Class 4 Nepali Lesson 10

Class 4 Nepali Lesson 10 Note

 

Unit-10  सानी नदी 

शब्दभण्डार

१. तल दिइएका अर्थ बुझाउने शब्द पाठबाट खोज्नुहोस् :

(क) कुनै काम गर्न जाग्ने इच्छा – रहर

(ख) फैलिएको वा सम्म परेको जमिन – फाँट

(ग) दर्शन गर्न आउने मानिस – दर्शनार्थी

(घ) थरी थरीका खानेकुरा – परिकार

३. जोडा मिलाउनुहोस् :

समूह ‘क’

समूह ‘ख’

प्रिय

साथी

श्रीमान्

प्रधानाध्यापक

आदरणीय

दिदी

पूजनीय

बुबा

४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

  • पत्र – मैले हजुरबुबालाई पत्र लेखेँ।

  • विद्यालय – म अमरज्योति आधारभूत विद्यालयमा पढ्छु।

  • भाषा – म थारु र नेपाली दुवै भाषा बोल्न सक्छु।

  • साइकल – म साथीहरूसँग साइकल चढेर बजार जान्छु।

  • दर्शन – हामी जानकी मन्दिरको दर्शन गर्न गयौं।

  • अवलोकन – हामी मिथिला चित्रकलाको अवलोकन गर्न गयौं।

बोध र अभिव्यक्ति

३. ‘साथीलाई चिठी’ पाठमा जम्मा कतिओटा अनुच्छेद छन्, सबैभन्दा लामो अनुच्छेदमा कतिओटा वाक्य छन् ?

👉 पाठमा छ वटा अनुच्छेद छन्। सबैभन्दा लामो अनुच्छेद चौथो हो, जसमा ८ वाक्य छन्।

४. ‘साथीलाई चिठी’ पाठको चौथो अनुच्छेद मनमनै पढ्नुहोस् र तल दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

(क) सीताको जन्मस्थल कहाँ हो ?

👉 सीताको जन्मस्थल जनकपुर हो।

(ख) जनकपुरमा कुन मन्दिर रहेको छ ?

👉 जनकपुरमा जानकी मन्दिर रहेको छ।

(ग) जानकी मन्दिरको अर्को नाम के हो ?

👉 जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ।

(घ) जानकी मन्दिरको दर्शन गर्न कहाँ कहाँबाट दर्शनार्थी आउँछन् ?

👉 जानकी मन्दिरको दर्शन गर्न देशविदेशबाट दर्शनार्थी आउँछन्।

(ङ) जनकपुरमा कुन कुन सागर रहेका छन् ?

👉 जनकपुरमा गङ्गासागर, धनुषसागर, जनकसरोवर रहेका छन्।

५. चञ्चला यादवले पाठमा कुन कुन कुराको वर्णन गरेकी छन्, चार वाक्यमा लेख्नुहोस् :

👉 उनले जनकपुरको विशेषता, जानकी मन्दिर, सागर र कुण्डहरूको बारेमा वर्णन गरेकी छन्।

 👉 उनले चित्रकला, साइकल चढ्ने योजना, माछा खाने परिकारको बारेमा पनि लेखेकी छन्।

 👉 उनले साथीलाई घरमा आउन निम्ता दिएकी छन्

 👉 उनले धेरै कुरा चिठीमा लेख्न नसकिने भन्दै भेट वा अनलाइनमा कुरा गर्ने भनेकी छन्

६. तल दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) मिथिला चित्रकला भनेको के हो ?

👉 मिथिला चित्रकला नारीद्वारा घरका भित्तामा कोरिने चित्रकला हो।

(ख) जनकपुरमा कुन कुन कुण्ड रहेका छन् ?

👉 जनकपुरमा सूर्यकुण्ड, अग्निकुण्ड, विहारकुण्ड रहेका छन्।

(ग) जनकपुर सहर किन प्रख्यात रहेको छ ?

👉 जनकपुर चित्रकला, रेलवे र माछाका परिकारका लागि प्रख्यात छ।

(घ) चञ्चला यादवले आफ्नी साथीलाई कहाँ कहाँ घुमाउने बताएकी छन् ?

👉 उनले साथीलाई जानकी मन्दिर, कुण्ड, चित्रकला अवलोकन, रेल हेर्न, र माछा खान घुमाउने बताएकी छन्।

७. ‘साथीलाई चिठी’ पाठमा आधारित भई चारओटा प्रश्न तयार पार्नुहोस् र तिनको उत्तर साथीलाई सोध्नुहोस् :

(१) चिठी कसले लेखेकी हो ?

 (२) जनकपुरको मुख्य भाषा के हो ?

 (३) जानकी मन्दिर कहाँ पर्छ ?

 (४) चिठी कसलाई लेखिएको हो ?

९. तपाईं चन्द्रमाला भएको भए चञ्चला यादवको चिठीको उत्तर कसरी दिनुहुन्थ्यो, लेख्नुहोस् :
👉

 मिति : २०७८/०९/२०
कागबेनी, मुस्ताङ
प्रिय चञ्चला,
सुमधुर सम्झना ।

तिमीको माया र निमन्त्रणाका लागि धेरै धन्यवाद । म तिमीले लेखेको चिठी पढेर निकै खुशी भएँ । जनकपुर घुम्न मन त थियो नै, अब त झन् उत्साह थपिएको छ । हाम्रो परीक्षा सकिएको छ र छुट्टी पनि लागेको छ ।
अब म आमा-बुबासँग सल्लाह गरेर जनकपुर जाने योजना बनाउँदैछु । हामी तिमीले भनेका सबै ठाउँ घुम्नेछौं र रमाईलो गर्नेछौं । तिमीलाई फेरि भेट्ने आशमा ।तिमीलाई धेरै माया । उही तिम्री साथी

चन्द्रमाला गौचन

भाषिक संरचना र वर्णविन्यास

१. कोष्ठकबाट मिल्ने शब्द छानी वाक्य पूरा गर्नुहोस् :

(क) मसँग कलम छ।

 (ख) भाइ पसल तिर लाग्यो।

 (ग) टेबुल माथि कलम छ।

 (घ) बुबाले मेरा लागि पुस्तक ल्याउनुभयो।

 (ङ) घर अगाडि बाटो बन्दै छ।

२. कोष्ठकबाट मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस् :

(क) तिमी मेरो घर आऊ अनि खेलौला।

(ख) बहिनी असल छिन् त्यसैले सबैले उनलाई माया गर्छन्।

(ग) म हातमुख धुन्छु चिया खान्छु।

(घ) समृद्धि प्रथम हुन्छिन् किनभने उनी मिहिनेत गर्छिन्।

(ङ) मैले पाठ पढ़ें तैपनि प्रश्नको उत्तर आएन।

३. मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस् :

 (क) हरि भन नि बिदाको दिन तिमी के गछौं ?

 (ख) उनले भनेको ठिकै त हो नि

 (ग) पहिले पहिले ढुङ्ग‌ाका हतियार हुन्थे रे।

 (घ) साथीलाई सहयोग गरे क्यारे साथीले पनि सहयोग गर्छन्।

 (ङ) खै तिम्रो गृहकार्य देखाऊ त।

४. ‘साथीलाई चिठी’ पाठबाट पालि, सँग, समेत, सम्म, तिर प्रयोग भएका एक एक वाक्य टिप्नुहोस् :

  • पालि – हामी दुवै जना यसपालि साइकल चढेर जनकपुर घुमौला।

  • सँग – हामी आमाबुबासँगै रेल हेर्न निस्कला।

  • समेत – सिर्जनात्मक लेखन प्रतियोगितासमेत हुन्छ।

  • सम्म – म कार्यक्रममा अन्त्यसम्म बस्छु।

  • तिर – हामी चित्रकलाको अवलोकन गर्दै सहरतिर घुमला।

५. समूह ‘क’ का शब्द र क्रियापद मिलाउनुहोस् :

समूह ‘क’

समूह ‘ख’

भुर्र

उड्यो

मुसुमुसु

हाँस्यो

थ्याच्च

बस्यो

कपाकप

खायो

खुर्र

दौड्यो

 

६. दीर्घ ऊकार (ऊ) लागेका तीन–तीन शब्द लेख्नुहोस् :

 सुरुमा – ऊखु, ऊन, ऊर्जा
बीचमा – कपूर, सुरुङ, भूगोल
अन्तमा – गाउँपू, चिम्पाँऊ, दाज्यू

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *