Class 8 Nepali Lesson 5

Class 8 Nepali Lesson 5
Unit-5 मानव अधिकार

अभ्यास

शब्द भण्डार

१. ‘मानव अधिकार’ निबन्धबाट दिइएका अर्थ बुझाउने शब्द खोजेर लेख्नुहोस् :

(क) आफूले पूरा गर्नुपर्ने जिम्मेवारी = दायित्व 

(ख) आफू जन्मिएको ठाउँ = जन्मभूमि 

(ग) आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा = स्वाभिमान

(घ) धेरै उमेर भएका नागरिक = जेष्ठ नागरिक

(ङ) न्याय दिलाउने ठाउँ = न्यायालय 

३. उपयुक्त समावेशक र समावेश्य शब्दका बिच जोडा मिलाउनुहोस् :

विषय = गणित

चरो = डॉफे

धातु = चाँदी

देश = नेपाल

खेल = फुटबल 

ऋतु = हेमन्त

हिमाल = सगरमाथा

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

बाल्यकालीन = बाल्यकालीन समयमा जस्तो आनन्द कुनै समयमा पनि हुँदैन ।

प्रणाम = हामीले आफूभन्दा ठुलालाई प्रणाम गर्नुपर्छ ।

दायित्व = म मेरो दायित्व पूरा गर्नेछु ।

आभास = ओमकार टेलिभिजनमा ‘पञ्चामृत’ कार्यक्रम हेर्दा आनन्दको आभास हुन्छ ।

रीतिरिवाज = हामीले आफ्नो रीतिरिवाज बिर्सनुहुँदैन ।

मर्यादा = हामीले आफ्नो मर्यादामा बसेर काम गर्नुपर्छ ।

बहुभाषिक = साजन बहुभाषिक गुण भएको व्यक्ति हो ।

विकृति = समाजका विकृति विसङ्गतिलाई जरैदेखि हटाउनुपर्छ ।

बोध र अभिव्यक्ति 

२. मानव अधिकार निबन्ध पढी सोधिएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

क. मुलुकको सर्वोच्च कानुन कुन हो ? 

=> मुलुकको सर्वोच्च कानुन सँविधान हो ।

ख. असल नागरिकको कर्तव्य के हो ?

=> असल नागरिकको कर्तव्य आफूलाई स्वयंसेवीकाको रूपमा रूपान्तरित गर्नु हो ।

ग. मानव अधिकारका बारेमा कसले कुरा बुझाउनुभएको थियो ? 

=> मानव अधिकारका बारेमा गुरुहरूले कुरा बुझाउनु भएको थियो ।

घ. नेपाली विश्वमा कसरी उदाहरणीय बन्ने गरेका छन् ? 

=> विविधताभित्रको एकता र सहिष्णुताका कारण नेपाली विश्वमा उदाहरणीय बन्ने गरेका छन् ।

ङ. निबन्धको अन्तिम अनुच्छेदमा कुन कुन विषयवस्तु समेटिएको छ ? 

=> निबन्धको अन्तिम अनुच्छेदमा नागरिकता पाएपछिका म पात्रका रहरहरू र अधिकारका लागि पहल गरिरहँदा कसैको चरित्रहत्या गर्न नहुने र गोपनीयता कायम राख्नुपर्ने विषयवस्तु समेटिएको छ ।

४. मानव अधिकार’ निबन्धको ‘मलाई आफ्ना अभिभावकप्रति.. ..कहिल्यै पनि देशलाई बिर्सिंदैन ।’ अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) म पात्रको जन्मदर्ता कसले गर्नुभएको थियो ?

उत्तर – म पात्रको जन्मदर्ता आफ्ना अभिभावकले गर्नुभएको थियो ।

(ख) म पात्रको नागरिकता कति वर्षको हुँदा बनाइएको थियो ?

उत्तर – म पात्रको नागरिकता १६ वर्षको हुँदा बनाइएको थियो ।

(ग) म पात्रका लागि नागरिकता पाउनु भनेको के के पाउनु जस्तै थियो ?

उत्तर – म पात्रका लागि नागरिकता पाउनु भनेको राष्ट्रिय पहिचान पाउनु र असल नागरिकका रूपमा चिनाउनु जस्तै थियो ।

(घ) म पात्र किन खुसीले गद्गद् भएका थिए ?

उत्तर – म पात्र नागरिकता पाएर खुसीले गद्गद् भएका थिए ।

५.‘मानव अधिकार’ निबन्धका आधारमा दिइएका विषयवस्तुको क्रम मिलाएर कापीमा लेख्नुहोस् :

(च) पक्राउ परिरहँदा पक्राउ गर्नुको कारण खुलाइन्छ कि खुलाइँदैन भन्ने खुलदुली हुनु

(ग) नागरिकता भएपछि सरकारबाट पाउने धेरै सुविधा पाउनु

(घ) स्वतन्त्र भएर हिँडडुल गर्न तथा आफ्ना असल विचार व्यक्त गर्न रोकावट नहुनु

(छ) सच्चा मानव अधिकारका पक्षमा लागिरहने मानव अधिकारवादी बन्ने अठोट गर्नु

(ख) १६ वर्ष पुगेपछि मेरो नागरिकता बन्नु

(ङ) संयुक्त राष्ट्रसङ्घले मानव अधिकारका क्षेत्रमा विशेष अधिकार निर्धारण गर्नु

(क) मलाई घर, परिवार र समाजले धेरै कुरा सिकाउनु

६. ‘मानव अधिकार’ निबन्ध पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) नागरिकता पाएपछि म पात्रमा कस्तो प्रभाव परेको थियो ?

उत्तर – नागरिकता पाएपछि म पात्र खुसीका साथ गद्गद हुँदै नेपाली धर्तीलाई ढोगेका थिए । अब आफूले – राष्ट्रिय पहिचान पाएको हुनाले आफू असल नागरिक भएर चिनाउने मन थियो । ऊ भित्र राष्ट्रियताको भावना उर्लिएर आएको थियो ।

(ख) मानिसले स्वतन्त्र भएर गर्न पाउने कुरा के के हुन् ?

उत्तर – मानिसले स्वतन्त्र भएर हिँडडुल गर्न, आफ्ना असल विचार व्यक्त गर्न, चाहे जति पढ्न, बिरामी हुँदा स्वास्थ्योपचार पाउन, सुरक्षित आवासमा बस्न र पेसा व्यवसाय गर्न पाउँछ । आफ्ना रीतिरिवाज र परम्परा अनुसार सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन, स्वतन्त्र रूपले आफ्नो भाषा संस्कृति, सभ्यता र लिपिको संरक्षण गर्न आदि पाउँछ ।

(ग) हामीले कसरी मानव अधिकारको प्रयोग गरिरहेका छौं ?

उत्तर – हामीले आफ्ना रीतिरिवाज र परम्परा अनुसारका सांस्कृतिक कार्यक्रममा सहभागी भएर, स्वतन्त्र रूपले आफ्नो भाषा संस्कृति, सभ्यता र लिपिको संरक्षण गरेर, आफ्नो अमूल्य मतादान गरेर आफ्नो गाउँठाउँ वा राष्ट्रको समुन्नति गर्न सक्ने नेतृत्वको चयनका लागि सहभागिता जनाएर मानव अधिकारको प्रयोग गरिरहेका छौँ ।

(घ) दण्डसजाय भोग्नुपर्दा कुन कुन कुरामा सचेत हुनु आवश्यक छ ?

उत्तर – दण्डसजाय भोग्नुपर्दा दण्ड सजाय भोग्नुको कारण खुलाइन्छ कि खुलाइँदैन, पक्राउ गरेपछि शारीरिक तथा मानसिक यातना दिए के गर्नुपर्ला ? अपमानजनक, अमानवीय र निर्मम व्यवहार गरे के गर्नुपर्छ भन्ने कुरामा सचेत हुन आवश्यक छ ।

(ङ) संयुक्त राष्ट्रसङ्घले मानव अधिकारका बारेमा कस्ता अधिकार निर्धारण गरेको छ ?

उत्तर – संयुक्त राष्ट्रसङ्घले मानव अधिकारका बारेमा विशेष अधिकार निर्धारण गरेको छ । मानवका आर्थिक, सामजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार निर्धारण गरेको छ । स्वतन्त्र रूपमा पेसा व्यवसाय सञ्चालन गरी वैध सम्पति जम्मा गरी प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । मतदान गर्ने अधिकार साथै आफ्नो भाषा, संस्कृति, सभ्यता र लिपिको संरक्षण गर्ने अधिकार पनि निर्धारण गरको छ । अधिकारको हनन भएमा खबरदारी गर्ने स्वतन्त्रता पनि निर्धारण गरेको छ ।

७. ‘मानव अधिकार’ निबन्धको अन्तिम अनुच्छेदबाट चारओटा प्रश्न बनाउनुहोस् ।

उत्तर – प्रश्नहरू

(क) म पात्र ठुलो भएपछि के गर्ने इच्छा थियो ?

(ख) म पात्रमा कसरी चेतना फैलाउने रहर थियो ?

(ग) अधिकार नपाए कहाँ पहल गर्नुपर्छ ?

(घ) अधिकारका लागि पहल गर्दा के कुरामा ख्याल गर्नुपर्छ ?

८. व्याख्या गर्नुहोस् :

मानवका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार हुन्छन् ।

👉 माथिका सुन्दर पङ्क्ति ‘मानव अधिकारी’ भन्ने निबन्धबाट साभार गरिएको हो । उक्त पङ्क्तिमा संयुक्त राष्ट्रसंघले मानव अधिकारका क्षेत्रमा विशेष अधिकार क्षेत्र निर्धारण गरेको र उक्त अधिकारहरू आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार हुन् भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।

मानव अधिकार भन्नाले सबै मान्छेले केवल मानव भएको नाताले पाउनु पर्दछ । यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनुपर्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव आदि जेसुकै भए पनि फरक पर्दैन । प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ । मानव अधिकारको प्रकृति विश्वव्यापी, अविभाज्य र अहरणीय हुन्छ। हामीले मानव भएका नाताले आयआर्जनका लगि पेसा व्यवसाय सञ्चालन गर्न, रीतिरिवाज र परम्परा अनुसार सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सक्छौँ । आफ्नो गाउँठाउँ वा राष्ट्रको समुन्नति गर्न सक्ने नेतृत्वको चयनका लागि सहभागिता हुन सक्छौँ । मानवले पाउने यस्ता अधिकारहरू सङ्घ, प्रदेश र स्थानीय तहबाट सुनिश्चित गरिन्छन् र गरिनुपर्छ ।

अतः संयुक्त राष्ट्रसंघले मानव अधिकारका क्षेत्रमा सुनिश्चित गरेका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकारहरू विश्वका जुनसुकै बालबालिका, पुरुष, महिला, जेष्ठ नागरिक, अपाङ्गता जे भएता पनि मानव भएका नाताले गाउने अधिकार हुन् ।

९. ‘मेरो रीतिरिवाज र पेसा व्यवसायमाथि कसैबाट हस्तक्षेप हुनुहुँदैन । यस भनाइ निबन्धका आधारमा प्रस्ट पार्नुहोस् :

उत्तर – मानव अधिकार मानिसको रूपमा जन्मेकै कारण मानव मात्रले पाउने नैसर्गिक अधिकार हो । यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनुपर्छ । मानवले पाउने अधिकार मध्ये आर्थिक र सांस्कृतिक अधिकार पनि महत्त्वपूर्ण अधिकार हुन् । मानिसले आफ्नो जात, धर्म आदिका आधारमा परम्पराअनुसार मनाइने सांस्कृतिक कार्यक्रममा सहभागी हुन सक्छ । प्रत्येक मानिसले स्वतन्त्र भएर वैध सम्पति जोड्न र प्रयोग गर्न पाउँछ । यसका लागि सञ्चालन गरिएका पेसा व्यवसायमाथि कसैबाट हस्तक्षेप हुनुहुँदैन ।

१०.’नेपाल एउटा बहुभाषिक ….. सदुपयोग पनि हो ।’ निबन्धांशबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र सारांश लेख्नुहोस् ।

👉

– म बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुकको नागरिक भन्न रुचाउनु,

– मानव मानवबिच कुनै भेदभाव नभई समानता हुनु,

– जात, धर्म, भाषा, संस्कृति फरक भए पनि सबैको जैविक पक्ष समान हुनु,

– विविधताभित्रको एकता र सहिष्णुताका कारण तमाम नेपाली मानव विश्वमा उदाहरणीय बन्नु,

 सांराश 

विविधताभित्रको एकता

नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक देश हो । म त्यही देशको नागरिक हुँ जहाँ मानव मानवबिच कुनै भेदभाव नभई समनता हुन्छ । यहाँ जात, धर्म, संस्कृति फरक भएता पनि सबैको जैविक पक्ष समान छ । त्यसैले विविधताभित्रको एकता भएको भएको मुलुक भनेर विश्वमा उदाहरणीय बनेको छ ।

अनुच्छेदमा भएका शब्द – १२९

सारांशमा लेख्नुपर्ने सब्द – ४३

सारांशमा लेखिएका शब्द – ४३

११. ‘मानव अधिकार’ निबन्धको सार लेख्नुहोस् ।

👉 मानिस भएर जन्मेका नाताले पाउने अधिकार नै मानव अधिकार हो । यो अधिकार विश्वका सबै मानिसहरूले पाउनुपर्छ । मानिसले आफ्नो अधिकार, कर्तव्य र दायित्वको बारेमा बुझेको हुनुपर्छ । नागरिकता पाउनु भनेको देशको राष्ट्रिय पहिचान धारण गर्नु हो । राष्ट्रप्रेमी नागरिकलाई नागरिकता पाउनु सबैभन्दा खुसीको क्षण हो । असहाय, वृद्धवृद्धा, अपाङ्गता भएका र दीनदुःखीले सेवा पाउनु उनीहरूको अधिकार हो । नागरिकता प्राप्त गरेपछि मानिसले सरकारबाट पाउने सबै सुविधा प्राप्त गर्न सक्छ ।

संविधान मुलुकको सर्वोच्च कानुन हो । संविधानकै आधारमा देशभित्र मानव अधिकारका कुरा व्यवहारमा रहन्छ । मानिसलाई स्वतन्त्र भएर हिँडडुल गर्न तथा आफ्ना असल विचार व्यक्त गर्न कुनै रोकावट हुनुहुँदैन । मानिसको रीतिरिवाज र पेसा व्यवसायमाथि कसैको हस्तक्षेप हुनुहुँदैन । कसैले पनि बालअधिकारका सन्दर्भमा खबरदारी, असल नेतृत्वको छनोट र कर्तव्य पालना जस्ता कुराबाट कहिल्यै पछि हट्नुहुँदैन । नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएता पनि यहाँ मानव मानवबिचमा कुनै भेदभाव नभई समानता रहेको छ । त्यसैले नेपाल विविधताभित्र एकता भएको मुलुक भनेर विश्वमा उदाहरणीय बनेको छ ।

संयुक्त राष्ट्रसंघले मानवका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार भनी विशेष अधिकार क्षेत्र निर्धारण गरेको छ । अधिकारको कुरा गरिरहँदा मानिसबाट जानअन्जानमा गल्ती पनि हुन सक्छ । गल्ती भएमा न्यायालयको नियम अनुसार दण्डसजाय भोग्नुपर्छ । हामीले अधिकारका लागि पहल गरिरहँदा कसैको चरित्रहत्या र गोपनीयता कायम राख्नुपर्छ ।

१२. ‘मानव अधिकार निबन्धका आधारमा मानव अधिकारका विषयक्षेत्रको कसरी उपयोग भएको पाउनुभएको छ, समीक्षा गर्नुहोस् ।

👉 संयुक्त राष्ट्रसङ्घले मानव अधिकारका बारेमा विशेष अधिकार क्षेत्र निर्धारण गरेको छ । मानवका आर्थिक, सामजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार निर्धारण गरेको छ । स्वतन्त्र रूपमा हिँडडुल गर्ने र आफ्ना मनमा लागेका असल विचार विभिन्न माध्यमबाट व्यक्त गरेका छन् । चाहेजति पढ्न र बिरामी हुँदा स्वास्थ्योउपचार पाएका छन् । सुरक्षित आवासमा बस्न, स्वतन्त्र भएर वैध सम्पति जोड्न र प्रयोग गर्न कुनै रोक छैन । परम्परा र रीतिरिवाज अनुसार आफूले मान्दै आएका सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाएका छन् । आफ्नो भाषा, संस्कृति, सभ्यता र लिपिको संरक्षण गर्न पाएका छन् । आफ्नो गाउँ ठाउँको विकासका लागि मतदान गरी असल नेतृत्व चयन गर्न पाएका छन् ।

१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

👉 दयावीर सधैँ अस्पताल जान्छन् । त्यहाँ पैसाको अभावका कारण उपचार गर्न नसकिरहेका व्यक्तिको पहिचान गर्छन् । तिनका लागि आवश्यक औषधी र खानेकुरा किनेर दिन्छन् । जबसम्म त्यस्ता व्यक्तिको उपचार हुँदैन तबसम्म दयावीर तिनको रेखदेखमा खटिरहन्छन् ।

त्यस्तै तपाईंलाई पनि कोही कसैप्रति सेवा गर्ने इच्छा जाग्छ होला, किन र कुन कारणले त्यस्तो इच्छा जागेको हो भन्ने कारणसहित कक्षामा सुनाउनुहोस् ।

मलाई जुन मानिस खान नपाएर सडक पेटीमा भौँतारिरहेका हुन्छन् त्यस्ता व्यक्तिलाई पेटभरि खान दिने, सरसफाइ गर्न आग्रह गर्न इच्छा लाग्छ । ती व्यक्तिहरू के कति कारणले त्यहाँसम्म आइपुगेका हुन् खोजी गर्ने सके समस्याको समाधान गर्ने नसके तीनीहरूलाई सुरक्षित स्थानसम्म (आश्रम) पुऱ्याउन पहल गर्ने मन लाग्छ । मैले मानवाताका नाताले सहयोग गरी उनीहरूको हनन भएको अधिकार फिर्ता गराउन मन लाग्छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *