Class 4 Nepali Lesson 5 Note
Unit-5 खेलकुदको महत्व
शब्दभण्डार
१. तल दिइएका अर्थ बुझाउने शब्द शिक्षकका सहायताले पाठबाट खोजेर लेख्नुहोस् :
(क) शरीरलाई स्वस्थ र फुर्तिलो राख्न गरिने कसरत → व्यायाम
(ख) खेलकुद प्रदर्शनका लागि बनाइएको ठाउँ → रङ्गशाला
(ग) आफ्नो योग्यता र क्षमताप्रतिको विश्वास → आत्मविश्वास
(घ) कसैलाई छल्ने वा धोका दिने काम → छलकपट
२. दिइएका खेलकुदसँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शिक्षकका सहायताले लेख्नुहोस् :
खेलाडी → खेलमा सहभागी व्यक्ति
रङ्गशाला → खेलकुद आयोजना हुने हल वा मैदान
विश्वकप → अन्तर्राष्ट्रिय स्तरको प्रमुख प्रतियोगिता
ओलम्पिक → विश्वस्तरीय खेलकुद प्रतियोगिता
रेफ्री → खेल नियम पालन गराउने अधिकारी
भलिबल → नेटको दुईपट्टी खेलिने बल खेल
फुटबल → बलको प्रयोग गरेर गोल गर्ने खेल
क्रिकेट→ बल र बल्लाको प्रयोग गरी खेलिने खेल
वाक्य निर्माण
३. तल दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
खेलकुद → हामीले बिहान चउरमा खेलकुद गर्यौं।
प्रतियोगिता → विद्यालयमा वार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिन्छ।
प्रतिस्पर्धा → खेलकुदमा जित हारको प्रतिस्पर्धा हुन्छ।
मनोरञ्जन → खेलकुदले शरीरसँगै मनोरञ्जन पनि दिन्छ।
सम्मान → खेलाडीले देशको सम्मान बढाउँछ।
शब्द शुद्ध उच्चारण
४. तल दिइएका शब्द शुद्ध उच्चारण गर्नुहोस् :
सल्लाह, प्रतिस्पर्धा, संयम, तन्दुरुस्त, विपक्षी, अङ्ग, राष्ट्रिय
पाठ अनुच्छेद पहिचान
५. तल दिइएका वाक्य पाठको कुन अनुच्छेदमा रहेका छन्, पहिचान गर्नुहोस् :
(क) खेलकुदबाट हाम्रो शरीर फुर्तिलो हुन्छ → पहिलो अनुच्छेद
(ख) खेलकुदले शरीरका विभिन्न अङ्गलाई चलायमान बनाउँछ → दोस्रो अनुच्छेद
(ग) फरक क्षमता भएकाहरूका लागि पारालिम्पिक प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ → तेस्रो अनुच्छेद
मौखिक प्रश्न उत्तर
६. तल दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) खेलकुद भन्नाले के बुझिन्छ ? → शरीरलाई स्वस्थ राख्न, मनोरञ्जन र प्रतिस्पर्धाका लागि गरिने गतिविधि
(ख) खेल कति प्रकारका हुन्छन् ? → घरभित्र खेलिने र घरबाहिर खेलिने गरी दुई प्रकारका
(ग) खेलकुदमा के के गर्नु हुँदैन ? → छलकपट गर्नु, विपक्षीलाई धम्क्याउनु, नराम्रो भावना राख्नु, अनावश्यक होडबाजी गर्नु हुँदैन।
(घ) खेलाडीलाई किन राष्ट्रका गहना मानिन्छ ? → उनीहरूले देशको इज्जत बढाउँछन् र प्रेरणाका स्रोत हुन्।
