Class 9 Nepali Lesson 2

Class 9 Nepali Lesson 2 Note
Unit-2 स्वाद

अभ्यास

शब्द भण्डार

१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

👉

बहाली – नयाँ पद, ओहदा, अधिकार आदि सम्हाल्ने काम गर्व – अभिमान, घमन्ड 

फारो – थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा, मितव्ययिता

भाउ – दर, मोल

ज्यास्ती – ज्यादा

नोक्सानी – नोक्सान भएको स्थिति

अड्डी – जिद्दी, ढिपी

तोड – आघात, मानसिक चोट

टोकरी – बाँसका चोयाले बुनेको एक किसिमको सानो डाली

२. कथामा याँ, गर्‍या, सक्या, पाँचोटा, चिन्या, काट्या, कॉ, पख्नुसन्, लानुस् जस्ता बोलीचालीमा प्रयोग गरिने शब्द आएका छन् । पाठको सन्दर्भ ख्याल गरी उक्त शब्दका शुद्ध रूप लेख्नुहोस् । 

उत्तर 👉याँ – यहाँ, गऱ्या – गरेको, सक्या – सकेको, पाँचोटा – पाँचओटा, चिन्या – चिनेको, काट्या – काटेको, काँ – कहाँ, पस्नुस्न – पस्नुहोस् न, लानुस् – लानुहोस् ।

३. कथामा प्रयोग भएका निम्नलिखित टुक्काको अर्थ बुझी वाक्यमा प्रयोग गर्नुहोस् :

👉

खोटो हुनु – भाग्य मै खोटो भएपछि जति मेहनत गरेपनि केही उपलब्धि नहुने रहेछ । 

अड्डी कस्नु – अनावश्यक कुरामा अड्डी कसेर बस्नु त्यति राम्रो होइन ।

मुखमै झुन्डिनु – अस्ति बिहेमा खाएको पुलौको स्वाद त मेरो मुखैमा झुन्डिएको छ ।

सेखी झिक्नु – बुढाले बुढीसँग र बुढीले बुढासँग सेखी गरेर केही फाइदा हुदैन ।

४. दिइएको अनुच्छेदमा प्रयोग भएका उखान टिप्नुहोस् । साथीसँग मिली अन्य पाँचओटा उखान खोजेर तिनका अर्थबारे छलफल गर्नुहोस् :

उत्तर 👉इलमीका भागमा दुध र भात, अघिको तितो पछिको मिठो, जाँगर न साँगर खाने बेलामा आँ गर, रातभरि करायो दक्षिण हरायो, दिन उजेली सुती गुमाई, रात उजेली बिस्कुन सुकाई ।

अन्य पाँचबोटा उखान :- काला अक्षर भैंसी बराबर, काम गर्ने कालु मकै खाने भालु, जसले मह काड्छ, उसले हात चाट्छ, सेवा गरे मेवा मिल्छ, हात्तीको मुखमा जिरा ।

५. दिइएको अनुच्छेद पढी अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :

उत्तर 👉 लुरुलुरु, चपक्क, घुटुक्क, जुरुक्क, सरासर, घटघट 

६. दिइएका अनुकरणात्मक शब्द र तिनले जनाउने कार्यबिच जोडा मिलाउनुहोस् :

👉 

फटाफट – हिँड्नु 

गम्लङ्ङ- ओढ्नु

घ्याच्च – रोक्किनु

कपाकप – खानु

छ्याङ्ग – उज्यालो हुनु

गलल्ल – हाँस्नु

हुरुरुरु – हावा चल्नु

बोध र अभिव्यक्ति

१. तल दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

👉

घृणा, भाषण, स्वास्थ्य, टोकरी, सान्त्वना, गहौं, महँगो, ज्यालादारी, बिक्रेता

घृणा → घ्रि. ना., भाषण → भा. सन्., स्वास्थ्य → स्वास्. थ्य., टोकरी → टो.क.रि., सान्त्वना → सान्. त्व. ना.,

गह्रौँ → गह्. रौं., महँगो → म.हँ.गो., ज्यालादारी → ज्या. ला. दा. रि., विक्रेता → बिक्.रे.ता. । 

३. दिइएका शब्दको अक्षर संरचना पढ्नुहोस् र पाठबाट अक्षर सङ्ख्या फरक भएका पाँचओटा शब्द टिपी तिनको अक्षरसंरचना देखाउनुहोस् ।

👉 

साबुन – सा. बुन्  (दुई)

गरिबी – ग. रि. बि  (तीन)

पद – पद  (एक)

महिनाबारी – म. हि. ना. बा. रि  (पाँच)

प्रसन्नता – प्र. सन् न ता (चार)

४. स्वाद कथाको संरचनासँग सम्बन्धित प्रश्नको उत्तर दिनुहोस् : 

(क) कथाको प्रारम्भ कुन सन्दर्भबाट गरिएको छ ?

उत्तर 👉 साबुन सकिएर लोग्नेले नुहाउन नपाएको सन्दर्भबाट कथाको प्रारम्भ गरिएको छ ।

(ख) कथाको संवादमा कति जना पात्र उपस्थित छन् ?

उत्तर👉 कथाको संवादमा चार जना पात्र उपस्थित भएका छन्।

(ग) कथाको अन्त्य कुन घटनाबाट भएको छ ?

उत्तर👉माछा किन्दा लिएको पाँच रुपियाँ ऋण तिर्ने घटनाबाट कथाको अन्त्य भएको छ ।

(घ) कथाले कहाँको परिवेश अँगालेको छ ?

उत्तर 👉 आजभन्दा लगभग ५० वर्ष अगाडिको नेपालको कुनै एउटा सहरको परिवेशलाई कथाले अँगालेको छ ।

५. दिइएको कथाको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) आफ्नो जागिरप्रति ‘ऊ’ पात्रको धारणा कस्तो थियो ?

उत्तर👉 धेरै समयदेखि काम नपाएको उसले साधारण कारिन्दाको काम पाएको थियो । तलब पाएका दिन खुसी हुँदै धन्न जागिर खाइएछ भन्ने खुसीले आफ्नो जागिरप्रति ‘ऊ’ पात्रको धारणा सकारात्मक रहेको थियो ।

(ख) पात्रले नुहाउन नसक्नाको कारण के हो ?

उत्तर👉 पैसा सकिएकाले साबुन सकिएको थियो त्यसैले साबुन नभएर पात्रले नुहाउन नसकेको हो ।

(ग) श्रीमती किन कोठाभित्र पसिन् ?

उत्तर👉 लोग्नेको तलबअनुसारको घरखर्चको हिसाब गर्न श्रीमती कोठाभित्र पसिन् ।

(घ) अनुच्छेदमा रहेको ‘एउटा पद आजीवन पाउनु’ भन्नुको आशय के हो ?

उत्तर 👉 अनुच्छेदमा रहेको ‘एउटा पद आजीवन पाउनु’ को अर्थ बहाली भएको पदबाट कहिल्यै पदोन्नति नहुनु अथवा आजीवन त्यही पदमा रहिरहनु भन्ने हो ।

६. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :

उत्तर 👉

(क) साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी । (स्वास्नीले आफ्नो लोग्नेसँग) 

(ख) मैले हिसाब गऱ्याभन्दा बढी नै रकम पो आएछ त ? (लोग्नेले आफ्नी स्वास्नीसँग)

(ग) सागपातमा धेरै भिटामिन हुन्छ । (लोग्नेले सम्झिएको)

(घ) मलाई घर जान पनि हतार छ । (माछा व्यापारीले स्वास्नीसँग ) 

(ङ) अर्काको खसी ज्यालादारीमा काटेको थिएँ, सबै पैसा भर्खरै त्यसैलाई बुझाइसकें । (कान्छा दाइले लोग्नेसँग)

७. कथामा आएका महिनाभरिको थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ के जी, एक रुपियाँ किलो तरकारी जस्ता भनाइबाट कथामा वर्णन गरिएको समय कति पहिलेको हो, अनुमान गर्नुहोस् ।

उत्तर👉 कथामा आएका महिनाभरिको थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ के. जी, एक रुपियाँ किलो तरकारी जस्ता भनाइबाट कथामा वर्णन गरिएको समय लगभग आजभन्दा ५०-६९ वर्ष अघिको हो भन्ने अनुमान गर्न सकिन्छ ।

८. दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :

(क) ‘स्वाद’ कथाका लोग्ने र स्वास्नी पात्रका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।

👉

लोग्ने :

उत्तर : ‘स्वाद’ कथाको लोग्ने मुख्य पुरुष पात्र हो । कथामा ऊ साधारण कारिन्दाको जागिर गरेर जीविकोपार्जन गर्ने पात्रका रूपमा चित्रित छ । जागिरबाट प्राप्त हुने आम्दानीले उसले दुःखपूर्ण रुपमा घरव्यवहार चलाएको छ । साबुन नभइकन ननुहाउने लोग्ने गरिबीसँग घृणा गर्दछ । हरेक गरिबहरुले गरिबीसँग घृणा गर्नुपर्ने विचार राख्ने लोग्ने सामान्य भए पनि जागिर खाएकामा खुसी हुने पात्रका रुपमा देखिएको छ । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिका रुपमा लोग्ने कथामा देखिएको छ ।

 स्वास्नी :

स्वास्नी कथाकी प्रमुख महिला पात्र हो । आफूसँग नभए पनि मैलो शरीर लिएर हिँड्नुभन्दा साबुन बिना नै नुहाउनुपर्ने विचार श्रीमतीले राख्दछे । श्रीमती साबुन नभए पनि नुहाउनुपर्छ भन्ने विचार राख्दछे । गरिबलाई सधैँ साबुन लगाएर नुहाउने अवसर हुँदैन, त्यसैले जेजस्तो उपलब्ध हुन्छ त्यसैमा निर्भर रहेर जीवन चलाउनुपर्छ भन्ने धारणा उसको रहेको छ । घरव्यवहार चलाउन सिपालु र सामान्य लेखपढ पनि गर्न जान्ने श्रीमती अभाव र दुःखका बिचमा लोग्नेलाई साथ दिएर बस्ने पात्रका रुपमा देखिएकी छे । लोग्नेको कमाइ थोरै भए पनि घरमा चाहिने सामान प्रशस्त किन्नुपर्दछ भन्ने धारणा राख्ने श्रीमती असल महिलामा हुनुपर्ने गुण भएकी पात्रका रुपमा कथामा देखिएकी छे ।

 (ख) कथामा नेपाली समाजको आर्थिक समस्यालाई कसरी चिनाइएको छ ?

 उत्तर👉 कथाकार ध्रुवचन्द्र गौतमद्वारा लेखिएको ‘स्वाद’ कथामा नेपाली समाजको आर्थिक समस्यालाई चिनाइएको छ । कथामा एउटा सामान्य आयआर्जन भएको परिवारको समस्यालाई दर्साइएको छ । कारिन्दाको काम गरेर प्रत्येक महिना प्राप्त हुने रकम उक्त परिवारको आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त हुँदैन । मिठो खाने राम्रो लगाउने, सन्तानका आवश्यकता पूर्ति गर्ने जस्ता कुरामा समस्या आउँछ । आम्दानी सीमित भएको तर आवश्यकता असीमित भएको हुँदा सधैँ अभावैअभावमा जीवन जीउन बाध्य लोग्ने स्वास्नीको गरिबीको पीडालाई कथामा प्रस्तुत गरिएको छ ।

(ग) कथाको मुख्य सन्देश के हो ?

उत्तर 👉रमा सामान्य जागिर जीवन गरेर जीवन निर्वाह गर्ने र तलब आएका वेला किनमेल गरेर महिनाभरिको स्वाद तृप्त पार्ने परिवारको कथा प्रस्तुत गरिएको छ । हाम्रो समाजमा रहेको गरिबीको पीडालाई सरल भाषाशैलीका माध्यमबाट कथामा प्रस्तुत गरिएको छ । जीवनमा दैनिक आवश्यकता पूरा गर्न धौ धौ पर्ने नेपाली समाजको वास्तविकता देखाउँदै नेपाली समाजको आर्थिक समस्यालाई चिनाउनु कथाको मुख्य सन्देश हो ।

९. दिइएका घटनालाई कथाअनुसार क्रम मिलाएर लेख्नुहोस् :

👉 

(क) स्वास्नीले नुहाउन जोड दिनु

(ख) लोग्नेले साबुन सकिएर राम्रोसँग नुहाउन नसक्नु

(ङ) एउटा अड्डामा साधारण कारिन्दाका रूपमा काम गर्दै आउनु

(ग) तलब आउने दिनको प्रतीक्षामा रहनु

(च) पैसा पाउनासाथ किनमेलका लागि बजार जानु 

(घ) स्वास्नीले शोभासँग पाँच रुपियाँ सापटी माग्नु

१०. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) उत्तर दिनुहोस् :

(अ) गुल्मीमा कफीको उत्पादन कहिलेदेखि सुरु भएको मानिन्छ ?

उत्तर 👉 गुल्मीमा कफीको उत्पादन करिब ८० वर्ष अघिदेखि सुरु भएको मानिन्छ ।

(आ) नेपालमा पहिलो पटक कफी विकास केन्द्रको स्थापना कहिले भयो ?

उत्तर 👉 नेपालमा पहिलो पटक कफी विकास केन्द्रको स्थापना वि.सं. २०४२ मा भयो ।

(इ) नेपालमा कफी खेतीको सुरुआत कसरी भयो ?

उत्तर 👉  गुल्मीका स्थानीय हिरा गिरीले ८० वर्षअघि बर्माबाट कफी ल्याएर रोपेको र राजा विरेन्द्रले भ्रमणका क्रममा पहिचान गरी प्रोत्साहन गरेपछि नेपालमा कफी खेतीको सुरुआत भयो ।

(ई) गुल्मीलाई किन कफी खेतीको पकेट क्षेत्र मानिन्छ ?

उत्तर 👉गुल्मीमा व्यावसायिक रूपमा कफी खेती गरिएको र नेपालकै सबैभन्दा धेरै कफी उत्पादन हुने क्षेत्र भएकाले कफी खेतीको पकेट क्षेत्र मानिन्छ ।

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :

(अ) ‘व्यावसायिक’ शब्दको अर्थ स्पष्ट पार्नुहोस् ।

उत्तर 👉व्यावसायिक :- व्यवसायसम्बन्धी, विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने ।

(आ) ‘छुटाउँदैनन्’ र ‘भयो’ क्रियापदको धातु पहिचान गर्नुहोस्। 

उत्तर 👉 छुट्याउँदैनन् – छुट्याउ, भयो – हु 

(इ) अनुच्छेदबाट एउटा सकर्मक र एउटा अकर्मक वाक्य पहिचान गरी लेख्नुहोस् ।

उत्तर 👉सकर्मक वाक्य – सोही ठाउँमा व्यावसायिक कफी खेती गर्न उनले नै किसानलाई प्रोत्साहन गरेका थिए । 

अकर्मक वाक्य – राजा वीरेन्द्र जिल्ला भ्रमणकै क्रममा आँपचौर पुगे ।

(ई) अनुच्छेदबाट दीर्घ ईकार लागेका शब्द पहिचान गरी लेख्नुहोस् ।

उत्तर 👉 दीर्घ ईकार लागेका शब्द – कफी, पर्यटकीय, खेती, स्थानीय, बारी, जानकारी, तत्कालीन ।

११. ‘स्वाद’ कथामा नेपाली समाजका कस्ता सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरिएको छ, लेख्नुहोस् ।

👉 कथाकार ध्रुवचन्द्र गौतम (वि.सं. २००१) द्वारा लिखित ‘स्वाद’ कथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । यस कथामा कथाकार गौतमले सहरमा सामान्य जागिर जीवन गरेर जीवन निर्वाह गर्ने र तलब आएका वेला किनमेल गरेर महिनाभरिको स्वाद तृप्त पार्ने परिवारको कथा प्रस्तुत गरेका छन् ।

कार्यालयमा सामान्य कारिन्दाको जागिर गर्ने लोग्ने साबुनबिना नुहाउँदैन र गरिबीलाई प्रत्येकले घृणा गर्नुपर्ने कुरा गर्छ । स्वास्नी सबै गरिबले साबुन देख्नसमेत नपाउँने हुँदा सामान्य आयआर्जन भएको व्यक्तिले कहिलेकाहीं साबुन नभए पनि नुहाउनुपर्ने कुरा गर्छे । लोग्ने ननुहाइकन कार्यालय जान्छ । आजसम्म उसको पदोन्नति भएको छैन । पदोन्नति नभए पनि बेरोजगार बस्न नपरेकोमा उसलाई महिनाको अन्त्यमा थाप्ने तलबले गर्व गर्ने प्रेरणा दिएको हुन्छ । सोचेभन्दा धेरै तलब आएपछि लोग्ने खुसी हुँदै घर जान्छ र स्वास्नीसँग किनमेलका लागि बजार जान्छ । स्वास्नीले बनाएको लिस्टअनुसार उनीहरू सामान किन्दै जान्छन् । अन्त्यमा खसीको मासु किन्ने कुरा हुँदा पैसाको अभावमा माछा किन्ने निधो हुन्छ । माछा किन्न पनि पैसा नपुगेपछि स्वास्नीले आफ्नी साथी शोभासँग सापटी मागेर माछा किन्छन् र सानो छोरासहित खुसी हुँदै घर गएर पकाएर स्वादपूर्वक खान्छन् । अब त्यो खुसी त्यो घरमा अर्को महिना तलब आएपछि मात्र आउँछ ।

यसप्रकार कथाकार ध्रुवचन्द्र गौतमले ‘स्वाद’ कथामा नेपाली समाजका विविध सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरेका छन् । सामान्य कारिन्दाको परिवारको जीवनशैली मार्फत गरिबीको पीडा अभिव्यक्त गरेका छन् ।

१२. व्याख्या गर्नुहोस् :

आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिवले आफ्नो गरिबीसित घृणा गर्नैपर्छ ।

उत्तर👉प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तक अन्तर्गत दोस्रो पाठमा रहेको ‘स्वाद’ शीर्षकको कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार ध्रुबचन्द्र गौतम (वि.सं. २०००) हुन् । कथा, नाटक, कविता, उपन्यास, आदि थुप्रै विधामा कलम चलाउने उनी बहुमुखी प्रतिभा भएका व्यक्तित्व हुन् । आजभन्दा करिब ५० वर्षअघि तत्कालीन परिवेशको निम्नस्तरका जागिरेहरूको दयनीय अवस्थालाई कथाले देखाएको छ ।

गरिबी सबैसँग हुन्छ । हामीले सक्दो गरिबी हटाउने प्रयत्न गर्नुपर्छ । गरिब भइयो भन्दैमा सधैँ गरिबीमा पिल्सिएर बाँच्नु पर्छ भन्ने छैन । जो गरिब छ, दयनीय आर्थिक अवस्था छ भने अब उसले यसका विरुद्ध क्रान्ति गर्नेपर्छ । गरिबले आवश्यक मात्रामा खान, लाउन पाउनै पर्छ । सबैले सहज जीवन जिउने प्रयत्न गर्नै पर्छ । गरिब छु भन्दैमा गरिब भएर बास्नु हुँदैन । गरिब हुँदैमा आफ्ना रहर इच्छा आकाङ्क्षालाई मारेर बस्नुहुँदैन । त्यसका विरुद्धमा संघर्ष गर्ने पर्छ । सबैले गरिबीका विरुद्धमा घृणा गर्ने पर्छ । गरिबीलाई कसैले मन पराउँदैनन् ।

यसरी आजभन्दा करिब ५० वर्ष अघिको परिवेशमा लेखिएको यो कथा आजका तल्लो स्तरका कर्मचारीले पनि भोगिरहेको कथा हो । त्यसर्थ अहिलेको पनि सान्दर्भिक कथा हो । 

१३. दिइएका प्रश्नको उत्तर दिनुहोस् :

क) स्वाद कथाले चर्चा गरे जस्तै हाम्रो समाजमा गरिबीको पीडा छ त, तर्क दिनुहोस् ।

उत्तर 👉 सामाजिक यथार्थवादी कथाकार ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वाद कथामा पारिवारिक घटना तथा सामाजिक आर्थिक अवस्थालाई विषयवस्तु बनाइएको छ । न्यून वेतनभोगी सरकारी जागिरेहरूले आफ्ना दैनिक आवश्यकता परिपूर्ति गर्न समेत तलब आउने दिन कुर्नु पर्ने कारुणिक अवस्थाको सजीव चित्र उतार गरिएको छ । कथाकारले गरिबी, आर्थिक अभावग्रस्त पारिवारिक विषयवस्तु प्रस्तुत गर्दै पारिवारिक एकता, समझदारी, आपसी विश्वास र सहयोगी भावना भएमा सुख र सन्तोषपूर्ण जीवन बिताउन सकिने सन्देश दिएका छन् । कथामा वर्णन गरिए झैँ नेपाली समाजमा पनि गरिबी व्याप्त रहेको छ । कतिपय गरिबहरूले आफ्नो गरिबीलाई बहाना बनाइ अरूसँग हात तेर्स्याइ पराश्रित बन्ने र अपमानित तथा परनिर्भर जीवनतर्फ आफूलाई डोऱ्याएको पाइन्छ । साथै कतिपय गरिबहरू गरिबीलाई परास्त गर्न, गरिबीबाट माथि उठ्न आफूमा निहीत सिप चलाइरहेका छन्, पसिना बगाइ श्रमको सम्मान गर्दै पाखुरा बजार्दै छन्, नङ्ग्रा खियाउँदै छन् । जो श्रम, पसिना र क्रियाशीलतामा विश्वास गर्दै अगाडि बढेका छन् उनीहरूसँग गरिबी परास्त हुँदै छ, उनीहरूको जीवनस्तरमा सुधार आउँदै छ र क्रमश: सुख र सन्तोषपूर्ण जीवन बिताउने अवसर प्राप्त गर्दैछन् भने जसले गरिबीलाई बहाना बनाइ आफूलाई निष्क्रिय राखे, पराश्रित बने उनीहरू दयनीय जीवन बिताउन विवश रहेकाछन् । अभाव र गरिबीले त्यस्ता मानिसहरूको पारिवारिक एकता, विश्वास र शान्ति गुमेको छ । उनीहरू अरूको दया र सहानुभूतिको पात्र बनेर आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत अरूकै कठपुतली बन्नु पर्ने अवस्था रहेको छ

(ख) जीवनका दैनिक आवश्यकतासम्म पूरा गर्न धौ धौ हुने नेपाली समाजको वास्तविकतालाई कथाले कसरी प्रस्तुत गरेको छ, समीक्षात्मक टिप्पणी गर्नुहोस्

👉 कथाले जीवनका दैनिक आवश्यकतासम्म पूरा गर्न धौ–धौ हुने नेपाली समाजको वास्तविकतालाई एकदमै सजीव र मार्मिक रूपमा प्रस्तुत गरेको छ। कथाको पात्र “ऊ” को व्यवहार र मनोदशाबाट देखिन्छ कि उसले आफ्ना अत्यन्तै सामान्य आवश्यकता—पाँच रुपियाँ जुटाउन—कति संघर्ष गर्नुपरेको छ। यो पाँच रुपियाँको खोजी केवल आर्थिक अभावको संकेत होइन, सामाजिक यथार्थको कटु चित्रण पनि हो।

कथामा श्याम दाइलाई खोज्दा खोज्दै नपाइने अवस्था, अनि अन्ततः कान्छा बगरेसित पैसा माग्नुको बाध्यता देखाउँछ कि नेपाली समाजको गरिब वर्गमा दैनिक साना–साना खर्चहरू पूरा गर्न पनि कति संघर्ष र लाज, झिझक सहनुपर्छ। यस्तो अवस्था समाजमा गरिबीको चपेटामा परेका थुप्रै व्यक्तिहरूको साझा यथार्थ हो। कथामा आर्थिक अभाव मात्र नभई त्यो अभावसँगै जोडिएका स्वाभिमान, सम्बन्ध, तथा भावनात्मक द्वन्द्वहरू पनि कलात्मक ढंगले प्रस्तुत छन्।

यसले नेपाली समाजमा व्याप्त आर्थिक असमानता, बेरोजगारी र निम्न वर्गको असहज जीवनशैलीप्रति गहिरो प्रश्न उठाउँछ र पाठकलाई सोच्न बाध्य बनाउँछ कि यस्ता साना घटनाभित्र कति गहिरो पीडा र यथार्थ लुकेको हुन्छ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट क्रियापदका धातु पहिचान गर्नुहोस् ः

👉

 देख् (देखेको, देख्यो)

 तििर् (तिरिदिन्छु)

 माग् (माग्छु)

 परे (पर्नु)

 फर्क् (फर्कँदा)

 ग (गयो)

 भन् (भने, भन्यो)

 ले (लेऊ)

 दिइ (दिउँला)

२. उदाहरणमा दिइए जस्तै ‘हिँड्’, ‘भन्’, ‘सुत्’, ‘लेख्’ धातुबाट क्रियापद निर्माण गर्नुहोस् ः

👉 हिँड्: हिँड्यो, हिँड्छ, हिँड्ला, हिँड्दै छ, हिँड्ने छ, हिँडेको छ, हिँडिन्छ, हिँडेछ, हिँड्थ्यो, हिँडुन्, हिँडेस्

👉 भन्: भन्यो, भन्छ, भनिन्छ, भन्दछ, भन्दैन, भनिरहेछ, भनिरहेको छ, भनुँ, भनिसकेको, भनौं, भनिनन्

👉 सुत्: सुत्यो, सुत्छ, सुतेको छ, सुत्दै छ, सुतेको, सुत्नुभयो, सुतेछ, सुत्थ्यो, सुत्न, सुत्नुस्, सुतेस्

👉 लेख्: लेख्यो, लेख्छ, लेख्दै छ, लेख्ने छ, लेखिएको, लेखिन्छ, लेखेछ, लेख्थ्यो, लेखुन्, लेखेस्

 
३. कथामा भएको “उसले भर्खर …. दिऊँला” अनुच्छेदमा भएका कृदन्त शब्दबाट धातु पहिचान गर्नुहोस् ः

👉 मोल्न लागेको → मोल्

 देखाएको → देख्

 फेला परेनन् → पार्

 फर्कँदा → फर्क्

 देख्यो → देख्

 गयो → ग

 भन्यो → भन्

 लेऊ → ले

 दिऊँला → दिउ/दिइ

४. दिइएको अनुच्छेद पढी रातो रङ लगाइएका शब्दको धातु छुट्याउनुहोस् ः

 पढेको → पढ्

 राखेर → राख्

 हँसिलो → हाँस्

 घुम्न → घुम्

 पक्रेर (पव्रmाउ गरी) → पक्र्

 लाँदै → लानु

 रहेछ → रह्

 रहेछन् → रह्

 गर्ने → गर्

५. दिइएको अनुच्छेद पढी सकर्मक र अकर्मक क्रियापद पहिचान गर्नुहोस् ः

👉 सकर्मक क्रियापद (object आवश्यक पर्ने):

  • भेटे → (समरसिंहलाई भेटे)

  • पक्रे → (चोरलाई पक्रे)

  • राखेर → (पुस्तक राखेर)

  • देखाउँदै → (प्रतिभा देखाउँदै)

  • दिनुपर्छ → (हौसला दिनुपर्छ)

  • भनिन् → (नहाँस्न भनिन्)

👉 अकर्मक क्रियापद (object नचाहिने):

  • पुगे

  • थिए (गाउँदै थिए, नाच्दै थिए, हाँस्दै थिए)

  • उठिन्

  • रहन्छ

  • हिँडे

  • नहाँसौँ

 

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *