देश भेटघाट, टेलिफोन, मोबाइल, रेडियो, टेलिभिजन, चिठ्ठी, पत्रपत्रिका, इन्टरनेट, फ्याक्स, भिडियो आदि मध्यमबाट गरिन्छ । एल ए एलेन (L.A. Allen) ले सञ्चारलाई अरूको मष्तिष्कसँग समझदारी कायम गर्नका लागि व्यक्तिले गर्ने सबै कार्यको योग हो भनेका छन्।
सञ्चार सम्बन्ध स्थपना गर्न निम्न तत्त्वहरूको आवश्यकता पर्छ :
(क) दुई वा दुईभन्दा बढी पक्ष वा व्यक्तिहरू
(ख) सञ्चारको माध्यम
(ग) प्रेषक (सूचना पठाउने
(घ) प्रापक (सूचना पाउने प्राप्त सूचना स्वीकार गर्नु
(च) सूचनालाई सही रूपमा वुझ्नु
(छ) सूचनाको प्रतिक्रिया जनाउनु
मौखिक, लिखित र साङ्केतिक गरी मुख्य तीन विधिबाट दुई वा दुईभन्दा बढी पक्षहरूबिच सञ्चार स्थापना हुन्छ। . भाषाको प्रयोग गरी वा बोलेर गरिएको सूचना वा सन्देश आदान प्रदानलाई मौखिक सञ्चार भनिन्छ। लेखेर चिठ्ठी पत्र आदिको रूपमा सन्देश प्रवाहित गरिनेलाई लिखित सञ्चार/सङ्केतको आधारमा सन्देश आदनप्रदान गरियो भने सुाङ्केतिक सञ्चार भनिन्छ।
सञ्चार प्रणालीमा विभिन्न तत्त्वहरूले बाधा पार्छन् । सञ्चार प्रणालीमा देखा परेका अवरोधहरू :
(क) मनोवैज्ञानिक अवरोध (Psychological Barriers):
👉 संलग्न पक्षहरूको मनोवैज्ञानिक अवस्थाले प्रभावकारी सञ्चारमा अवरोध पुयाउन सक्दछ । व्यक्तिमा भएको सूचना छनोटको प्रवृत्ति, सूचनाको बोझ, आवेग र लैङ्गिक शैलीले प्रभावकारी सञ्चारमा अवरोध सिर्जना हुन सक्छ । सूचना पठाउने व्यक्ति वा प्रेषकले सूचनालाई प्रभावकारी बनाउने बहानामा अनावश्यक थपघट गरी वास्तविक सूचनाको अर्थलाई अनर्थ बनाउन सक्छ । त्यसै गरी सूचना प्राप्त गर्ने व्यक्ति वा प्रापकले आफ्नो आवश्यकता, अनुभव, पृष्ठभूमि तथा व्यक्तिगत गुणका आधारमा सूचनाहरूलाई छनोट गरेर ग्रहण गर्ने सम्भावना अधिक हुन्छ । प्रभावकारी सञ्चारमा सूचना पठाउने र प्राप्त गर्ने व्यक्तिको आवेगले पनि अवरोध सिर्जना गर्न सक्दछ । सामान्यतया आवेग र रिस उठेको समयमा व्यक्तिले सूचनाको प्रतिरोध गर्दछ। लिङ्ग विभेदका कारण सञ्चारमा अनेकौँ अवरोध सिर्जना हुन सक्दछन्।
(ख) भाषिक अवरोध (Semantic Barriers):
👉 भाषा वा शब्दको गलत अर्थको कारणले सञ्चार प्रक्रियामा अवरोध उत्पन्न हुन सक्दछ । भिन्न भिन्न समाजमा फरक फरक भाषा हुन्छ। देश, धर्म, संस्कृति र उमेरले समेत भाषामा प्रभाव पार्दछ। प्रेषकको भाषा वा अभिप्राय प्रापकले बुझेन भने अर्थको अनर्थ हुन सक्दछ । त्यसैगरी सञ्चार प्रक्रियामा प्राविधिक भाषा तथा छोटकरी शब्द प्रयोग गर्दा सञ्चार प्रभावकारी नहुन सक्छ। यसर्थ भाषा तथा शब्दको सही ढङ्गबाट प्रयोग गरी सञ्चार गर्नुपर्दछ।
(ग) भौतिक अवरोध (Physical Barriers):
👉 यो सञ्चार प्रक्रियाको समयमा उत्पन्न हुने वातावरणीय अवरोध हो । यसअन्तर्गत भौतिक प्रबन्ध, दुरी, ध्वनि जस्ता कुराहरू पर्दछन् । सन्देश वा सूचना प्रापक र प्रेषकबिच उपयुक्त सम्बन्ध हुनुपर्दछ। उपयुक्त प्रबन्धको अभावमा उनीहरूबिच प्रभावकारी सञ्चार सम्बन्ध कायम हुन सक्दैन । एक पक्षलाई पठाएको सूचना अर्कै पक्षसमक्ष पनि पुग्न सक्छ। सूचना प्रवाह गर्दा प्रेषक तथा प्रापकबिचमा लामो दुरी छ भने प्रापकले प्रभावकारी ढङ्गबाट सूचना प्राप्त गर्न सक्दैन । सञ्चार प्रक्रिया सञ्चालन भइरहेको अवस्थामा ठुलो आवाज उत्पन्न भएमा पनि यसले सन्देश पठाउने र प्राप्त गर्ने प्रक्रियामा अवरोध उत्पन्न गर्दछ।
(घ) सङ्गठनात्मक अवरोध (Organizational Barriers):
👉 सङ्गठनभित्रको आन्तिरिक तत्त्वले समेत सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्न सक्दछ। यसअन्तर्गत खराब योजना, जटिल संरचना, मर्यादा, अहमता जस्ता कुराहरू पर्दछन् । सन्देशको साङ्केतीकरण, सञ्चारका साधन, रूपान्तरण आदि कार्यका लागि खराब योजना तर्जुमा हुन गएमा यसले सञ्चार प्रभावकारितामा नकारात्मक प्रभाव पार्दछ। सङ्गठनभित्र ज्यादै फराकिलो संरचना छ भने यसले सञ्चार प्रणालीलाई प्रभावित गर्दछ । त्यसै गरी कर्मचारीहरूमा हुने अहम्को भावनाले गर्दा प्रमुखले सहायकबाट परामर्श लिन चाहँदैनन् । यसले गर्दा सूचना प्रभावकारिता न्यून हुन जान्छ।
*सामाजिक सञ्जालको सदुपयोग सम्बन्धमा तलको अवस्था अध्ययन गर्नुहोस् र छलफल गर्नुहोस् ।
अनिसा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । उनी मिलनसार र सहयोगी छन् । छरछिमेक र विद्यालयमा पनि सबैसँग मिलेर बस्छिन् । उनका बुबाले उनलाई एउटा मोबाइल फोन किनिदिनु भएको छ । यसले उनलाई परिवारका सदस्य, साथीभाइ, इष्टमित्रहरूसँग कुराकानी गर्न, हालखबर थाहा पाउन, सूचना आदान प्रदान गर्न निकै सजिलो भएको छ । उनले विद्यालयका साथीहरूसँग मिलेर फेसबुकमा समूह बनाएकी छिन् । समूहमा उनीहरूले एकआपसमा नजानेका कुराहरू छलफल गर्ने शैक्षिक सामग्रीहरू आदानप्रदान गर्ने गर्दछन् । इन्टरनेटमा पढ्नुपर्ने विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू, चित्रहरू र भिडियोहरू खोजेर ग्रुपमा सेयर गर्ने गर्दछन् । यसबाट उनलाई कक्षामा सरमिसले पढाएका कुराहरू बुझ्न निकै सजिलो भएको छ।
राम भरोस एउटा व्यापारी हुन् । उनको दैनिक उपभोग्य वस्तुहरूको पसल छ । उनी आफ्नो पसलमा आउने ग्राहकसँग मिठो बोलीवचन गर्छन् । ग्राहकका कुरा सुन्छन्, सामानहरू पनि राम्रोसँग सजाएर राख्ने गर्दछन् । ग्राहकले सोधे का हरेक कुराको नरिसाईकन जवाफ दिन्छन् । ग्राहकलाई सन्तुष्ट पार्न हरेक सामानको विशेषता राम्रोसँग बताउने गर्छन् । सामाजमा पनि उनी निकै मिलनसार छन् । अरूका कुरा ध्यानपूर्वक सुन्ने र आफ्ना विचार पनि स्पष्टसँग राख्ने बानी उनको छ। कसैलाई केही अप्ठ्यारो परेमा सोधपुछ गरिरहने र सहयोग गर्न अघि सर्ने उनको साहै राम्रो स्वाभाव छ। उनले सम्पर्क धेरै ठाउँका व्यापारीहरूसँग छ । उनले आफ्नो पसलको व्यापार बढाउनका लागि अनलाइनमा विज्ञापन पनि गरेका छन् । उनले ग्राहकको सुविधाका लागि मागअनुसारका होम डेलिभरीको सुविधा पनि दिने गर्दछन् । उनको पसलमा ग्राहकको भिड लाग्छ र व्यापार पनि धेरै हुन्छ।
क्रियाकलाप
१. तलका प्रश्नहरुको उत्तर दिनुहोस्:
(क) रामभरोसको व्यापार के कारणले सफल छ ?
उत्तर 👉 रामभरोसको व्यापार सफल हुनाको कारण मिठो बोलिवचन, ग्राहकका कुरा सुन्न, सामान सजाएर राख्नु, ग्राहकलाई हरेक कुराको जानकारी राम्रोसँग दिनु । हरेक प्रश्नको नरिसाइकन जवाफ दिनु आदि हुन् । उनले आफ्नो व्यवसाय सफल बनाउन अरूका कुरा ध्यानपूर्वक सुन्ने र आफ्ना विचार पनि स्पष्टसँग राख्ने बानी उनको छ। उनले धेरै ठाउाका व्यापारीसँग सम्पर्क राखेका छन् । अनलाइनमा विज्ञापन पनि राखेका छन् । ग्राहकको सुविधाको लागि माग अनुसार होम डेलिभरी पनि दिने गरेका छन्।
(ख) अनिसालाई पठाएका कुरा बुझ्न सजिलो हुने कारण के के हुन् ?
उत्तर 👉 अनिसालाई पढाएका कुरा बुझ्न सजिलो हुने कारणहरूमा उनको लगनशीलता प्रमुख हो । अन्य कारणमा उनी सूचना तथा सञ्चार क्षेत्रमा राम्रो रूची राख्छिन् । फेसबुकका साथिसँग नजानेका कुराहको छलफल गर्ने शैक्षिक सामग्रीहरू आदानप्रदान गर्ने गर्दछिन्। इन्टरनेटमा पढ्नुपर्ने विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू खोजेर ग्रुपमा सेयर गर्ने र छलफल गर्ने गर्छिन् । जसले गर्दा उनलाई पढाएका कुरा बुझ्न सजिलो भएको छ।
(ग) सही सञ्चारबाट हुने फाइदाहरू के के हुन् ?
उत्तर 👉 सही सञ्चारका माध्यमबाट आफ्ना कुराहरू अरूलाई बुझाउन र अरूका कुराहरू पनि राम्ररी बुझेर ग्रहण गरी कार्य सम्पादनमा सरलता ल्याउन सकिन्छ । सही सञ्चारको माध्यमले गराइ, बोलाइ र व्यवहारमा स्पष्टता ल्याउँछ । सुनाइ सिप र स्वनियन्त्रण हुने सिपको विकास हुन्छ। सकारात्मक प्रवृत्ति, दृढता, द्वन्द्व समाधान, सहानुभूति, आत्मानुभूति आदिको पनि विकास र वृद्धि हुन्छ।
(घ) दोहोरो सञ्चारको महत्त्व उल्लेख गर्नुहोस्।
उत्तर👉 सञ्चार दुई पक्षहरूबीच हुने एक व्यवस्थित प्रक्रिया हो । यो एउटा सिप वा कला हो । यसमा सूचना, जानकारी, विचार, भावनाहरू पठाउने, प्राप्त गर्ने, तथा बुझ्ने कार्य गरिन्छ । सञ्चारको माध्यमबाट नै एकले अर्काको इच्छा, चाहना, भाग बुझ्न सकिन्छ । सूचना वा सन्देशलाई उपयुक्त ढङ्गबाट साङ्केतिकरण गरिसकेपछि सुचना वा सन्देशहरूको आदान प्रदान गर्न त्यस्ता माध्यमहरूको आवश्यकता पर्दछ । प्रत्यक्ष भेटघाट, टेलिफोन, मोबाइल फोन, रेडियो, टेलिभिजन, चिठीपत्र, पत्रपत्रिका, इन्टरनेट, फ्याक्स, भिडियो आदि मुख्य सञ्चार माध्यम हुन् । दोहोरो सञ्चारबाट एक अर्काको भावना बुझ्न बुझाइ साटासाट गर्न, अझ गहिराइसम्म पुगेर बुझ्न, अन्य सञ्चारको स्रोत फेला पार्न र घनिभूत भएर सोच्न सजिलो हुन्छ। आत्मीयता बढ्छ र दीर्घकालीन प्रयोगमा सहयोग पुग्छ।
(ङ) प्रभावकारी सञ्चार र प्रभावकारी सम्बन्धका बारेमा साथीसँग संवाद गर्नुहोस् ।
उत्तर👉 विना कुनै अवरोध नियमित तवरले भइरहेको सञ्चारको प्रभावलाई प्रभावकारी सञ्चार भन्न सकिन्छ। यस विषयमा साथी र म बिचको कुराकानी यसप्रकार छ :
👉 म : प्रकाश तिमी IT मा दख्खल राख्छौँ । यो प्रभावकारी सञ्चारका बारेमा प्रष्ट पारिदेउ न !
प्रकाश : सुन हामीले कहिलेकाहीँ गल्ति समाचार सुनेर त्यही अनुसार सम्प्रेष्ण गर्दछौँ त्यो प्रभावकारी सूचना नहुन पनि सक्छन् । सूचनामा पारदर्शिता हुनु, समयमा नै सरोकारवालासँग सूचना उपलब्ध गराउनु, सम्बन्ध स्थापित हुनु, पित पत्रकारिता नहुनु, सूचना लिक नहुनु, सूचना नलुकाउनु जस्ता प्रक्रिया विद्यमान रूपमा रहेको सञ्चारलाई प्रभावकारी सूचना भनिन्छ।
👉 म : त्यसोभए प्रभावकारी सूचनाको पखाइपछि मात्र हामीले आधिकारिक धारणा बनाउनु पर्ने रहेछ होइन र ?
प्रकाश : हो। आधिकारिक रूपमा सूचना प्राप्त गर्नु भन्दा अगाडि नै सूचना लिक भएमा अन्य समस्याहरू निम्तिन सक्छन् । विवादास्पद कुराहरू अझ बढ्न सक्छन् । द्वेष र रीस फैलिन सक्छ र समूह समूह, व्यक्ति-व्यक्ति बिचमा असमझदारी बढ्न सक्छ । त्यसैले हामीले सँधै प्रभावकारी सूचनामा ध्यान पुयाउनु पर्छ । बल्ल कुरा बुझे। तिमीलाई धेरै धन्यवाद । अबदेखि प्रभावकारी सूचना सम्प्रेषण गर्ने आधिकारिक सूचना सञ्जालको मात्र विश्वास गरी सूचना ग्रहण गर्ने गर्दछु। भोलि भेटौँ है।
२. तपाइँले सञ्चारका साधनहरू र सामाजिक सञ्जाललाई दैनिक जीवन र सिकाइमा कसरी प्रयोग गर्नुभएको छ ? सूचीकृत गरी कक्षामा छलफल गर्नुहोस्।
उत्तर👉 म आफू र हाम्रा साथीहरू कक्षा ११ मा पढ्ने विद्यार्थी भएकाले दैनिक जीवन र सिकाइमा सञ्चारका साधन र सामाजिक सञ्जालमा निकै चासोपूर्वक ध्यान दिने प्रयोग गर्ने गर्दछौँ । परिवारका सदस्यहरू, साथी र इष्टमित्रसँग कुराकानी गर्न, हालखबर थाहा पाउन, सूचना आदान प्रदान गर्न सञ्चारका साधनको प्रयोग गौँ । जीवनोपयोगी र पढाइ सम्बन्धमा सञ्चारका साधनको निम्न तरिकाले प्रयोग गर्ने गरिएको छ :
👉 विद्यालयका साथीसँग मिलेर फेसबुकमा साथी बनाई सूचना आदान प्रदान गर्ने गरेको।
👉 समूहमा एक आपसमा नजानेका कुराहरू छलफल गर्ने, शैक्षिक सामग्री आदान प्रदान गर्ने गरेको।
👉 इन्टरनेटमा पढ्नुपर्ने विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू, चित्रहरू, भिडियोहरू खोजेर सेयर गर्ने ।
👉 Google search बाट असजिला र जटिल समस्याको समाधान गर्ने गरेको।
👉 युट्युवमा भर्चुवल कक्षाहरू खोजी गरी पढाइ सम्बन्धी विषयवस्तु, पढाउने शैली र विषयवस्तुको प्रस्तुतीकरण हेर्न गरेको।
👉 विश्वसनीय विषयवस्तु पहिचान गरी सामाजिक सञ्जालबाट घरमै बसेर ज्ञान, सीप, सिर्जनाको विकास गर्न लागि परेको।
👉 आफ्ना विचार, सिकेका सिप, प्राप्त ज्ञान र नयाँ नयाँ कुराहरू साथीसमूहमा सेयर गर्ने गरेको छु । र अरू साथीहरूले पनि मलाई सहयोग र सुझाव दिइरहनु भएकोले मेरो ल्यापटप र एन्ड्रोइड फोन मेरा साथी नै भएका छन्।
३. व्यक्तिको व्यक्तिगत, सामाजिक र पेसागत जीवनमा प्रभावकारी सञ्चार सिपको महत्त्व खोजी गरी तालिकामा भर्नुहोस्।
👉 व्यक्तिगत सामाजिक पेशागत
१. परिवारमा आफ्ना कुरा बुझाउन १. साथी सम्बन्ध विस्तार गर्न १. व्यवसायको प्रचार प्रसार गर्न
२. ………. २. ………. २. ……….
३. ………. ३. ………. ३. ……….
उत्तर 👉 व्यक्तिको व्यक्तिगत, सामाजिक र पेसागत जीवनमा प्रभावकारी सञ्चार सिपको निकै महत्त्व छ। आजकल कम्प्युटर, इन्टरनेट, फेसबुकमा मानिसहरूले आफूलाई चाहिने, सूचना, मनोरञ्जन, खेलकुद, अध्ययन सामग्री, गीत संगीत आदि खोजी गरी दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका छन् । जसबाट व्यक्तिगत, सामाजिक र पेसागत दक्षता बढाउन सहयोग पुगेको छ । यी सञ्चारका साधन र सामाजिक सञ्जलको प्रभावकारीता तलको तालिकामा देखाइएको छ :
व्यक्तिगत सामाजिक पेशागत
👉१. परिवारमा आफ्ना कुरा बुझाउन
१. साथी सम्बन्ध विस्तार गर्न
१. व्यवसायको प्रचार प्रसार गर्न
👉२. इष्टमित्रसँग कुराकानी गर्न, हाल
२. समूहमा एकआपसमा अरूका कुरा ध्यानपूर्वक सुन्न र आफ्नो विचार स्पष्टसँग राख्न
👉३. गीत संगति सुन्न, सचना र खबर थाहा पाउन
३. कसैलाई केही अप्ठ्यारो परेमा सोधपुछ गर्न र सहयोग गर्न
३. आफ्ना सामानको विज्ञापन गर्न, व्यापार व्यवसायमा बढी मुनाफा कमाउन
👉४. इन्टरनेटमा पढ्नु पर्ने विषयहरू खोज्न, चित्र, भिडियोहरू खोजेर सेयर गर्न, छलफल गर्न ।
४. विभिन्न देशका हालखबर बुझ्न, अन्तर्राष्ट्रिय राजनीति बुझ्न, वैज्ञानिक खोज अनुसन्धान थाहा पाउन।
४. आर्थिक उन्नति गर्न, लघुउद्यम, स्वव्यवसाय, स्वरोजगारका बाटाहरू पत्ता लगाउन।
👉५. अनलाइन कक्षा सञ्चालन गर्न पढाईको स्तर बढाउन
५. भर्चुअल कक्षा सञ्चालन गर्न आफूलाई आवश्यक विषय सर्च इन्जिन मार्फत् खोज्न ज्ञान हासिल गर्न।
५. पेसागत दक्षता बढाउन । पेसागत सिप हासिल गर्न कठिन र जटिल विषयवस्तुको समाधान खोज्न आदि।
अभ्यास
१. सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्त्वहरूको सूची बनाउनुहोस्।
उत्तर👉 दुई पक्षहरूबीच सूचना आदान प्रदान गर्ने र अर्थ बुझ्ने प्रक्रियालाई सञ्चार भनिन्छ । एक पक्षले अर्को पक्षलाई कुनै जानकारी पठाउने प्रक्रिया नै सञ्चार हो । सञ्चार व्यक्ति, समूह र संस्था बिचमा हुने गर्दछ। सञ्चार अन्तर्गत बोल्ने, सुन्ने, पढ्ने, लेख्ने, हेर्ने आदि क्रियाकलापहरू पर्दछन् । यी क्रियाकलापहरूको मुख्य उद्देश्य नै व्यक्तिले अरूलाई सूचना पठाउनु तथा अरूबाट सूचना प्राप्त गर्नु हो। L. A. Allen (एल. ए. एलेन) ले सञ्चारलाई अरूको मस्तिष्कसँग समझदारी कायम गर्नका लागि व्यक्तिले गर्ने सबै कार्यको योग हो भनेका छन्।
खबर- माध्यम- प्रापक-पृष्टपोषक-प्रेषकको चक्रीय प्रणाली वा चक्रीय अवस्थाको सोलोडोलो स्वरूप नै सञ्चार हो। सञ्चारका माध्यमबाट एकले अर्काको भावना, इच्छा, चाहना बुझ्न सकिन्छ।
मोटामोटी रूपमा सञ्चार तीन प्रकारका हुन्छन् :
लिखित सञ्चार :
👉 चिठीपत्र, पत्रपत्रिका, पाठ्यपुस्तक वा अन्य कुनै मुद्रण सामग्रीको माध्यमबाट सञ्चार गर्ने प्रक्रियालाई लिखित सञ्चार भनिन्छ।
मौखिक सञ्चार :
👉 कुराकानी, छलफल वा प्रत्यक्ष भेटघाटको माध्यमले वा टेलिफोन, टेलिभिजनमा बोलेर गरिने सञ्चारलाई भौतिक सञ्चार भनिन्छ।
साङ्केतिक सञ्चार :
👉 शारीरिक हाउभाउ वा कुनै सङ्केतद्वारा गरिने सञ्चार साङ्केतिक सञ्चार हो।
सञ्चारलाई यसप्रकार पनि वर्गीकरण गर्न सकिन्छ :
(i) शाब्दिक सञ्चार (Verbal communication)
(क) लिखित
(ख) मौखिक
(ii) अशाब्दिक सञ्चार (Non-verbal communication)
(क) साङ्केतिक
(ख) दृश्यावलोकन
सञ्चार सम्बन्ध स्थापना गर्नका लागि सात आधारभूत तत्त्वहरूको आवश्यकता पर्दछ।
(क) दुई वा दुईभन्दा बढी पक्ष वा व्यक्तिहरू
(ख) सञ्चारको माध्यम
(ग) प्रेषक (सूचना पठाउने)
(घ) प्रापक (सूचना पाउने)
(ङ) प्राप्त सूचना स्वीकार गर्नु
(च) सूचनालाई सही रूपमा बुझ्नु
(छ) सूचनाको प्रतिक्रिया जनाउनु
२. प्रभावकारी सञ्चारका अवरोधहरू उल्लेख गर्नुहोस्।
उत्तर👉 सञ्चार प्रणालीमा विभिन्न तत्त्वहरूले बाधा उत्पन्न गर्न सक्छन् । ती तत्त्वहरूलाई सञ्चारका अवरोध मानिन्छ । व्यक्तिगत वा सामूहिक रूपमा गरिने सञ्चार खुला वा दोहोरो हुनुपर्दछ । कुनै बाधा अवरोध उत्पन्न हुनुहुँदैन । तर कहिलेकाहीँ सञ्चार प्रक्रियामा विभिन्न अवरोधहरू आइपर्छन् । प्रभावकारी सञ्चारमा देखा परेका प्रमुख वरोधहरू निम्न प्रकार छन् :
(क) मनोवैज्ञानिक अवरोध (Psychological barriers):
👉 सञ्चार प्रक्रियामा संलग्न पक्षहरूको मनोवैज्ञानिक अवस्थाले प्रभावकारी सञ्चारमा अवरोध उत्पन्न हुन सक्दछ । व्यक्तिमा भएको सूचना छनोटको प्रवृत्ति सूचनाको बोझ, आवेग र लैङ्गिक शैलीले प्रभावकारी सञ्चारमा अवरोध सिर्जना हुन सक्छ। सूचना पठाउने व्यक्ति वा प्रेषकले सूचनालाई प्रभावकारी बनाउने वहानामा आवश्यक थपघट गरी वास्तविक सूचनाको अर्थलाई अनर्थ बनाउन सक्छ। त्यसैगरी सूचना प्राप्त गर्ने व्यक्ति वा प्रापकले आफ्नो आवश्यकता, अनुभव र पृष्ठभूमि तथा व्यक्तिगत गुणका आधारमा सूचनालाई छनोट गरेर ग्रहण गर्ने सम्भावना अधिक हुन्छ। थोरै समयमा धेरै सूचना प्रवाह भएमा प्रापकको दिमागमा सूचनाको बोझ धेरै भई सबै सूचनाहरू ग्रहण गर्न सक्दैन । प्रभावकारी सञ्चारमा सूचना पठाउने र प्राप्त गर्ने व्यक्तिको आवेगले पनि अवरोध सिर्जना गर्न सक्दछ । सामान्यतया आवेग र रिस उठेको समयमा व्यक्तिले सूचनाको प्रतिरोध गर्छ। लिङ्ग विभेदका कारण सञ्चारमा अनेकौँ विरोध सिर्जना हुन सक्छन् । महिला र पुरुषको आवाजमा नै भिन्नता हुन्छ।
(ख) भाषिक अवरोध (Semantic barriers):
👉 भाषा वा शबदको गलत अर्थको कारणले सञ्चार प्रक्रियाम अवरोध उत्पन्न हुन्छ । भिन्न भिन्न समाजमा फरक फरक भाषा हुन्छ । देश, धर्म, संस्कृति, उमेरले समेत भाषामा प्रभाव पार्दछ । प्रेषकको भाषा वा अभिप्राय प्रापकले बुझेन भने अर्थको अनर्थ हुन सक्छ। त्यसैगरी सञ्चार प्रक्रियामा प्राविधिक भाषा तथा छोटकरी शब्द प्रयोग गर्दा सञ्चार प्रभावकारी नहुन सक्छ । यसर्थ भाषा तथा शब्दको सही ढङ्गबाट प्रयोग गरी सञ्चार गर्नु पर्दछ।
(ग) भौतिक अवरोध (Physical barriers):
👉 यो सञ्चार प्रक्रियाको समयमा उत्पन्न हुने वातावरणीय अवरोध हो । यस अन्तर्गत भौतिक प्रबन्ध, दूरी, ध्वनी जस्ता कुराहरू पर्दछन् । सन्देश वा सूचना प्रापक र प्रेषक बिच उपयुक्त सम्बन्ध हुनुपर्दछ। उपयुक्त सम्बन्धको अभावमा उनीहरू बिचको प्रभावकारी सञ्चार सम्बन्ध कायम हुन सक्दैन । एक पक्षलाई पठाएको सूचना अझै पक्षसमक्ष पनि पुग्न सक्छ। सूचना प्रवाह गर्दा प्रेषक तथा प्रापक बिचमा लामो दूरी छ भने प्रापकले प्रभावकारी ढङ्गबाट सूचना प्राप्त गर्न सक्दैन । सञ्चार प्रक्रिया सञ्चालन भइरहेको अवस्थामा ठूलो आवाज उत्पन्न भएमा पनि यसले सन्देश पठाउने र प्राप्त गर्ने प्रक्रियामा अवरोध उत्पन्न गर्दछ।
(घ) सङ्गठनात्मक अवरोध (Organizational barriers):
👉 सङ्गठन भित्रको आन्तरिक तत्त्वले समेत सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्न सक्छ। यस अन्तर्गत खराब योजना, जटिल संरचना, मर्यादा, अहमता जस्ता कुराहरू पर्दछन् । सन्देशको साङ्केतिकरण, सञ्चारका साधन, रूपान्तरण आदि कार्यका लागि खराब योजना तर्जुमा हुन गएमा यसले सञ्चार प्रभावकारितामा नकरात्मक प्रभाव पार्दछ । सङ्गठन भित्र ज्यादै फराकिलो संरचना छ भने यसले सञ्चार प्रणालीलाई प्रभावित गर्दछ । त्यसैगरी कर्मचारीमा हुने अहमको भावनाले गर्दा प्रमुखले सहायकबाट परामर्श लिन चाहँदैनन् । यसले गर्दा सूचना प्रभावकारिता न्यून हुन जान्छ।
यी बाहेक भाषिक समस्या, व्यक्तिगत प्रवृत्ति, भौगोलिक विकटता, सामाजिक सञ्जाल पनि सञ्चारमा अवरोध ल्याउने तत्त्वहरू हुन् ।
३. प्रभावकारी सञ्चारका माध्यमहरू उल्लेख गरी तिनीहरूले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस्।
सञ्चार भन्नाले सूचनाहरूलाई आदान प्रदान गर्नु भन्ने बुझिन्छ। कुनै पनि माध्यम विना यो सूचना सम्प्रेषण गर्ने कुरा सम्भव छैन।
👉 सञ्चारका माध्यम : अनौपचारिक आमुन्नेसामुन्ने सम्पर्क यो सबैभन्दा प्रचलित सञ्चार माध्यम हो । प्रायः मानिसहरू आमुन्ने सामुन्ने प्रत्यक्ष कुराकानी गरेको देखिन्छ। आम भेला, वन उपभोक्ता समिति, टोल भेला, कुनै अनुसन्धानका लागि जनमत संकलन गर्ने कार्य, शिक्षण सिकाइ क्रियाकलाप, अन्तवार्ता कार्यक्रम यी सबै अनौपचारिक सञ्चारका मध्यम हुन् । वा आमुन्ने सामुन्ने कुराकानी नै हुन् । तिनीहरूले आफूले प्राप्त गरेको जानकारी अनौपचारिक रूपमा कुराकानी कै माध्यमबाट गर्दछन्।
👉 परम्परागत सामाजिक संरचनाहरू : गुठी, मेला, डिकुरी, बडघर, गोठपुजा जस्ता हाम्रो समाजमा थुप्रै सामाजिक संरचना रहेका छन् । यस्ता संरचनाले सामाजिक कार्यका राजनीतिक सञ्चारका कार्य गर्दछन् । जुनबेला आम सञ्चारका साधनहरूको पहुँच थिएन यो समयमा परम्परागत बाजाहरू बजाउने जस्तै ढोलक बजाउने, बिगुल फुक्ने, ट्याम्को बजाउने, कटुवाल कराउने आदिको माध्यमले जनतामा सूचना सम्प्रेषण गरिन्थ्यो । आज पनि गाउँघरमा यस्ता प्रचलनहरू छन् । घरमा एकोहोरो शंख बजेपछि कोही मरेको वा कसैको मृत्यु भएको संकेत प्राप्त हुन्छ।
👉 राजनीतिक निर्गत संस्थाहरू : राज्य सञ्चालनका लागि कानुनद्वारा औपचारिक रूपमा स्थापना गरिएका संरचनालाई राजनीतिक निर्गत संरचना भनिन्छ । अदालत, संसद, कर्मचारीतन्त्र, सरकार, संवैधानिक निकायहरू, सेना, प्रहरी, शिक्षण संस्था जस्ता संस्थाहरू राजनीतिक निर्गत संस्था हुन् । यी संरचनाबाट प्रशारित सूचनाहरू आधिकारिक र लामो समयसम्म रहन्छन् । अदालतले कानुनको व्याख्या गरी नजिर स्थापना गर्छ । सरकारी नीति, कार्यक्रम सम्बन्धी जानकारी जनताले यिनै संरचनाको माध्यमबाट प्राप्त गर्छन् । जुन आधिकारिक र प्रभावकारी मानिन्छ।
👉 राजनीतिक आगत संस्थाहरू : परिवार, समुदाय, धार्मिक संगठनहरू, अनौपचारिक आगत संरचना हुन् भने ट्रेड युनियन, शिक्षक संगठनहरू, राजनीतिक दल, नागरिक समाज जस्ता संस्थाहरू अनौपचारिक आगत संस्थाहरू हुन् । यिनीहरू हित समूह, दबाब समूहका रूपमा रहेका हुन्छन् । यिनीहरूले सरकार समक्ष मागहरू राख्ने, आन्दोलन गर्ने, बन्द, हड्ताल गर्ने, सरकारका गल्ती कमजोरी जनता समक्ष उजागर गने र सरकार समक्ष जनताको हित र सरोकारवालाहरूको संरक्षण र हितमा सम्झौता गर्ने गर्दछन् । जसको प्रभावकारिता मान्य हुन्छ।
👉 आमसञ्चारका साधन : आम सञ्चारका साधनहरू सूचना आदान प्रदानका लागि दिनानुदिन प्रभावकारी बन्दै गएका छन् । यस्ता सञ्चारका साधनहरू देहाय बमोजिम उल्लेख गर्न सकिन्छ :
(क) श्रव्य सामग्री : रेडियो, ग्रामोफोन, टेलिफोन
(ख) दृश्य सामग्री : नक्साहरू, चित्र, पोष्टर, हस्तलिखित पत्रहरू
(ग) श्रव्यदृश्य सामग्री : टेलिभिजन, कम्प्युटर, इन्टरनेट, फेसबुक वालहरू, युट्युव, भाइवर आदि।
(घ) मुद्रित सामग्री : पाठ्यपुस्तक, डकुमेन्ट, पत्रपत्रिका आदि।
(ङ) सङ्केत वा चिन्हहरू : ट्राफिक संकेतहरू, खतरका चिन्हहरू, ट्राफिक वत्तीहरू, राजमार्गका चिन्हहरू, रातो, सेतो, हरियो, पहेंलो झण्डाहरू, साङ्केतिक भाषा आदि।
आजकल कम्प्युटर, इन्टरनेट र फेसबुक वालहरू बढी प्रयोग भएको देखिए पनि माथि बताइएका जस्ता सञ्चारका माध्यमहरूको प्रयोग दैनिक व्यवहारमा हुँदै आएको छ । प्रयोग कर्ताको परिणाम अनुसार घटिबढी हुन सक्छ तर यी सबै सञ्चारका माध्यमहरू प्रभावकारी सञ्चार माध्यम नै हुन्।
यी सञ्चारका माध्यमबाट हाम्रो दैनिक जीवनम निकै प्रभाव पार्दछन् । सरकारको आधिकारिक धारणा र सूचना प्राप्त गर्न नेपाल रेडियो सुन्ने र नेपाल टेलिभिजन हेर्ने गरेको । आफूलाई आवश्यक सामग्रीहरू खोज्न, पढ्न, सर्च इन्जिनहरू प्रयोग गर्ने गरेको । इन्टरनेटबाट नयाँ नयाँ कुराहरू खोज्ने अध्ययन गर्ने, मनन गर्ने र ज्ञान हासिल गर्ने गरेको, इष्टमित्र, परिवारजन, साथीसँग फोनमा र फेसबुकमा कुराकानी गर्ने गरेकाले दैनिक जीवनमा प्रभावकारी सञ्चार माध्यमले निकै सहयोग पुयाएका छन् । जसबाट समयको बचत भएको, दैनिक व्यवहारमा सरलता आएको छ । ज्ञान, सिप, सिर्जनाको विकासमा सहयोग पुगेता पनि आयआर्जन र रोजगार प्राप्तिमा कठिनाइ नै छ। सञ्चारका माध्यमले सामाजिक न्याय, समानता, आयआर्जन गर्ने कार्यमा अझ बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।
४. प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
उत्तर 👉 दुई वा दुई भन्दा बढी व्यक्ति, समूह वा निकाय बीच सूचना र जानकारी आदान प्रदान गर्ने कार्यलाई सञ्चार भनिन्छ। यो एक व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने वा विचार, धारणा, मूल्य मान्यता थाहा पाउने प्रक्रिया हो।
प्रभावककारी सञ्चारले प्रभावकारी स्थापना कायम गर्छ। सूचना, विचार, अवधारणा, अभिमत, राय खबर तथा भावना जस्ता सूचनामूलक कुरा पारस्परिक समझदारीको प्रयोजनको लागि प्रसारित गर्ने प्रक्रिया नै सञ्चार हो। सञ्चारको प्रभावकारितालाई निम्न बुँदाका रूपमा उल्लेख गरिएको छ :
(क) प्रभावकारी योजना, समन्वय, नियन्त्रण, अनुगमन र मूल्याङ्कन साङ्गठनिक वातावरण माफत् संगठनको सुधार गर्न।
(ख) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वस्तुगत गर्न ।
(ग) अन्तरनिकाय समन्वय कायम गर्न ।
(घ) सङ्गठनका क्रियाकलापहरूको प्रचार प्रसार गर्न ।
(ङ) सेवा प्रवाहमा सहजीकरण ल्याउन।।
(च) पारदर्शिता प्रवर्द्धन गर्न । (छ) प्रभावकारी निर्णय गर्न ।
(ज) सेवा प्रदायका नागरिक सहभागिता अभिवृद्धि गर्न।
(झ) जनताको जनविश्वास कायम गर्न।
(ञ) संगठनमा कार्यरत कर्मचारीलाई सङ्गठनप्रति उत्प्रेरित गर्न ।
(ट) वातावरणीय अनुकूलता कायम गर्न प्रभावकारी सञ्चारको आवश्यकता पर्दछ।
प्रभावकारी सञ्चारका विशेषताहरू:
👉 स्पष्टता
👉 अनुमान योग्य
👉 पर्याप्त सञ्चार
👉 सामयिक सञ्चार
👉 सर्वस्वीकार्यता
👉 एकरूपता आदि।
समग्रमा एउटा प्रभावकारी सञ्चारका SMART (स्मार्ट) जस्तो गुण हुनुपर्दछ।
S = Specific (विशिष्ट)
M = Measurable (मापनयोग्य)
A = Attainable (प्राप्त गर्न सकिने)
R = Reliable (विश्वसनीयता)
T = Timing (समय)
प्रभावकारी सम्बन्ध :
👉 प्रभावकारी सञ्चार भयो भने व्यक्ति-व्यक्ति बिच, व्यक्ति-संगठनबिच र विभिन्न निकायहरू बिचको सम्बन्ध पनि प्रभावकारी हुन्छ। त्यसैगरी अन्तरनिकायगत सम्बन्धले राम्रो सञ्चारका लागि पृष्टपोषण प्रदान गर्दछ। उदाहरणको लागि नेपालमा अन्तरनिकाय सम्बन्ध प्रभावकारी बन्न नसकेकै कारण अल्पसञ्चार, ढिलो सञ्चार, सञ्चारमा अनिश्चितता, सञ्चारलाई आफ्नो स्वार्थ सिद्धिमा प्रयोग गर्ने परिपाटीले काममा ढिला सुस्ती आएको छ । उदाहरणको रूपमा सडक विभागले सडक विस्तार गर्ने कार्यक्रम ल्याउदा वन, विद्युत, कार्यालयले. अवरोध पुयाउने कार्य हुँदै आएको छ। यो प्रभावकारी सम्बन्ध र समन्वयको अभावले भएको हो।
परस्पर बाझिने अनावश्यक कानुनको सट्टा मूल कानुन बनाउने, औचित्यका आधारमा खर्च गर्ने, लचिलोपना कायम गर्ने, कानुनी झमेलाको अन्त गर्ने परिपाटी भएमा कार्य सम्पादनमा प्रभावकारी हुन्छ। व्यक्तिगत तथा सरकारी काम कारबाहीमा पवित्रता, शुद्धता, प्रभावकारिता, मितव्ययिता चाहिन्छ। सरकारी तथा व्यक्तिगत सेवालाई मानव आचरण मैत्री बनाउनु, सेवा प्रवाहमा उपयुक्त सम्पर्क व्यक्ति तोक्नु, सार्वजनिक लेखा प्रणालीलाई व्यवस्थित गर्नु, जनसुनुवाइलाई प्रभावशाली बनाउनु, सार्वजनिक सेवालाडू Winning the mind, touching the heart बनाउनु, प्रभावकारी सम्बन्ध विस्तारका आधार हुन् जुन प्रभावकारी सञ्चार मार्फत् सम्भव छ।
पाठ ४ – तनाव व्यवस्थापन
ज्ञानहरि कक्षा ११ मा पढ्छन् । उनलाई परीक्षामा राम्रो अङ्क ल्याउन चिन्ता छ। घरबाट खर्च नआएँदा खर्च कसरी जुटाउने समस्या भएको छ । आमाबुबा पनि बृद्ध भएको र सानो भाइ उनीहरूको जिम्मामा छोडेर आउँदा चिन्ता बढेको छ। पढाइमा ध्यान पुयाउन कठिनाइ भएको छ । यसबाट तनाव सृजना भएको छ । नकाराचत्मक कुराहरू मनमा आउनाले निराशा बढेको छ । हाल साथी राजेश्वरका साथमा योग र ध्यानमा सम्मिलित भएको हुँदा ज्ञानहरिलाई फूर्तिलो अनुभव भएको छ । साथीहरूसँग घुलमिल पनि बढेको छ । बिहान करेसाबारीमा काम गर्ने, सन्तुलित खानपान र व्यायाममा ज्ञानहरि लागेका छन् । चित्रकला र सङ्गीततिर समय दिने गरेकाले तनावबाट मुक्ति मिलेको छ। उनका छिमेकी दाइलाई पनि तनाव पर्दा निराश भएर धुम्रपान र रक्सी सेवन गर्ने गर्थे । असल साथीहरूको सल्लाह र सङ्गतले बल्ल उनी ठिक भए।
क्रियाकलाप
१. तनाव व्यवस्थापनका तल दिइएका रणनीतिहरूमध्ये सबैभन्दा उपयुक्त रणनीति कुन हो, छलफल गर्नुहोस् र कारण सहित आफ्नो धारणा राख्नुहोस्।
👉 समर्पण यस उपायअनुसार तनाव सिर्जना गर्ने कारकलाई स्वीकार गरिन्छ । यो दमनात्मक प्रकृतिको हुन्छ । आफूलाई तनाव दिने काम, विचार तथा सन्दर्भलाई प्रतिवाद गर्न नसक्नु, प्रत्यक्ष वा परोक्ष रूपमा त्यसलाई स्वीकार गर्नु यस उपायका विशेषताहरू हुन् । तत्काललाई समाधान भए पनि दीर्घकालीन समाधानका लागि यो उपयुक्त विधि होइन।
प्रतिरोध तनाव उत्पन्न गर्ने वस्तु, व्यक्ति तथा परिवेशप्रति बदला दिई तनावलाई नियन्त्रण गर्ने विधि हो । यस विधिमा तनाव उत्पन्न गर्ने कारकप्रति रिस पोख्ने, मुड्कीले हिर्काएर प्रतिवाद गर्ने, भौतिक रूपमा आक्रमण गर्ने, दाह्रा किट्ने आदि गरिन्छ । यसले क्षणिकलाई तनाव कम त हुन्छ तर यसले पनि दीर्घकालीन रूपमा सकारात्मक काम गर्दैन । यो तनाव व्यवस्थापन गर्ने नकारात्मक तरिका हो।
सम्झौता यो दीर्घकालीन रूपमा तनाव व्यवस्थापन गर्ने तरिका हो। यसमा तनाव व्यवस्थापनका लागि व्यक्तिले आफ्ना शैलीगत, आचरणगत र व्यवहारजन्य गतिविधिमा सम्झौता गरी सोअनुरूपको कार्य व्यवहार प्रस्तुत गर्नुपर्ने हुन्छ । यसले दिने नतिजाहरू सकारात्मक हुन्छन्।
उत्तर 👉 तनाव व्यवस्थापनका लागि दिइएका रणनीतिहरूमध्ये सबैभन्दा राम्रो रणनीति सम्झौता हो । समर्पणको नीति अवलम्बन गर्दा तनाव सिर्जना गर्ने कारणहरूलाई स्वीकार गर्नु हो । तनावका कारकहरूलाई स्वीकार गरी सोही अनुसार आचरण गर्दा तनाव कम हुन सक्छ र तनावका कारकहरूको समाधान स्थायी हुँदैन । प्रतिरोधको नीति अपनाउँदा तनावका कारकप्रति रिस पोख्ने, भौतिक रूपमा आक्रमण गर्ने, मुड्की बजार्ने आदि क्रियाले केही बेर तनाव शानत हुन्छ । तर तनावका कारण जस्ताका त्यस्तै रहनछ । यसबाट पनि तनाव समाधान हुँदैन । सबैभन्दा राम्रो उपाय सम्झौता रणनीति अवलम्बन गर्ने हो । यो रणनीति अन्तर्गत तनावका कारक तत्त्वहरूलाई स्वीकार गरिन्छ। ती कारक तत्त्वहरूको पहिचान गरी सोलाई निराकरण गर्न शैलीगत, आचरणगत तथा व्यवहारलाई सो अनुसार परिणत गरिन्छ । यसबाट तनाव दीर्घकालीन रूपमा समाधान हुन्छ। यो सकारात्मक उपाय हो । उदाहरणका लागि हरिले व्यवसाय गरिरहेको थियो। समुदायमा फैलिएको रोगव्याधिले गर्दा व्यवसाय राम्रो चलेन । उसलाई नोक्सानी भयो । नोक्सानीले गर्दा उसलाई तनाव सृजना भयो । अब के गर्ने, नोक्सानी सहने गरी तनाव शान्त गर्नु समर्पण रणनीति हो । यसबाट उसको तनाव केही बेर शान्त होला तर पछि नोक्सानीबाट सृर्जित अन्य कारक तत्त्वहरू हराउँदैनन् । नोक्सानी भयो सो नोक्सानीप्रति रिस पोखेर, घरपरिवारप्रति रिस गरेर, घरका सरसामानमाथि मुड्की बजारेर थोरै बेरका लागि तनावबाट मुक्ति मिल्छ । तर नोक्सानीको प्रभाव त्यही रहन्छ । यो प्रतिरोध नीति हो । सम्झौता रणनीतिमा नोक्सानीलाई स्वीकार गर्ने र नोक्सान भएकाले अब खर्चमा कटौती गर्दै लैजाने र आय बढाउने काम गर्नुपर्छ । यसरी नोक्सानबाट उक्सिने उपाय सोचेर आचरण गरेमा तनाव व्यवस्थापन सधैंका लागि हुन्छ।
तनाव व्यवस्थापनका लागि प्रयोग गर्न सकिने तलका सकारात्मक रणनीतिहरूलाई माथि प्रस्तुत जोडी जोडीमा छलफल गरी कक्षामा निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) तीन पटक लामो श्वास लिने
(ख) साथी शिक्षकसँग घुलमिल हुने र कुराकानी गर्ने
(ग) पछाडिबाट गन्ती गर्दै आउने
(घ) गीत सङ्गीत सुन्ने
(ङ) योग ध्यान गर्ने
(च) चित्र बनाउने
(छ) समय तालिका बनाएर काम गर्ने
(ज) कामको प्राथमिकता निर्धारण गर्ने
(झ) लक्ष्य निर्धारण गर्ने
(ञ) दृश्यावलोकन गर्ने
(ट) पुस्तक वा पत्रपत्रिका पढ्ने
(ठ) खेल खेल्ने
(क) तीन पटक लामो श्वास लिने : उपाय अनुसार व्यक्तिले तनावको अवस्थामा तीनपटक लामो लामो श्वास लिने र फेर्न काम गर्नुपर्छ । यसबाट थोरै समयका लागि तनाव शान्त हुन्छ। यो स्थायी उपाय होइन।
(ख) साथी शिक्षकसँग घुलमिल हुने र कुराकानी गर्ने : यो उपायबाट व्यक्तिको समय सजिलै उपयोग हुन्छ । साथीहरूसँग घुलमिल गर्ने र कुराकानी गर्दा तनाव व्यवस्थापनमा सघाउ मिल्छ । तनावका कारक तत्त्वहरू समाधान गर्न सहयोग मिल्छ। यो सकारात्मक उपाय हो।
(ग) पछाडिबाट गन्ती गर्दै आउने : यो उपायबाट गल्ती गरुन्जेल समयको उपयोग हुन्छ । केही बेरका लागि तनाव बिर्सन्छ। तर तनावका कारक तत्त्वको समाधान हुँदैन । यो स्थायी उपाय होइन।
(घ) गीत सङ्गीत सुन्ने : यो रणनीति अवलम्बन गर्दा व्यक्तिको समय सजिलै बित्छ । गीत सङ्गीतले मनमा आनन्द दिन्छ । मनमा शान्ति हुन्छ र तनावका कारक तत्त्वहरू निराकरण गर्न सोच्ने समय मिल्छ। शरीरले ऊर्जा पाउँछ। यो सकारात्मक उपाय हो।
(ङ) योग ध्यान गर्ने : योगले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलन राख्न मद्दत गर्दछ । यसबाट . व्यक्तिमा तनावका कारण तत्त्वहरू पहिचान गरी समाधान गर्न मद्दत मिल्छ। यो सकारात्मक उपाय हो।
(च) चित्र बनाउने : चित्र बनाउँदा व्यक्तिको समयको सदुपयोग हुन्छ। चित्रबाट कुण्ठित भावना कागजमा पोखिन्छ । मनमा अल्झिएका ग्रन्थीहरूले निकास पाउँछन् । मनले ऊर्जा प्राप्त गर्छ । नयाँ सोचको मौका पाउँछ। तनाव व्यवस्थापनको यो पनि सकारात्मक पक्ष हो।
(छ) समय तालिका बनाएर काम गर्ने : समय तालिका बनाएर काम गर्नाले तनाव व्यवस्थापनमा सघाउ मिल्छ । यसबाट समयको सदुपयोग हुन्छ । नैराश्यताले ठाउँ पाउँदैन । कुलत वा कुसङ्गतमा जानबाट जोगिन्छ। शरीरले ऊर्जा पाउँछ। सकारात्मक सोच बढ्छ।
(ज) कामको प्राथमिकता निर्धारण गर्ने : कामको प्राथमिकता निर्धारण गरी काम गर्नाले पनि तनाव व्यवस्थापनमा मद्दत मिल्छ। यसबाट समयको सदुपयोग हुन्छ। महत्त्वहीन कामले ठाउँ पाउँदैन । समयको बचत भई सो समय महत्त्वपूर्ण कार्यमा खर्च हुन्छ। यसबाट चनावका कारक तत्त्वहरूलाई निराकरण गर्नमा मद्दत मिल्छ।
(झ) लक्ष्य निर्धारण गर्ने : यो सकारात्मक विधि हो । लक्ष्यनिर्धारण गरेपछि तनावका कारक तत्त्वहरूको निराकरण हुन्छ। लक्ष्य प्राप्ति भएपछि तनाव व्यवस्थापन हुन्छ।
(ञ) दृश्यावलोकन गर्ने : यो रणनीति स्थायी होइन । दृश्यावलोकन गरुञ्जेल तनाव शान्त हुन्छ । तर तनावका कारकहरूको निराकरण हुँदैन । फेरि तनाव सिर्जना हुनसक्छ । स्थायी रूपमा तनाव व्यवस्थापन हुँदैन।
(ट) पुस्तक वा पत्रपत्रिका पढ्ने : यो सकारात्मक विधि मध्ये एक हो । तर दीर्घकालीन भने होइन । पुस्तक वा पत्रिका पढ्दासम्म समयको उपयोग हुन्छ । यसबाट तनाव कारक तत्त्वहरू निराकरण गर्न मद्दत मिल्दैन।
(ठ) खेल खेल्ने : तनाव व्यवस्थापन गर्न यो विधि पनि उपयोगी छ। खेल खेल्दा समय राम्रो काममा उपयोग हुन्छ । साथीहरूसँग घुलमिल हुन्छ । व्यवसायिक खेल खेल्दा आय पनि बढ्छ । शरीर र मानसिक स्वास्थ्यलाई सन्तुलन राख्न सहयोग मिल्छ।
उदाहरणका लागि हरि कक्षा १२ मा पढ्छन् । उनलाई कक्षा १२ को परीक्षा तयारी गर्नु छ। उनको घरमा सानो व्यवसाय छ। सो व्यवसाय बाआमाले हेर्ने गर्नुहुन्छ। यस पटकको कोभिडको बन्दाबन्दीले व्यवसाय सखाप जस्तै भयो। घरको खर्च कसरी धान्ने ? पढाइको खर्च कसरी धान्ने ? उनलाई ठूलो चिन्ता परेको छ । उनले यो चिन्ता कसरी हटाउने ? तालिकामा दिएका रणनीतिहरूको आधारमा तनाव व्यवस्थापन कसरी गर्न सकिएला त ?
लामो लामो श्वास फेरेर पछाडिबाट गन्ती गरेर, खेल खेलेर, पुस्तक वा पत्रपत्रिका पढेर उनको तनाव निराकरण हुँदैन । शिक्षक तथा साथीहरूसँग घुलमिल गर्दै कुराकानी गर्दा उनलाई तनाव व्यवस्थापन गर्न उपाय जान्न सहयोग मिल्छ । साथीहरूले उनलाई मानसिक तथा आर्थिक तनाव हटाउने उपाय बताउन सक्छन् । योग गर्दा शरीर स्वस्थ हुन्छ । मानसिक स्वास्थ्य राम्रो हुन्छ । उनलाई फूर्ति मिल्छ । यसबाट मानसिक तथा आर्थिक चिन्ता हटाउने उपाय पत्ता लगाउन सजिलो हुन्छ। तनावका कारक तत्त्व हटाउने लक्ष्य राखी कामलाई प्राथमिकताको आधारमा समयतालिका बनाइ फुर्सदको समय चित्र बनाई समय उपयोग गरेमा तनाव व्यवस्थापनमा मद्दत मिल्छ। कक्षा १२ को परीक्षाका लागि अध्ययन गर्ने । बिहान एक घण्टा योगलाई दिने । त्यसपछि अध्ययन गर्ने । दिउँसो सानो कक्षाका विद्यार्थीहरूलाई पढ्नमा सहयोग गरिदिएमा केही आय आर्जन हुन सक्छ । बाआमालाई स-साना व्यवसाय गरी आम्दानी बढाउने सल्लाह दिने । अब व्यवसायिक तरकारी खेती गर्दा पनि आय हुन्छ। साँझमा ग्राहकहरूलाई आवश्यक सरसामान घरमै पुयाइदिएर आय आर्जन गर्न सकिन्छ भनी बा आमालाई सल्लाह दिने। सकारात्मक सोच राखी काम गरेमा तनाव व्यवस्थापन गर्न सकिन्छ।
अभ्यास
१. तल दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
(क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
उत्तर 👉 माथिको घटनामा निम्न कारणले तनाव सिर्जना भएको कुरा उल्लेख गरिएको छ । व्यक्तिमा हुने मानसिक दबाबको अवस्था तनाव हो । कक्षा ११ मा पढ्ने ज्ञानहरिलाई तनाव सिर्जना हुनका कारणहरू –
👉 परीक्षामा कसरी राम्रो गर्ने ।
👉 खर्चिलो सहरको बसाइमा घरबाट खर्च आउन छोडेकाले खर्च जुटाउने समस्यावृद्ध आमाबाबुलाई सानो भाइलाई छोड्नु परेको
👉 आमा बा पालैपालो बिरामी परेको।
👉 पढाइमा ध्यानकेन्द्रित नभएको।
👉 मनमा नकारात्मक कुरा बढी आइरहेका आदि।
(ख) तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
उत्तर👉 तनावले ज्ञानहरिलाई धेरै कुरामा असर पारेको छ। मनमा बेचैनी सिर्जना भएकोले निराश भएको छ। राती निद्रा नलाग्ने वा लागेपनि कम लाग्ने गरेको, खाना खान मन लाग्न छोडेको, पढाइमा ध्यान केन्द्रित नहुँदा पढाइ बिग्रने खतरा बढेको छ । साथै उसका मनमा विभिन्न नकारात्मक कुराहरू बढी आइरहेका छन् । यी विभिन्न कुराहरूले तनाव सिर्जना भई डिप्रेसनमा जाने खतरा समेत बढेको छ।
(ग) तनाव व्यवस्थापनमा योग र ध्यानले पुयाउने फाइदा के के हुन् ?
उत्तर 👉 तनाव व्यवस्थापनमा योग र धयानले निम्न कुराहरूमा फाइदा पुयाउँछ :
👉 मनलाई एकाग्र र एकीकृत गर्ने
👉 शरीर फूर्तिलो हुने
👉 घरको पिर र सम्झनालाई घटाउने
👉 सिर्जनात्मक क्रियाकलापमा लाग्न प्रेरणा मिल्ने
👉 ध्यान र चित्त केन्द्रित हुने
👉 दैनिक व्यवहार र आचरणमा परिवर्तन आउने
👉 सम्झना शक्ति वृद्धि हुने, खाना रूची हुने, मनबाट नकारात्मक कुराहरू हट्दै जाने।
👉 बेकारका गलफत्तिमा समय बर्वाद नहुने आदि।
(घ) “तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरू वास्तवमा सकारात्मक छन् । यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर👉 तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरू सकारात्मक छन् । किनकी उसले आफूलाई धेरै हिसाबले व्यवस्थित गर्ने गरेको छ । पठनपाठन तालिका बनाएर पढ्न थालेको छ। साथीसँग मिलेर योग ध्यानमा जान थालेको जसबाट मन एकत्रित हुन थालेकोले काम गर्न सहज भएको छ । नचाहिने खर्च कटौती गरेकाले समस्या कम पर्न गएको, घरमा पनि दिनहुँ फोन गरेर बा आमाको सन्चोविसन्चो सोधिरहेको छ। उसको दैनिकीमा चित्रकला निर्माण गर्ने, सङ्गीत सिर्जना गर्ने, साथीहरूसँग घुलमिल हुने जस्ता परिवर्तन आएका छन् । काकाबाट सन्तुलित खानपान र व्यायाम, तनाव मुक्तिको उपाय सिकेको छ। र ऊ चाँडै तनाव मुक्त हुनेमा ढुक्क छ।
यी क्रियाकलापबाट रामहरि तनाव मुक्त हुने उपायको खोजी गरी त्यसैतर्फ लागेकाले उसले अपनाएका तनाव मुक्त हुने उपाय सही छन् ।
(ङ) तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाई यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।
उत्तर 👉 तनाव व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्था हो । वातावरणमा आएको परितर्वनका कारण व्यक्तिमा देखिएको शारीरिक तथा मानसिक परिवर्तनको स्थिति नै तनाव हो।
तनाव हुन नदिनु नै प्रमुख तनाव व्यवस्थापन हो । उच्च महत्त्वकांक्षा, अव्यवस्थित जीवनशैली, खानपान, सरसफाइ, मनोरञ्जन, आराम निद्रा, लवाइखुवाइमा राम्रो ध्यान पुयाएमा तनाव हुँदैन । बुद्धले तनाव मुक्तिको लागि इच्छा त्याग्न भनेका छन् भने युधिष्ठिर भन्छन् “मृत्यु ध्रुवसत्य छ । हरेक मान्छे आफू चाहिँ मर्दिन भन्ने सोच्छ यही रहस्य हो।” त्यसैले जे हुन्छ त्यसलाई समयको अगाडि स्वीकार गर्दै काम गरियो भने तनावबाट मुक्ति मिल्छ।
तनाव व्यवस्थापन गर्ने वा गर्न सकिने केही महत्त्वपूर्ण सकारात्मक रणनीतिहरूमा देहायका बुंदाबाट पनि प्रष्ट हुन्छ :
👉 तीनपटक लामो श्वास लिने
👉 साथी, शिक्षकसँग घुलमिल हुने र कुराकानी गर्ने
👉 पछाडिबाट गन्ती गर्दै आउने
👉 गीत सङ्गीत सुन्ने
👉 योग ध्यान गर्ने
👉 चित्र बनाउने
👉 समय तालिका बनाएर काम गर्ने
👉 कामको प्राथमिकता निर्धारण गर्ने
👉 लक्ष्य निर्धारण गर्ने
👉 दृश्यावलोकन गर्ने
👉 पुस्तक या पत्रपत्रिका पढ्ने
👉 खेल खेल्ने
अन्य उपायहरूमा :-
👉 समर्पण : यस उपाय अनुसार तनाव सिर्जना गर्ने कामलाई स्वीकार गरिन्छ । यो दमनात्मक प्रकृतिको हुन्छ। आफूलाई तनाव दिने काम, विचार, तथा सन्दर्भलाई प्रतिवाद गर्न नसक्नु, प्रत्यक्ष वा परोक्ष रूपमा त्यसलाई स्वीकार गर्नु यस उपायका विशेषताहरू हुन् । तत्काललाई समाधान भए पनि दीर्घकालीन समाधानका लागि यो उपयुक्त विधि होइन।
👉 प्रतिरोध : तनाव उत्पन्न गर्ने वस्तु, व्यक्ति तथा परिवेश प्रति बदला लिई तनावलाई नियन्त्रण गर्ने विधि हो । यस विधिमा तनाव उत्पन्न गर्ने कारकप्रति रिस पोख्ने, मुकिले हिर्काएर प्रतिवाद गर्ने, भौतिक रूपमा आक्रमण गर्ने, दाह्रा किट्ने आदि गरिन्छ । यसले क्षणिकलाई तनाव कम हुन्छ तर दीर्घकालीन रूपमा सकारात्मक काम गर्दैन । यो तनाव व्यवस्थापन गर्ने नकारात्मक तरिका हो।
👉 सम्झौता : यो दीर्घकालीन रूपमा तनाव व्यवस्थापन गर्ने तरिका हो । यसमा तनाव व्यवस्थापनका लागि व्यक्तिले आफ्ना शैलिगत आचरणगत र व्यवहारजन्य गतिविधिमा सम्झौता गरी सो अनुरूपको कार्य व्यवहार प्रस्तुत गर्नु पर्दछ। यसले दिने नतिजा सकारात्मक हुन्छन् ।
👉 अहंकारको परित्याग गर्नुपर्छ । म ठूलो हुँ भन्ने भावनाले सन्धि सम्झौताका ढोका बन्द हुन सक्छन् । त्यसैले केही लिने केही दिने वा कतिपय अवस्थामा आफूले केही नपाएर पनि सम्झौता गर्न सक्नु पर्दछ।
👉 जुन घटना जहाँ जे जस्तो रूपमा घटि हुन्छ । त्यसलाई त्यहीँ छोडेर अगाडि बढ्नु पर्छ । एउटा घटनालाई जीवनभरि बोकेर हिँडियो भने त्यसले समस्या बढाउँदै लैजान्छ।
👉 जीवनका कतिपय दूघर्टनापछाडि निराश नहुने, दूर्घटनापछि जे बाँकी हुन्छ, त्यसैबाट प्रयत्न गर्ने गर्नु पर्दछ। यसका लागि हामीले अपाङ्गता भएका झमक घिमिरे, हेलेन केलर, स्टेफेन हकिङसबाट पाठ सिक्न सक्छौं । यसरी समर्पण, प्रतिरोध र सम्झौता गरी तनावलाई व्यवस्थापन गर्न सकिन्छ।
२. तनाव व्यवस्थापनका सकारात्मक वा स्वस्थ र अस्वस्थ तरिकासँग सम्बन्धित चित्र, फोय सङ्कलन गरी प्रदर्शन पाटीमा टाँस्नुहोस् । उत्कृष्ट चित्र वा फोटलाई पुरस्कृत पनि गर्नुहोस् ।
उत्तर 👉 तनाव व्यवस्थापनका लागि योग साधन, प्रणायाम, खेलकुद, गीत, संगीत सुन्ने गरेका चित्रहरू बनाउने । कार्यतालिका अनुसार काम गर्ने । दैनिक कार्यतालिकाको सूची तयार पार्ने । अस्वस्थ तरिकाले, वादविवाद, चर्काचर्की गरेको, टेबुलमा मुड्की बजारेका तस्वीरहरू बनाउने। समर्पण र सम्झौताहरूका खाका तयार पारी चार्ट पेपरमा लेखी टाँस्ने।
द्वन्द्व तनाव, द्वन्द्व रूपान्तरण र व्यवस्थापनको प्रक्रिया र अभ्यासहरू छन् भने त्यस्ता सम्झौताहरू पढ्ने, लेखी आफ्नो कोठामा टाँस्ने । यसका लागि विद्यार्थीहरूले आँफै फोटाहरू संकलन गर्ने, चित्र कोर्ने र प्रदर्शन गर्ने गर्नु राम्रो हुन्छ।
३. तलको अंश पढेर कक्षामा साथीहरूसँग छलफल गर्नुहोस् :
द्वन्द्व, तनाव र द्वन्द्व व्यवस्थापन
हजारौं हल्का शब्दभन्दा शान्ति ल्याउन एक शब्द काफी हुन्छ । – गौतम बुद्ध
मूल्यमान्यता, विश्वास, अवधारणामा देखिने भिन्नताका कारण उत्पन्न हुने मनोवैज्ञानिक अवस्था द्वन्द्व हो । दुई वा सोभन्दा बढी समूहहरू वा सङ्गठनहरूबिच कुनै विषयमा हुने विरोध, विवाद वा असहमतिको अवस्था द्वन्द्व हो । परम्परागत अवधारणाअनुसार द्वन्द्वलाई नकारात्मक रूपबाट लिने गरिन्छ। द्वन्द्व खराब हो र यसले विनाश निम्त्याउँछ भन्ने मान्यता यस अवधारणामा पाइन्छ। द्वन्द्वको अवधारणाले मानव सम्बन्ध महत्त्वपूर्ण पक्षका रूपमा द्वन्द्वलाई लिने गरेको छ। यस अवधारणाले द्वन्द्व स्वाभाविक र सिर्जनात्मक हुन्छ र यसलाई सामाना गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। यसलाई द्वन्द्वको आधुनिक अवधारणा पनि भनिन्छ। सन् १९७० को दशकपछि प्रचलनमा रहेको द्वन्द्वको अवधारणा अन्तरक्रियात्मक अवधारणा हो । यस अवधारणाले द्वन्द्वलाई निश्चित हदसम्म प्रोत्साहित गरिनुपर्दछ भन्ने मान्यता राख्दछ। सामाजिक गतिशीलता एवम् साङ्गठनिक गतिशीलताका लागि पनि यो आवश्यक हुन्छ भन्ने मान्यता यस अवधारणाको रहेको छ। द्वन्द्वले सिर्जना गर्ने तनाव : द्वन्द्वले व्यक्ति, परिवार र समाजमा तनावको सिर्जना गर्दछ । व्यक्तिगत गाली, बेइज्जती कुटपिट, भौतिक आक्रमण, उजुरी, मुद्दा मामिला, हिंसात्मक घटना आदिको कारण सिर्जित तनावले व्यक्ति र समाजमा नकारात्मक असर पर्दछ । यस्तो तनावलाई समयमै व्यवस्थापन गर्न सके मात्र | त्यसबाट हुने क्षति न्यून गर्न सकिन्छ।
(क) द्वन्द्व भनेको के हो ?
उत्तर👉 मूल्यमान्यता, विश्वास, अवधारणामा देखिने भिन्नताका कारण उत्पन्न हुने मनोवैज्ञानिक अवस्था द्वन्द्व हो । दुई वा सोभन्दा बढी समूहहरू वा सङ्गठनहरूबिच कुनै विषयमा हुने विरोध, विवाद वा असहमतिको अवस्था द्वन्द्व हो।
(ख) द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबिच के फरक छ ?
उत्तर👉 परम्परागत अवधारणामा द्वन्द्वलाई नकारात्मक रूपबाट लिने गरिन्छ। यसले विनाश निम्त्याउँछ । यसबाट हिंसा बढ्न थाल्छ । आधुनिक अवधारणामा द्वन्द्वलाई सिर्जनात्मक रूपमा लिइन्छ । मानव सम्बन्धका महत्त्वपूर्ण पक्षका रूपमा द्वन्द्वलाई लिने गरिन्छ । द्वन्द्व स्वाभाविक र सिर्जनात्मक हुन्छ । यसलाई सामाना गर्नुपर्दछ र समाधानका उपाय सोच्नु पर्दछ । दुई वा दुई भन्दा बढी अवधारणा वा सोचबिच द्वन्द्व भएमा नयँ अवधारणाको विकास हुन सक्छ जुन सबैलाई मान्य हुन सक्छ।
ई. १९७० पछि हालको द्वन्द्वको अवधारणा अन्तरक्रियात्मक अवधारणा हो । सामाजिक गतिशीलता तथा साङ्गठनिक गतिशीलताका लागि यो आवश्यक छ भनी हालको द्वन्द्वबारे अवधारणा छ।
(ग) के द्वन्द्वले तनाव सिर्जना गर्न सक्छ ?
उत्तर👉 व्यक्तिगत गाली, बेइज्जती, कुटपिट, भौतिक आक्रमण, उजुरी, मुद्दा मामिला, हिंसात्मक घटना आदिले गर्दा व्यक्तिमा, समाजमा र परिवारमा तनाव सिर्जना हुन सक्छ । यसबाट व्यक्तिमा, समाजमा तथा परिवारमा नकारात्मक प्रभाव पार्छ । यसरी उत्तपन्न तनावले क्षति पुयाउन सक्छ । यसैले यस्ता तनाव सिर्जना हुने कारण पहिचान गरी व्यवस्थापन गर्नुपर्छ र क्षतिलाई कम गर्न सकिन्छ।
(घ) गौतब बुद्धको भनाइको तात्पर्य एक वाक्यमा प्रष्ट पार्नुहोस्।
उत्तर 👉 गौतमबुद्ध- “हजारौं हल्का शब्दभन्दा शान्ति ल्याउन एक शब्द काफी हुन्छ ।” प्रभावकारी शब्दको प्रयोगले हिंसात्मक सोच र कार्यलाई निरुत्साहित गरी शान्ति कायम गर्न सक्छ।
४. तलको घटना अध्ययन गरौं र छलफल गरौं :
दुई गाउँलाई जोड्ने पक्की पुल कहाँ निर्माण गर्ने भन्ने विवादमा गोगने र ओलने गाउँका स्थानीयबिच झगडा र झडपले असोजको पहिलो हप्ता अखबारका पानाहरू भरिए । अहिले बनाइरहेको ठाउँमा पुल बनाए आफूलाई मान्य नहुने गोगनेपट्टिका स्थानीयहरूको भनाइ थियो । यसो गर्दा आफ्नो गाउँपट्टि बाढी पस्ने र गाउँमा क्षति पुग्ने उनीहरूको दाबी थियो भने ओलनेतर्फका स्थानीय भने अहिले बनेको ठाउँमा नै पुल बन्नुपर्ने अड्डी लिएर बसेका थिए। यसरी झडप हुँदा दुवैतर्फका गाउँलेहरू घाइते भएका थिए। केही समय यसले गाउँमा उग्ररूप लियो। पछि दुवै गाउँमा स्थानीय र भद्रभलाद्मीको मध्यस्थतामा सहमति भई वार्तासमेत भयो दुवै गाउँलाई अनुकूल हुने स्थानमा पुल बनाउने सहमति भयो । तथापि यो घटनाको असर दुवै गाउँमा लामो अवधिसम्म रह्यो। पछि दुवै गाउँका स्थानीय तहले विवाद समाधान गर्न र आपसी सम्बन्धलाई पुनर्जीवित गर्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरे। यसले दुवै गाउँमा मानिसहरूबिच रहेको तिक्ततालाई धेरै हदसम्म कम गर्न मदत पुयायो । घाइतेहरूको उपचारमा दुवै स्थानीय तहले सहयोग गर्ने र ती गाउँहरूमा अन्य विकास निर्माणका कार्यहरू गर्ने काम भयो। दुवै गाउँका युवाहरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता पनि सञ्चालन गरी सम्बन्धलाई पहिलेकै अवस्थामा पुयाउने वातावरण तयार पारियो । अहिले दुवै गाउँका खेलाडीहरू समेटी एउटै क्रिकेट क्लब गठन गरिएको छ भने दुवै गाउँका मानिसहरूबिचको आत्मीयता, सहयोग र सहकार्यले गर्दा अहिले दुवै नमुना गाउँ भएका छन्।
छलफलका विषयहरू :
(क) विवादका कारण
(ख) विवादको प्रभाव
(ग) विवाद समाधानको उपाय
(घ) यस घटनाबाट भएको सिकाइ
उत्तर 👉
(क) विवादका कारण : पक्कि पुल बनाएमा गोगनेको गाउँमा बाढी पस्ने । तोकिएको ठाउँमा नबनाएमा ओलने गाउँलेहरूलाई असुविधा हुने ।
(ख) विवादको प्रभाव : धेरै गाउँलेहरू घाइते भए । गाउँमा बोलचाल बन्द भयो । लामो समयसम्म उग्ररूप लियो।
(ग) विवाद समाधानको उपाय :
👉 दुवै गाउँका स्थानीय भद्र भलाद्मीको मध्यस्थतामा सहमति भई वार्ता भयो।
👉 अन्तरक्रिया कार्यक्रम सञ्चालन भई दुवै गाउँले बिचको तिक्तता हटाइयो।
👉 उपयुक्त स्थानमा पुल निर्माण गर्ने र आगामी निर्माणका काम गर्दा दुवै गाउँलेको मञ्जुरी लिने सहमति भयो।
👉 दुवै गाउँले मिलेर घाइतेको उपचार गर्ने, रिस राग नराख्ने सम्झौता भयो।
👉 दुवै गाउँलेबिच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना भयो।
👉 दुवै गाउँलेका खेलाडी समेटेर एउटै क्रिकेट क्लव गठन गरियो।
👉 गाउँलेको सम्बन्धलाई पुरानै अवस्थामा फकाइयो र नमुना गाउँ निर्माण गरी, आत्मीयता, सहयोग र सहकार्य बढाउने काम भयो।
(घ) यस घटनाबाट भएको सिकाइ : आपसी विचार नमिल्दा द्वन्द्व सिर्जना हुन सक्छ । यसबाट क्षति पुग्न सक्छ । यसकारण आपसी विचार नमिलेमा, आपसी अवधारणा फरक परेमा वा मूल्य मान्यता फरक परेमा विाद उत्पन्न हुने अवस्था सिर्जना भएमा सम्बन्धित पक्षहरू बसी छलफल गर्नुपर्छ। विवादका कारण खोजी सोलाई निराकरण गर्ने उपाय निकाल्नु पर्छ । यसरी विवादको समाधानको उपाय आपसी सहमतिबाट भएमा क्षति हुँदैन र आपसी सद्भाव र सम्बन्ध उस्तै रहिरहन्छ।
पाठ ५ – अन्तरवैयक्तिक सिपहरू
सारांश
१.अन्तरवैयक्तिक सिपको अर्थ र महत्त्व
यस पाठमा म भनी एउटा विद्यार्थी संस्कृतिलाई लिइएको छ। तिनलाई अन्तरवैयक्तिक सिप र महत्त्वको विषयमा वक्तृत्व दिनु थियो र तिनले आमा र तिनको साथीहरूबाट अन्तरवैयक्तिक सिपको अर्थ जान्न चाहिन । आमाको साथीले भनिन् – आफूले नजानेको कुरा अरूसँग सोधेर सिक्ने र आफ्नो विचार राखेर अरूसँग सञ्चार गर्ने सिपलाई अन्तरवैयक्तिक सिप भनिन्छ । उनले कम्प्युटर खोलेर यसबारे जान्न चाहिन । तिनले त्यहाँ धेरै तथ्य फेला पारिन् । अन्तरवैयक्तिक सिप भनेको सामाजिक संवाद गर्ने र अरूसँग सम्बन्ध बढाउने सिप हो। यसबाट व्यक्तिगत दक्षता र अन्तरसम्वाद सिप विकास हुन्छ। यसैले यसलाई जनसिप पनि भनिन्छ। यसले व्यक्तिको भिनी क्षमताको विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गरी उत्तरदायित्व वहन गर्न, नेतृत्व सिप विकास गर्न, धैर्य र सहानुभूति विकास गर्न र मिलनसार व्यक्तित्व विकास गर्न सहयोग गर्छ । अन्तरवैयक्तिक सिपले आफ्नो लक्ष्य प्राप्तिका लागि कार्य गर्ने, आफ्नो आचार र संवादको संस्कृति परिवर्तन गरी आफ्नो दैनिकीमा आइपर्ने चुनौति समाधान गर्दै व्यक्तित्व विकास गरी कामको सम्मान गर्न सिकाउँछ।
(क) माथि दिइएका तथ्य वा जानकारीले मात्र संस्कृतिले प्रतियोगिता जित्न सक्छिन् होला, तपाईंले जानेका वा खोजेका तथ्य कक्षामा प्रस्तुत गर्नुहोस्।
उत्तर 👉 संस्कृतिले अन्तरवैयक्तिक सिप र यसबाट सिक्ने सिप आदिको बारेमा जानकारी पाइन् । अब तिनले यी तथ्यहरूको विस्तारसँग विश्लेषण गर्दै वक्तृत्व दिइन भने प्रतियोगिता जित्न सक्छिन्। मैले जानेका तथ्यहरू –
अन्तरवैयक्तिक सिप भनेको व्यक्तिको आन्तरिक दक्षता विकास गरी सामाजिक परिवेशमा आफूले सो अनुसार आचरण गर्न सक्ने सिप हो । यसका लागि अरूको कुरा राम्ररी सुन्नु पर्छ, समूहमा काम गर्न सक्नुपर्छ, उत्तरदायित्व वहन गर्न सक्नुपर्छ, नेतृत्वसिप विकास गर्नुपर्छ, उत्प्रेरित भई धैर्य र सहानुभूति विकास गरी सबैसँग मिल्न सक्ने व्यक्तित्वको विकास गर्नुपर्छ । अन्तरवैयक्तिक सिपको ठूलो महत्त्व छ। यसबाट अरूको कुरा सुनी आफ्नो विचार अरू समक्ष राख्ने सिप विकास हुन्छ । आफ्नो कामलाई व्यवस्थित गर्न सकिन्छ । आफ्नो असमझदारी हटाएर अरूको यथार्थ पहिचान गर्न सकिन्छ। आफ्नो काममा आइपर्ने कठिनाइ समाधान गरी सफलताको बाटो निर्धारण गर्न सकिन्छ । यो सिपले कामको सम्मान गर्न सिकाउँछ।
२. अन्तरवैयक्तिक सम्बन्ध सुधारका उपाय
संस्कृति गृहकार्य गर्दा रेडियोबाट अन्तरवैयक्तिक सम्बन्ध सुधारका उपायबारे प्रशारण भइरहेको थियो । सोको सार-अन्तरवैयक्तिक सिप अरूलाई नराम्रो र आफू राम्रो भन्ने भाव हटाई समभाव र समानुभूतिको भाव सिकाउँछ। यसले हामी भित्रको रिस, डाहा, ईर्ष्या जस्तो संवेग नियन्त्रण गर्न सहयोग गर्छ । हामीले अरूको इच्छा पनि बुझ्नु पर्छ। अरूसँग असल सम्बन्ध विकास गर्नुपर्छ । अहंभाव छोड्ने, सहानुभूति राख्ने र अरूलाई सम्मान गरी अरूलाई असल सन्देश सुनाएर सम्बन्ध सुधार गर्न सकिन्छ।
३. अन्तरवैयक्तिक सम्बन्ध र सामाजिक सञ्जाल
संस्कृतिले सामाजिक सञ्जालमा आफ्नो फोटो राख्दा कतिले लाइक गर्छन् र कतिले सेयर गर्छनु, हेरौं भनी आमसँग सोधिन् । आमाले सामाजिक सञ्जालमा फोटो नराख्न भनिन् । सामाजिक सञ्जालमा प्रत्यक्ष भेटघाट नभएमा मानिसहरूसँग पनि चिनजान हुन्छ । विज्ञहरूसँग सम्पर्क बढाउन सकिन्छ । ज्ञानसिप आर्जन गर्न सकिन्छ । तर यसबाट अस्वस्थ सम्बन्ध बट्यो भने कुलतमा फस्न सकिन्छ। हिंसामा फस्न सक्ने तथा अनावश्यक तनाव सिर्जना पनि हुन सक्छ। खराब नियत भएकाहरूले पनि सम्बन्ध स्थापना गर्न सक्छन् भनी आमाले सिकाउनु भयो ।
(क) छोरी ठुस्किनु अनि आमाको काखमा पल्टिनु के कारणले गर्दा भएका हुन् ?
उत्तर 👉 छोरीले राम्रो फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने इच्छा गरिन् । उनले त्यो फोटो कतिले लाइक, कतिले सेयर गर्छन् भनी सोधिन् । हाम्रो फोटो भाइरल होला कि । तर उनकी आमाले फोटो राख्न मनाही गरिन् । सामाजिक सञ्जालमा दुरुपयोग हुन सक्छ भनी आमाले भनिन् । अस्वस्थ सम्बन्ध बढ्न सक्छ । फोटोप्रति नचाहिँदो वा अस्वस्थ टिप्पणी पनि गर्न सक्छन् भनी आमाले भनिन् । तिनले सामाजिक सञ्जाललाई विज्ञहरूसँग सम्पर्क गरी बरू ज्ञान सिक्ने माध्यम बनाउन सल्लाह दिइन्।
आमाले फोटो राख्न मनाही गरेकोले छोरी ठुस्केकी हुन् । तर सामाजिक सञ्जालबाट राम्रो ज्ञान पनि आर्जन गर्न सकिन्छ, सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्छ र असल सम्बन्ध विस्तार गर्नुपर्छ । सम्बन्धविस्तार गर्न सचेत हुनुपर्छ नत्र सामाजिक सञ्जाल मार्फत् अस्वस्थ सम्बन्ध बढेमा हानी नोक्सानी हुन सक्छ भनी सम्झाउनु भएकोले छोरी आमाको काखमा पल्टेकी हुन्।
२. तलको संवाद पढेर उत्तर दिनुहोस् :
मनोज : ए रमुना, भन त तिमीले गृहकार्य नगरेको दिन हुँदैन । घरको काममा पनि सघाउन भ्याउँछ्यौ । जहिले पनि हँसिली, आँटिली र सकारात्मक देखिन्छ्यौ । कसरी यो कुरा सम्भव हुन्छ ? हामीलाई पनि सिकाऊ न साथी।
रमुना : मनोज सबैभन्दा महत्त्वपूर्ण कुरा, म कहिल्यै पनि समय खेर फाल्दिनँ, आफ्ना कामहरू जहिले पनि कार्यतालिका बनाएर गर्छ । समयको सदुपयोग र व्यवस्थापन गर्नु नै मेरो सफलताको सूत्र हो।
मनोज : कसरी समय व्यवस्थापन गर्न सकिन्छ, रमुना ?
रमुना : सबै कामको सूची तयार पार्ने, सजिला काम पहिला गर्ने, जरुरी कामलाई पहिलो प्राथमिकता दिने र एक काम र अर्को कामका बिचमा छोटो समय छुट्याउने गर्नुपर्छ। सो समयमा गीत सुन्ने, खेल खेल्ने, अन्य रमाइला क्रियाकलाप गर्ने गर्नुपर्दछ । एक पटकमा एउटा मात्र काम गर्ने, कामको दैनिक अभिलेख राख्ने आदि गर्दा पनि समय व्यवस्थापन गर्न सकिन्छ।
मनोज : म त टिभी हेर्न थालेपछि पढ्न र घरका अरू काम पनि गर्न भ्याउँदिनँ । अर्को काम गर्न मन पनि लाग्दैन । तिमीलाई त्यस्तो हुँदैन।
रमुना : म सामाजिक सञ्जालमा लामो समय बस्दिनँ । त्यसले नकारात्मक लतको विकास गर्न सक्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा मेरो कार्यतालिकालाई असर पार्ने गरी म बस्दिनँ तर त्यहाँ बस्दा पनि साथीहरूसँग पढाइका कुराहरू गर्ने, अन्तरक्रिया गर्ने, नयाँ सूचनाको खोजी गर्ने, साथीलाई केही कुरा खोज्न सहयोग गर्ने गर्छ । सामाजिक सञ्जालमा आएका सूचना वा जानकारीमा शिष्ट प्रतिकृया र रचनात्मक सुझाव दिन मलाई रमाइलो लाग्छ।
मनोज : धन्यवाद, रमुना, म पनि तिमीले भने जस्तै गर्छ ।
(अ) सामाजिक सञ्जालको प्रयोगले पार्ने नकारात्मक असरहरूको सूची तयार पार्नुहोस्।
उत्तर👉 सामाजिक सञ्जालबाट हुने नकरात्मक असरहरू:
👉 समय खेर जाने,
👉 पढाइमा ध्यान केन्द्रित नहुने,
👉 अस्वस्थकर सम्बन्ध बढ्ने सम्भावना,
👉 रित्रमाथि दोषारोपण हुन सक्ने सम्भावना कुलतमा फस्ने,
👉 हिंसात्मक तथा अवैधानिक कार्यमा अरूबाट संलगनबाट गराउन सक्ने आशंका,
👉 अस्वस्थकर मनोरञ्जनमा आकर्षण बढ्न सक्ने सम्भावना।
(आ) अन्तरवैयक्तिक सिप र सामाजिक सञ्जालबिचको सम्बन्ध उल्लेख गर्नुहोस्।
उत्तर 👉 अन्तरवैयक्तिक सिप र सामाजिक सञ्जालबिच घनिष्ट सम्बन्ध छ । व्यक्ति भित्रको सामाजिक सिप तिखार्नमा सामाजिक सञ्जालले सहयोग गर्छ । सामाजिक सञ्जालमा नयाँ सूचनाको खोजी गरी ज्ञान बढाउन सहयोग मिल्छ । साथीहरूसँग अथवा अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरी आफ्नो विचार अरू समक्ष राख्न तथा अरूको विचार जान्न सकिन्छ। कुनै पनि जानकारी वा सूचनाप्रति आफ्नो टिप्पणी राख्न सकिन्छ। अरूले सामाजिक सञ्जालमा राखेका भनाइ वा टिप्पणीप्रति सभ्य, सुसंस्कृत तथा स्वस्थ भाषाको प्रयोग गरी प्रतिक्रिया व्यक्त गर्न सकिन्छ । कुनै सूचनाप्रति कसरी रचनात्मक सुझाव र शिष्ट प्रतिक्रिया जनाउन सकिन्छ त्यसका लागि कस्तो भाषा प्रयोग गर्नुपर्छ भन्ने कुराको सिप पनि सिक्न सकिन्छ । सामाजिक सञ्जाल मार्फत् आफ्नो सम्बन्ध विस्तार हुन्छ। तर साामजिक सञ्जालको प्रयोग सतर्क र सचेत भई गर्नुपर्छ । अस्वस्थ सम्बन्ध तथा अस्वस्थ मनोरञ्जन जस्ता कार्यबाट टाढै बस्नुपर्छ।
४. असल नेतृत्वका लागि अन्तरवैयक्तिक सम्बन्ध व्यवस्थापन
नेतृत्व व्यक्ति, समूह र सङ्गठनको अगुवाई गर्ने कार्य हो । यो अरूलाई उत्प्रेरित गर्ने कला पनि हो । नेतृत्व गर्न इच्छाशक्ति, सिर्जनात्मकता र विनम्र भाव चाहिन्छ । आत्मानुशासन, नियमको पालना, सहनशीलता र धैर्यविना नेतृत्व सम्भव छैन । यसका लागि वुद्धि, स्वच्छता र सार्वजनिक व्यक्तित्व हुनु पनि आवश्यक छ। दिदीले मासिक पत्रिकामा एउटा लेख पढिन् । मलाई नेताको स्वरूप जान्ने उत्सुकता भयो । गाउँमा एउटा नेताले परोपकार र समाजसेवामा आफ्नो सम्पत्तिसम्म खर्च गरे । अर्को मन्त्री भएका नेताले सहरमा घरजग्गा र गाडी जोडे । मैले दिदीले पत्रिकामा पढेको नेताको रूपको विश्लेष्ण गरें । असल नेतृत्व विकास गर्न आफूलाई बुझ्नु पर्छ भनेको आफ्नो क्षमता बुझ्नु पर्छ भनेको हो । सामुहिक विचारलाई सम्मान गरी सक्रिय समूह निर्माण गर्नुपर्छ । निर्णय क्षमता र समस्या समाधान सिप तिखार्नु पर्छ । व्यक्ति व्यक्तिबिच सम्बन्ध विचार गर्नुपर्छ । नेतृत्वले अरूको सम्मान गर्ने, सकारात्मक सुझाव मान्ने, गुनासा सुन्ने र अरूको राम्रो कामको प्रशंसा गर्नुपर्छ । अस्वस्थ आलोचना, नकारातमक सोच, अहं भावना, गलत सन्देश प्रवाह गर्नु हुँदैन । मैले पहिलेका नेताहरूलाई सम्झे अनि तेस्रो किसिमको नेताको परिकल्पना गरें ।
(क) यहाँ उल्लेख भएअनुसार तेस्रो नेता कस्तो हुनुपर्छ ? तेस्रो नेतामा हुनुपर्ने विशेषता लेख्नुहोस्।
उत्तर👉 तेस्रो नेता दृढ इच्छा शक्ति भएको, सिर्जनात्मक सोच भएको, सहनशील, आत्मानुशासन भएको, अरूको गुनासो सुन्ने, धैर्यवान, समस्या समाधान गर्ने क्षमता, नेतृत्व गर्न सक्ने क्षमता तथा सार्वजनिक व्यक्तित्वको हुनुपर्छ। तेस्रो नेतामा हुनुपर्ने विशेषताहरू:
👉 दृढ इच्छाशक्ति
👉 अरूको गुनासो सुन्ने
👉 धैर्यवान
👉 विनम्र
👉 निस्वार्थी
👉 अरूको सम्मान गर्ने
👉 समूहलाई असल बाटोमा लैजाने क्षमता भएको
👉 अहंभावना नभएको
👉 सहयोग लिन र दिन सक्ने
👉 आफ्नो क्षमता पहिचान गर्न सक्ने
👉 सिर्जनातमक सोच भएको
👉 आत्मानुशासनमा रहने
👉 सहनशील
👉 सामूहिक विचारको कदर गर्ने
👉 निर्णय गर्ने क्षमता
👉 अरूको असल कामको प्रशंसा गर्ने
👉 समभाव, सहानुभूति राख्ने
👉 मिलनसार
👉 चुनौतिको सामना गर्न सक्ने
👉 अस्वस्थ आलोचना तथा गलत सन्देश प्रवाह नगर्ने आदि।
(ख) कस्ता व्यक्तिले अन्तरवैयक्तिक सम्बन्ध व्यवस्थापन गर्न सक्छ ? एक वाक्यमा उत्तर दिनुहोस्।
उत्तर 👉 सामाजिक, सांस्कृतिक, व्यक्तिगत तथा सन्दर्भगत समाधान गर्न सक्ने व्यक्तिले मात्र अन्तरवैयक्तिक सम्बन्ध व्यवस्थापन गर्न सक्छ । अन्तरवैयक्तिक सम्बन्ध व्यवस्थापन गर्न सक्ने व्यक्तिले असल नेतृत्व दिन सक्छ । मूल्यमान्यता बिचको बाधा, समाजको वर्गगत र जातिगत विभेद, अहम् भावना, अरूको गुनासो वा कुरा सक्रिय रूपमा नसुन्ने, आफ्नो विचार सर्वोपरि मान्ने, विषयगत मतभेद आदि असल नेतृत्वका बाधाहरू हुन्।
(ग) नेतृत्व भनेको के हो ?
उत्तर 👉 नेतृत्व भनेको व्यक्ति, समूह वा सङ्गठनको अगुवाई गर्ने काम हो । यो अरूलाई उत्प्रेरित गर्ने कला पनि हो।
५. टोलीकार्य र नेतृत्व विकास
टोलीकार्य समूहमा काम गर्ने सिप हो । समूहमा काम गर्दा व्यवस्थापक र कामदार व्यक्ति आफैं हुन्छ । काम गर्दागर्दै मानिसहरूले सिक्छन् र त्यसलाई नेतृत्वका रूपमा परिणत गर्छन् । टोली कार्य संवाद, योजना, बैठक र सहकार्यमा अरुसँग मिलेर काम गर्ने दक्षता र गुणस्तर हो। काकाले एउटा सुन्दर वर्णन सुनाउनुभयो – हाम्रो गाउँमा पहिले सारै राम्रा चलन थिए । दसैं आउनुपूर्व हामी सबै गाउँको बाटो खन्न जान्थ्यौँ । प्रत्येक घरबाट एक एक जना कुटो कोदालो बोकेर आउँथे। शिरानचोकदेखि पुछार घरसम्म मूल बाटो थियो । वर्षाको भेलले बाटो बिग्रिएको हुन्थ्यो । हामी खाल्डाखुल्डी पुथ्यौँ । हाम्रा सॉल्दाइ पर्खाल लगाउन सिपालु हुनुहुन्थ्यो । हामीले नजान्दा उहाँ सिकाइदिनुहुन्थ्यो । वीरबहादुरको दश बर्से छोरालाई जाली बाँध्न आउँदो रहेछ । उसले साँल्दाइलाई जाली बाँधेर पर्खाल लाउन सिकायो । सानो केटाले पाको मान्छेलाई सिकाउँदा सबै हाँसे तर साँल्दाइले धाप मारेर उसलाई स्याबासी दिनुभयो । उहाँले सबैलाई सम्झाएर भन्नुभयो, “यस्ता सामूहिक काम सबैले मिलेर गर्नुपर्छ । एउटाले जानेको सिप अरूलाई सिकाउनुपर्छ । यो बाटो राम्रो पार्न सबैले आआफ्नो बुद्धि प्रयोग गरौं न । दसैंमा आउने पाहुनाले हामी सबैलाई प्रशंसा गर्छन् ।” हामी उहाँकै विचारमा लाग्यौँ । हरेक वर्ष फूलपातीका दिन बाटो खन्ने नियम नै बनायौँ । यसै गरी हामी असारको १५ गते कुलो सफा गर्न जान्थ्यौँ । सबैले धान रोप्न पाउँथे। भदौ १५ गते धारा कुवा सफा गथ्यौँ । मङ्सिरमा वनभोज जान्थ्यौँ । यी सबै काममा साँल्दाइले नै योजना बनाउनुहुन्थ्यो । उहाँको सल्लाह, सिर्जनशीलता, निर्देशन, प्रभाव, भाषा र उत्प्रेरणालाई सबैले स्वीकार गर्थे । उहाँको योगदानलाई कदर गर्दै हामीले वडाध्यक्ष बनायौँ । उहाँ रहुन्जेल उहाँकै नेतृत्वमा गाउँका विकास भए । अहिलेका वडाध्यक्षले पनि । साँलदाइबाटै प्रभाव ग्रहण गरेर काम गरिरहेका छन्।
यो पनि पढ्नुहोस् :
दि तपाईं टोलीकार्यबाट नेतृत्व विकास गर्न चाहनुहुन्छ भने,
👉 समूहमा खुला र इमानदारीपूर्वक काम गर्नुहोस् ।
👉 सामूहिक लक्ष्य निर्धारण गर्नुहोस् ।
👉 आफ्ना सफलतालाई सम्मान गर्नुहोस् ।
👉 समूहका प्रत्येकलाई समस्या समाधानमा सहभागी बनाउनुहोस्।
👉 समूहका लागि स्रोत र दक्षता विकासको व्यवस्था गर्नुहोस्।
👉 सबैलाई उत्तरदायी बनाउनुहोस्।
👉 सबैप्रति सहानुभूति राखी खुला दृष्टि राख्नुहोस् ।
👉 व्यक्ति व्यक्तिबिच सम्बन्ध विस्तार गर्नुहोस् ।
👉 सबैलाई सम्मान गर्नुहोस्।
अभ्यास
१. अन्तरवैयक्तिक सिप भनेको के हो ?
उत्तर👉 अन्तरवैयक्तिक सिप भनेको सामाजिक सम्वाद गर्ने, आफूले नजानेका कुरा अरूसँग सोधेर सिक्ने, आफ्ना विचार राखेर अरूसँग सञ्चार गर्ने सिप अन्तरवैयक्तिक सिप हो । यो व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा समायोजन वा मिलन हुन सक्ने सिप हो । यसले हामीलाई अरूका कुरा सक्रियतापूर्वक सुनेर समूहमा काम गर्न उत्तरदायित्व वहन गर्न, नेतृत्व सिप विकास गर्न, उत्प्रेरित हुन, धैर्य सहानुभूति विकास गरी लचकदार व्यक्तित्व विकास गर्न सहयोग गर्दछ।
२. अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ ?
उत्तर 👉 अन्तरवैयक्तिक सिप महत्त्वपूर्ण छ, किनकि यसले:
👉 सामाजिक सम्वाद गर्ने र अरूसँग सम्बन्ध बढाउने सिप विकास गर्छ।
👉 व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा मिल्न सिकाउँछ।
👉 आफ्ना लक्ष्य प्राप्तिका लागि चुनौति सामाना गर्न सिकाउँछ।
👉 आफ्ना विचार विमर्श सम्वाद गर्ने संस्कृतिलाई राम्रो बनाउन सिकाउँछ।
👉 आफ्नो कामलाई व्यवस्थित गर्न सिकाउँछ।
👉 आफूभित्रको असमझदारी हटाई अरूको क्षमता पहिचान गर्ने सिप विकास गराउँछ।
👉 आफ्नो व्यक्तित्व विकास गर्न सघाएँछ।
👉 सङ्कट व्यवस्थापन गर्न र जुनसुकै कामलाई पनि सम्मान गर्ने सिप सिकाउँछ।
👉 अरूको कुरा ध्यानपूर्वक सुनि, आफ्नो विचार राखी विषय प्रस्तुतिप्रति स्पष्ट सम्वाद गर्न सिकाउँछ।
👉 अरूलाई विश्वासमा लिएर आफ्नो काम सफल बनाउने सिप विकास गर्छ।
👉 उत्तरदायित्व वहन गर्ने, नेतृत्व सिप विकास गर्ने, सहानुभूति र समभाव विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गर्ने असल व्यक्तित्वको विकास गर्न सिकाउँछ।
३. अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरू लेख्नुहोस्।
👉 अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्न निम्न उपायहरू अवलम्बन गर्नुपर्दछ।
👉 हामीले रिस, डाहा, इर्ष्या जस्ता संवेग नियन्त्रण गर्नुपर्छ।
👉 आफूलाई विज्ञ र ठूलो ठान्ने, तथा अरूलाई नराम्रो ठान्ने अहम्भावना त्याग्नु पर्छ।
👉 नकारात्मक सोच हटाई, सकारात्मक सोच राख्नु पर्छ।
👉 अरूको ज्ञानबाट राम्रो कुरा सिक्नु पर्दछ।
👉 अरूको कुरा राम्ररी सुन्ने, बुझ्ने र आफ्नो प्रतिक्रिया शिष्ट भाषामा जनाउनु पर्छ।
👉 अरूप्रति सहानुभूति र समभाव राख्नु पर्छ।
👉 आफ्नो मनको विचार फाली अरूको असल कुरा सुन्ने र आफूले पनि अरूलाई असल कुरा भन्ने गर्नुपर्छ।
👉 आफूले सम्मान पाउन अरूलाई सम्मान गर्नुपर्छ।
👉 अग्रगामी सोच राख्नु पर्छ।
👉 समग्रमा रिस, राग, द्वेष, इर्ष्या, डाह, मोह, लोभ, अहंकार फालेर, मिलनसार, विवेकशील, कृपालु, दयाभावना राख्ने, सबैलाई समान देख्ने, श्रमको सम्मान गर्ने, उद्यममा लाग्ने, खोजअनुसन्धानमा रमाउने, मिजास, जिज्ञासु र लगनशील बन्न सकेमा अरूसँगको सम्बन्ध सुमधुर बनाउन सकिन्छ।
४. अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ ?
उत्तर👉 इन्टरनेटको माध्यबाट चल्ने युट्युव, फेसबुक, ट्वीटर आदि सामाजिक सञ्जालका अङ्गहरू हुन् । सामाजिक सञ्जालको उपयोग विश्वमा बहुत रूपमा भइरहेको छ। अभिनेता, नेता, राजनेता, व्यापारी तथ अन्य व्यक्तिहरूले पनि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालमा आफूले गरेको टिप्पणी चित्र आदि मन पराएमा लाइक भनी टिप्पणी आउँछ अरू बढी प्रचार भए Viral भयो भनी भनिन्छ । अन्य व्यक्तिहरूसँग घरमै बसेर सम्बन्ध स्थापित गर्ने यो उत्तम माध्यम हो । तर सामाजिक सञ्जालको दुरुपयोग पनि बढिरहेको छ । नचाहिँदो टिप्पणी गर्ने, फोटोहरू दुरुपयोग गर्ने, दबाबमा पार्ने जस्ता कार्यहरू पनि भइरहेका छन् । असामयिक तत्त्वहरूले सम्पर्क गरी नचाहिँदो काममा फसाउन सक्छन् । अस्वस्थ मनोरञ्जनले मनमा विकार उत्पन्न गराउन सक्छ।
सामाजिक सञ्जाल सिकाइको असल माध्यम हो । विज्ञहरूसँग नजानेको कुरा सोध्ने, साथीहरूसँग पढाइका सम्बन्धमा छलफल गर्ने, ज्ञान सिप आर्जन गर्ने, कूलतमा लाग्न सक्ने सम्बन्धलाई ध्यानमा राखी सचेत र सतर्क भई सामाजिक सञ्जालको प्रयोग गर्नुपर्दछ। असल सम्बन्ध विस्तारका लागि यसको प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जालबाट अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने तरिकाहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
👉 सामाजिक सञ्जाललाई सम्बन्ध विकास गर्न, सूचना आदान प्रदान गर्न तथा हार्दिक सम्बन्ध विकास गर्न विवेकशील प्रयोगमा ध्यान दिने।
👉 सामाजिक सञ्जालमा भूलवस वा नियतवस पोस्ट भएका स्टाटसहरू पहिचान गरी वास्तविकता बुझ्ने प्रयत्न गर्ने।
👉 सामाजिक सञ्जाललाई आवश्यकता अनुसार कुराकानीको माध्यम बनाउने र वास्तविक धरातलमा रहेर आफ्ना विचारहरू सम्प्रेषण गर्ने।
👉 सामाजिक सञ्जालमा लेखिएका वा सम्प्रेषित गरिएका साना साना गल्तिले पनि सामाजिक सम्बन्धमा दरार उत्पन्न हुन सक्छ भन्ने कुराको ख्याल गर्ने ।
👉 सामाजिक सञ्जालले धेरै ठूलो क्षेत्र ओगट्ने भएकाले यसको सही सदुपयोग गर्न सके अन्तरवैयक्तिक सम्बन्ध विकासमा यो एक भरपर्दो माध्यम हुन सक्छ भन्ने वास्तविकतालाई आत्मसात गर्दै सोही अनुरूपको सामाजिक सञ्जाललाई प्रयोगमा ल्याउने।
सामाजिक सञ्जालबाट हुने नकारात्मक असरहरूको सूचि यसप्रकार छः
👉 समय खेर जाने
👉 पढाइमा ध्यान केन्द्रित नहुने
👉 अस्वस्थकर सम्बन्ध बढ्ने सम्भावना
👉 चरित्रमाथि दोषारोपण हुनसक्ने, कुलतमा फस्ने सम्भावना
👉 हिंसात्मक तथा अवैधानिक कार्यमा अरूबाट संलग्न गराउन सक्ने आशंका
👉 अस्वस्थकर मनोरञ्जनमा आकर्षण बढ्न सक्ने सम्भावना
अन्तरवैयक्तिक सिप र सामाजिक सञ्जाल
अन्तरवैयक्तिक सिप र सामाजिक सञ्जाल बिच घनिष्ट सम्बन्ध छ । व्यक्ति भित्रको सामाजिक सिप निखार्नमा सामाजिक सञ्जालले सहयोग गर्दछ। यसमा नयाँ सूचनाको खोजी गरी ज्ञान बढाउन सकिन्छ। साथीसँग वा अनय जानिफकार व्यक्तिसँगको सम्बन्ध विस्तार गरी, अन्तरक्रिया गरी अरूको विचार सुन्न र आफ्नो विचार राख्न सकिन्छ। कुनै पनि जानकारी वा सूचनाप्रति आफ्नो टिप्पणी राख्न सकिन्छ। अरूले सामजिक सञ्जालमा राखेका भनाइ वा टिप्पणी प्रति, सभ्य, सुसंस्कृत तथा स्वस्थ भाषाको प्रयोग गरी । प्रतिक्रिया व्यक्त गर्न सकिन्छ । कुनै सूचना प्रति कसरी रचनात्मक सुझाव र शिष्ट प्रतिक्रिया जनाउन सकिन्छ, त्यसका लागि कस्तो भाषा प्रयोग गर्नु पर्छ भन्ने कुराको सिप पनि विकास गर्न सकिन्छ । सामाजिक सञ्जाल मार्फत् आफ्नो सम्बन्ध विस्तार हुन्छ। तर सामाजिक सञ्जालको प्रयोग सतर्क र सचेत भई गर्नुपर्छ। अस्वस्थ सम्बन्ध र अस्वस्थ मनोरञ्जनबाट टाढै बस्नु पर्छ।
५. असल नेतृत्व विकास गर्न के के गर्न सकिन्छ ?
उत्तर 👉 नेतृतव व्यक्ति, समूह र सङ्गठनको अगुवाई गर्ने कार्य हो । यो अरूलाई उत्प्रेरित गर्ने कला पनि हो। नेतृत्व गर्न इच्छाशक्ति, सिर्जनात्मकता, विनम्र भाव चाहिन्छ । आत्मानुशासन, नियमको पालना, सहनशीलता र धैर्य विना नेतृत्व सम्भव छैन । यसका लागि बुद्धि, स्वच्छता र सार्वजनिक व्यक्तित्व हुनु पनि आवश्यक छ। समूहलाई उत्प्रेरित गरी लक्ष्य प्राप्तिका लागि सबैको सहयोग लिने क्षमता, असल नेतृत्वमा हुन्छ । नेतृत्व एक व्यक्तिले अरूसँग मित्रता, पारिवारिक सम्बन्ध, पेसागत सम्बन्ध, मायाममता, भातृत्व र समभाव विकास गर्ने आधार हो । नेतृत्व गर्ने सिपबाट अरूको सम्मान गर्ने, सकारात्मक सुझाव लिने, गुनासाहरू सुन्ने, निर्णय गर्ने क्षमता तथा समस्याहरू पहिचान गरी समाधान गर्ने सिप परिष्कृत गर्न सकिन्छ। नेतृत्वले अरूलाई सम्भव गर्न, सकारात्मक पृष्ठपोषण ग्रहण गर्न, गुनासा सुन्न, अरूका असल कामको प्रशंसा गर्न जान्नुपर्छ । अस्वस्थ आलोचना, नकारात्मक सोच, अपहेलना तथा गलत सन्देश प्रवाह गर्नु हुँदैन । असल नेतृत्वका लागि सामाजिक तथा संवेगात्मक अन्तरक्रिया आवश्यक पर्छ।
६. येलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ ?
उत्तर 👉 टोलीकार्य समूहमा काम गर्ने सिप हो । समूहका काम गर्दा व्यवस्थापक र कामदार व्यक्ति आफै हुन्छ । काम गर्दागर्दै मानिसहरूले सिक्छन् र त्यसलाई नेतृत्वका रूपमा परिणत गर्दछन् । टोली कार्य सम्वाद, योजना, वैठक र सहकार्यमा अरूसँग मिलेर काम गर्ने दक्षता र गुणस्तर हो।
टोलीकार्य वा समूह व्यवस्थापनका विशेषताहरू:
👉 कुनै निशिचत उद्देश्यका साथ समूह निर्माण हुने । यस्तो उद्देश्यमा दुई वा दुईभन्दा बढी व्यक्ति सम्मिलित हुन्छन्।
👉 टोलीका प्रत्येक सदस्य बिच एक आपसी सहयोग र विश्वास हुने भएकाले यिनीहरू लक्ष्यप्रति प्रतिवद्ध हुन्छन्।
👉 टोलीका प्रत्येक सदस्यको भूमिका समान हुने भएकाले स्वस्थ प्रतिस्पर्धा र खुलापन रहन्छ । टोलीमा सानो, ठूलो वा बोस, तल्लो कामदार भन्ने अवस्था नै रहँदैन ।
👉 कार्यशैलीपूर्ण वातावरण हुने भएकाले समूहमा विश्वासको वातावरण रहन्छ साथै टोलिकार्यको नियमित अनुगमन हुने भएकाले कार्य प्रभावकारी समेत हुन्छ।
टोलीकार्यबाट नेतृत्व विकास गर्नका लागि देहाय बमोजिमका कार्यहरू गर्नुपर्छ :
👉 समूहमा खला र इमान्दारीपूर्वक काम गर्नु पर्छ।
👉 सामूहिक लक्ष्य निर्धारण गर्ने।
👉 आफ्ना सफलतालाई सम्मान गर्ने।
👉 समाजका प्रत्येक समूहलाई समस्या समाधानमा सहभागी बनाउने।
👉 समूहका लागि स्रोत र दक्षता विकासको व्यवस्था गर्ने ।
👉 सबैलाई उत्तरदायी बनाउने।
👉 सबैप्रति सहानुभूति राखी खुला दृष्टिकोण राख्ने।
👉 व्यक्ति व्यक्ति बिच सम्बन्ध विस्तार गर्ने ।
👉 सबैलाई सम्मान गर्ने।
👉 आफै मूल्याङ्कन गर्ने।
यी कार्यहरूबाट आफै नेतृत्व गर्ने सिपको विकास हुन्छ । समग्रमा भन्दा टोलीकार्य र नेतृत्व विकास एक जीवनोपयोगी सिप हो । व्यक्तिगत जिवनमा पनि सामूहिक कार्य गर्न तथा सामुदायिक गतिविधिमा सहभागी हुने सन्दर्भमा हामीलाई टोली कार्य तथा नेतृत्व सिपको आवश्यकता पर्छ । अरूको विचारको सम्मान गर्दै, अरूलाई विश्वासमा लिएर आफ्नो लक्ष्यमा अघि बढ्न नेतृत्व सिप सम्बन्धी सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासलाई प्रयोगमा ल्याउन सकिन्छ।
परियोजना कार्य
१. माथि म पात्रले रेडियो सुन्दासुन्दै छिमेकी लीला भाउजूलाई रेडियो सुन्न अनुरोध गरेकी छन् । रेडियो । सुनेपछि लीला भाउजूले के गरिन् होला ? के घरमा झैझगडा अन्त्य भयो होला ? तपाइँ उहाँलाई के सुझाव दिन सक्नुहुन्छ ? उल्लिखित पक्ष समेटी प्रतिवेदन तयार पारेर प्रस्तुत गर्नुहोस्।
उत्तर👉 लीला भाउजुले रेडियो सुनेपछि केटाकेटीहरूलाई अलग्गै लगिन । होली र रक्सी पिएका श्रीमान्लाई शान्त बनाउने कोशिश गरिन होली । रेडियोबाट अन्तर्सम्बन्ध विस्तार गर्ने उपाय भनेकोले लीला भाउजुले रक्सी पिउने श्रीमान्सँग नम्र भई रक्सीको नराम्रो परिणामबारे बताइन् होली । छोराछोरी वा घरमा आउँदा अगाडि नपर्नु भनिन् होली । यसबाट घरमा भएको झैझगडा अन्त्य भएको हुनसक्छ । लीला भाउजुलाई म श्रीमान्को राम्रो हेरचाह गर्न सुझाव दिन्थे। सकेसम्म उनलाई पुनर्स्थापना केन्द्रमा लगी कुलत बानी छुटाउन लगाउथे। घरपरिवारभित्र सबैसँग सुमधुर सम्बन्ध स्थापना गर्न सुझाव दिन्थे।
२. दिइएको चिठी पढ्नुहोस् र यसबाट छोरीका सिकाइ र शर्मिलाको व्यवहारबाट लिन सकिने कुरा उल्लेख गरी छोरीले आमालाई लेख्ने चिठी तयार पार्नुहोस्।
प्यारी छोरी डोल्मा
शुभाशीर्वाद
हामी यहाँ सबै आराम छौँ । तिमीलाई आराम होस् भन्ने चाहन्छौँ ।
सिकेको सिपले समूहमा मिलेर काम गर्न मदत गर्छ । त्यस्तै परिवार र साथीहरूसँग प्रभावकारी सञ्चार र अन्तरक्रिया गरी असल सम्बन्ध र मित्रता कायम गर्न सकिन्छ । सबैले सामूहिक सक्रियता र उचो मनोबलले कुनै पनि संस्थाको उद्देश्य प्राप्तिमा मदत पुयाउँछ । संस्थाको प्रतिफलमा वृद्धि हुन्छ । रोजगारीमा यस्ता सिप भएका व्यक्तिहरूले प्राथमिकता पाउने अवस्था रहन्छ । कार्य थलोमा पनि रोजगारदाताले सकारात्मक सोच, टोलीमा मिलेर काम गर्ने, आत्मविश्वासी र जिम्मेवारी बोध भएको कारणले बढी विश्वास गर्ने अवस्था रहन्छ। समूहमा मिलेर काम गर्ने, अरूलाई सहयोग र समन्वय गर्ने, आफ्ना विचार निर्धक्क राख्ने, अरूप्रति समानुभूति प्रदर्शन गर्ने व्यक्ति सजिलै समाजमा घुलमिल हुने हुन्छ। मैले यति कुरा गरिरहँदा तिमीले यसको आवश्यकता र महत्त्व बुझ्यौ होला। छोरीको भविष्यप्रतिको चासो र जिम्मेवारी बोधको कारण यति कुरा गरें है।
तिम्री आमा
डिङ्मा
उत्तर 👉 चिठी आमा डिङ्माले छोरी डोल्मालाई लेखेकी हुन् । छोरी कम बोल्ने, साथीहरूसँग घुललिम कम गर्ने बानीले सहज र सफल जीवन जिउन कठिनाई पर्ला भनी आमालाई चिन्ता छ। सार्थक जीवन र पेशालाई सफल बनाउन सञ्चार र अन्तरक्रिया गर्ने सिप, सहयोग, घुलमिल हुन सक्ने बानी पनि चाहिन्छ। माथिल्लो घरकी काकी शर्मिला निर्धक्क बोल्छिन् । उनमा आत्मविश्वास छ । अर्काको कुरा सुन्छिन् । सकारात्मक सोच राखी समूहमा मिलेर काम गर्छिन् । सहकर्मीमाथि विश्वास गरी कामको जिम्मेवारी दिन्छिन् । यो उनको राम्रो बानीले समूहमा मिलेर काम गर्ने, उच्च मनोबल भएको, सबैसँग प्रभावकारी सञ्चार र अन्तरक्रिया गर्ने व्यक्तिले संस्थाको उन्नति गर्छ । यस्ता व्यक्तिलाई रोजगारदाताहरूले विश्वास गर्छन् । आफ्नो विचार निर्धक्क राख्ने, अरूको गुनासो सुन्ने, सहानुभूति राख्ने व्यक्ति समाजमा छिट्टै घुमिल गर्न सक्छन्।
छोरीले आमालाई लेखेको चिठी :
ज्योतिनगर
२०७८/१/५
ममतामयी आमा
सादर दण्डवत्
तपाईंले पठाउनु भएको चिठी पाएँ । तपाईंले बेलाबेलामा घरमा दिएका शिक्षा र उत्प्रेरणा मैले सँगालेर मनमा राखेकी छु । यहाँ मलाई मेरै घरपविार र समाज जस्तो लाग्छ । यहाँ साथीहरूको पनि समूह बनाएको छु। साथीहरू केही न केही पेशामा आवद्ध छन् । काम गर्ने ठाउँमा पनि सबैसँग राम्रो सम्बन्ध राखेकी छु। अरूलाई अप्ठ्यारोमा पर्दा सकेसम्म सहयोग गर्ने गरेकी छु । कामप्रति मेरो जिम्मेवारीबोध मलाई छ । आत्मविश्वासका साथ म आफ्नो काममा लागिरहेकी छु। विना काम अरूलाई दुःख दिने गरेकी छैन । मेरो हाकिमहरू पनि म प्रति सहानुभूति राख्नुहुन्छ र मलाई विश्वास गर्नु हुन्छ । सबैसँग सुसम्बन्ध राखी नम्र भाषा प्रयोग गरी जिम्मेवारी बोध गर्दै म आफ्नो काम गर्दैछु । आमा, तपाईले लिएको चिन्ता ठिकै हो । तपाईले दिनु भएको शिक्षालाई लिएर हिँडिरहेकी छु। तपाईले बेला बेलामा सम्झाउनु हुने नै भन्ने विश्वास लिएकी छु।
तपाईकी छोरी
डोल्मा
