Class 8 Nepali Lesson 11

Class 8 Nepali Lesson 11
Unit-11  एकजोर जुत्ता

अभ्यास

शब्द भण्डार

१. दिइएका शब्द र अर्थबारे छलफल गर्नुहोस् :

शब्द      अर्थ

असार – सार नभएको, आषाढ महिना

खोटो – नचल्ने पैसा, सल्लाको चोप

वर – दुलाहा, नजिक

पक्ष – विवादको एक पाटो, पन्ध्र दिन

फल – परिणाम, फलफूल

पासो – जाल, झेल

नगर – सहर, निषेध

जग – पानी खाने भाँडो, घरको आधार

नाल – बन्दुकको नली फोहोर बग्ने बाटो

हुस्सु – कुहिरो, मूर्ख

२. दिइएका शब्द पढ्नुहोस् र शिक्षकसँग छलफल गरी तिनको अर्थ लेख्नुहोस् :

शब्द    अर्थ

सभ्य – शिष्ट, भद्र

मलिन – अँध्यारो, मलिनो

दोमन – दोधार, यसो गरूँ कि उसो गरूँको स्थिति

खिन्न – उदास, दिक्दार

जिज्ञासु – जान्न चाहने, जिज्ञासा राख्ने

आश्चर्यपूर्ण – आश्चर्यजनक, छक्क पार्ने

गम्भीर – गहिरो, जटिल, शान्त

खुलस्त – स्पष्ट, नलुकाईकन व्यक्त गरिएको

अचानक – एक्कासी, अकस्मात्, अपर्झट

तरङ्ग – उत्साह, चञ्चलताको अवस्थामा मनमा उठ्ने तर्कविर्तक

निवास – आश्रम, घर

३. दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस् :

साल : वर्ष, सखुवा, सालको रुख

ताप : तातोपन, मानसिक दुःख वा पिर

पुतली : खेलौना, किराको एक जाति

दाना : पशपन्छीको आहार, फलफूलको गेडो

ताल : ठुलो पोखरी, चाल वा पारा

४. दिइएका अनेकार्थी शब्दलाई फरक फरक अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर : उसलाई प्रश्नको उत्तर लेख्न आएन । उसको घर चोकबाट उत्तरतिर पर्छ ।

कल : मैले लुगा सिउने कल किन्ने विचार गरेँ । साना साना कुरामा कल गर्ने बानी राम्रो होइन ।

गोल : आजको फुटबल खेलमा मैले निर्णायक गोल गरेँ । विश्वकर्मा दाइ गोल बनाउन जङ्गलतिर लाग्नुभयो ।

तर : मलाई दुधको तर मन पर्दैन । हरि आयो तर श्याम आएन ।

मास : मलाई मासको दाल मिठो लाग्छ । असार मासमा धेरै पानी पर्छ ।

हार : उसले श्रीमतीलाई हार किनिदियो । आजको खेलमा हाम्रो क्लबको हार भयो ।

५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

किनमेल : म शनिवार बजार गई किनमेल गर्छु 

सप्तरङ्गी : इन्द्रेनी लागेको बेलामा देखिने सप्तरङ्गी दृश्यले मोहित पार्छ । 

पुलकित : भाइको मुहार खेलौना पाएर खुसीले पुलकित भएको छ । 

अचानक : अचानक कति ठूलो पानी पर्‍यो ।

शङ्कालु : कसैमाथि धेरै शङ्कालु बन्नु हुँदैन ।

खुलस्त : हामीले आफ्ना मनका कुरा खुलस्तसँग राख्नुपर्छ । 

संवाद : ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोलिने संवाद साह्रै मन पर्छ ।

निन्याउरो : मन दुखी हुँदा अनुहार निन्याउरो हुन्छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *