Class 4 Nepali Lesson 12

Class 4 Nepali Lesson 12 Note

 

Unit-12 निसाफ 

शब्दभण्डार

१. अर्थ बुझाउने शब्द लेख्नुहोस् :

(क) दुवै पक्षका कुरा सुनी गरिने न्याय – निसाफ

(ख) कुनै काम वा कुराको टुङ्गो लगाउने काम – निधो

(ग) एक अर्कोबिच हुने मेल – साम्य / मेलमिलाप

(घ) दुई जनाबिच हुने भनाभन वा कुटाकुट – झगडा

२. समूह जनाउने शब्दसँग जोडा मिलाउनुहोस् :

समूह ‘क’

समूह ‘ख’

कपाल

चुल्ठो

कमिला

कुनिउँ

बाँदर

भिड

मानिस

ताँती

पराल

डङ्गुर

फोहोर

भेल

३. मिल्ने विकल्पमा ठिक (√) लगाउनुहोस् :

 (क) अङ्गुरको समूह – झुप्पो (√)

 (ख) भेडाको समूह – बथान (√)

 (ग) दाउराको थुप्रो – डङ्गुर (√)

 (घ) पुस्तकको समूह – चाङ (√)

 (ङ) फौज – सेना (√)

४. समूह ‘क’ र समूह ‘ख’ जोडा मिलाउनुहोस् :

समूह ‘क’

समूह ‘ख’

छक्क पार्नु

फ्यात्त बस्नु

थामथुम पर्नु

धुरुधुरु काम गर्नु

मुसुक्क बिर्सनु

भुसुक्क हाँस्नु

खुरुखुरु रुनु

थचक्क फाल्नु

५. वाक्य बनाउनुहोस् :

  • अनुहार – उसको अनुहार रमाइलो देखिन्थ्यो ।
  • छक्क – ऊ पुरस्कार पाउँदा छक्क पर्यो ।
  • लाठो – किसानले लाठो समाएर गोरु हाँक्यो ।
  • थामथुम – छिमेकीले झगडामा थामथुम पारे ।
  • जुक्तिबुद्धि – प्रवीणले जुक्तिबुद्धि प्रयोग गरेर मेल गरायो ।
  • कुरा – शिक्षकले राम्रो कुरा गर्नुभयो ।

बोध र अभिव्यक्ति

१. उच्चारण गर्नुपर्ने शब्द :

 आँगन, दृश्य, चर्काचर्की, जुध्नु, अवस्था, बिरुवा, बुद्धिमान

३. प्रवीणका बारेमा अनुच्छेद :

 प्रवीण एक चलाख र बुद्धिमान बालक हो । उसले विद्यालयमै विद्यार्थीबिचको झगडा मिलाउने गर्थ्यो । घरमा पनि बुबा र काकाबीचको झगडा उसैले मेलमिलाप गरायो । उसले जुक्तिबुद्धि प्रयोग गरेर दुबै पक्षलाई सन्तुष्ट पार्ने निर्णय सुनायो । ऊ सजग, समझदार र शान्त स्वभावको पात्र हो ।

४. मौखिक उत्तर :

 (क) प्रवीणका बुबाको हातमा – लाठो थियो ।

 (ख) बिरुवा – सुबोधले उखेलको थियो ।

 (ग) प्रवीणका बुबाले – कापी र कलम किनिदिनुभयो ।

 (घ) प्रवीणका काकाले – दोब्बर बिरुवा लगाउने बाचा गर्नुभयो ।

 (ङ) भेला भएका मानिसले – प्रवीणको राम्रो निसाफ सुनेर ताली बजाए ।

५. कसले भने ?

 (क) “तपाईँहरू यसरी किन जुध्न लाग्नुभएको ?” – प्रवीणले भनेको ।

 (ख) “अर्काले कति दुःख गरेर रोपेका बिरुवा यसको छोराले उखेल्नु हुन्छ त ?” – प्रवीणका बुबाले भनेको ।

 (ग) “कस्ता कस्ता कहाँ गए मुसाका छाउरा जन्त ।” – काकाले भनेको ।

 (घ) “थाहा भएको भए नचाहिँदो काम किन गर्थेँ ।” – सुबोधले भनेको ।

 (ङ) “आहा ! कस्तो राम्रो नियाँ, कति राम्रो निसाफ ।” – हजुरबाले भनेको ।

६. घटनाको क्रम :

  • प्रवीण विद्यालयबाट घर आइपुग्यो ।
  • सुबोध निन्याउरो अनुहार लगाएर उभिइरहेको थियो ।
  • सुबोधले बिरुवा उखेलेकाले प्रवीणका बुबा र काकाबीच झगडा भयो ।
  • हल्ला भएको सुनेर अरू छिमेकी पनि आइपुगे ।
  • प्रवीणले झगडाको निर्णय गर्ने कुरा बतायो ।
  • प्रवीणको कुरामा सबैले समर्थन जनाए ।
  • सुबोधले उखेलेको भन्दा दोब्बर बिरुवा काकाले लगाइदिनुप¥यो ।
  • दुवैलाई निर्णय चित्त बुझ्यो ।
  • सुबोधले माफी माग्यो ।

७. प्रश्नोत्तर :
(क) प्रवीणका बुबा र काकाबीच सुबोधले बिरुवा उखालेकाले झगडा भएको थियो ।

 (ख) छिमेकीले प्रहरी कार्यालय वा गाउँपालिकामा जान सल्लाह दिए ।

 (ग) प्रवीणको स्वभाव बुद्धिमान, जुक्ति प्रयोग गर्ने र मेलमिलाप गर्ने थियो ।

 (घ) प्रवीणले दुबै पक्षलाई न्यायसंगत जिम्मेवारी बाँडेर झगडा मिलायो ।

८. मेरो विचार :

 ‘निसाफ’ पाठ निकै रोचक र शिक्षा दिने खालको छ । यसले झगडा गर्दा हिंसामा नगई शान्तिपूर्ण रूपमा मेलमिलाप गर्नुपर्छ भन्ने शिक्षा दिन्छ ।

भाषिक संरचना

१. वाक्य पूरा गर्नुहोस् :

(क) मेरो भाइ बजार गयो ।

(ख) मेरी बहिनी गृहकार्य गर्छे ।

(ग) विनोद खेतबारीमा काम गर्दै थियो ।

(घ) प्रतीक्षाले बजारबाट पुस्तक किनेर ल्याइन् ।

२. सङ्गति मिलाएर लेख्नुहोस् :

  • उषा मिहिनेती छिन् ।
  • शम्भु गाडी चलाउँछ ।
  • निर्मला स्याउ टिप्न रुखमा चढी ।
  • होमबहादुर भेँडेटार घुम्न गए ।
  • भाइ माछा हेर्न खोलातिर गयो ।
  • चमेली पुस्तकालय जान्छिन् ।

३. ‘कोपिला’ राखेर अनुच्छेद :

 कोपिला कविता लेख्छिन् । उनी गीत पनि गाउँछिन् । उनी साथी बनाउन मन पराउँछिन् । उनी सबैसँग मिलेर खेल्छिन् । उनी जेहेनदार पनि छिन् ।

४. दीर्घ ईकार ( ी ) र दीर्घ ऊकार ( ू ) भएका शब्द :

  • ई : त्रिशूली, कौसी, दीर्घ, पूर्णिमा
  • ऊ : सूर्य, ऊ, जून

कथा लेखन (संकेत अनुसार)

शीर्षक : ठुलाको अर्ती नटेर्दा पाएको दुःख

एउटा केटो ज्यादै चकचके थियो । उसले कसैले भनेको मान्दैनथ्यो । उसले टाढासम्म गएर खेल्थ्यो र जनावरहरूलाई जिस्क्याउँथ्यो ।
एकदिन उसले आमासँग पशुपति जाने भयो । त्यहाँ बाँदरहरू देखेर उसले जिस्क्याउन थाल्यो । आमाले उसलाई बाँदर नजिस्क्याउन भनेकी थिइन् तर उसले कुरा मानेन ।
उसले ढुङ्गा हानेर बाँदर जिस्क्यायो । बाँदर रिसाएर उसलाई चिथो¥यो । त्यसपछि उसलाई ठुलाको अर्ती र आज्ञापालन नगर्दा दुःख पाइने रहेछ भन्ने शिक्षा मिल्यो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *