Class 4 Nepali Lesson 9

Class 4 Nepali Lesson 9 Note

 

Unit-9 घमन्डको फल

शब्दभण्डार

१. तल दिइएका अर्थ बुझाउने शब्द पाठबाट खोज्नुहोस् :

(क) पुराणमा बताइएअनुसार चारमध्ये एक युग

 👉 द्वापर युग

(ख) गाउँको मुख्य मानिस

 👉 मुखिया

(ग) धेरै जना एकै ठाउँमा जम्मा हुने काम

 👉 भेला

(घ) आकाशबाट पानी झर्ने काम

 👉 वर्षा

(ङ) आकाशबाट मुसल जत्रै धारा भएर झर्ने पानी

 👉 मुसलधारे

२. मिल्दो अर्थसँग जोडा मिलाउनुहोस् :

 (क) रिसले चुर हुनु — धेरै रिसाउनु

 (ख) घमन्ड चकनाचुर हुनु — फुर्ती हराउनु

 (ग) लहैलहैमा लाग्नु — जे भन्छन् त्यही मान्नु

 (घ) कर्मको फल भोग्नु — जस्तो काम गरिन्छ त्यस्तै फल पाउनु

 (ङ) मात लाग्नु — मात्तिनु

३. समूह ‘क’ र समूह ‘ख’ मा दिइएका शब्द पढी तिनको सम्बन्ध भन्नुहोस् :

 फूल — सयपत्री, लालीगुराँस, गुलाफ, मखमली

 जनावर — गाई, भैँसी, बाख्रा, घोडा

 पन्छी — काग, ढुकुर, परेवा, भँगेरा

 अन्न — चामल, गहुँ, मकै, कोदो

 तरकारी — काउली, भन्टा, लौका, सिमी

 फलफूल — स्याउ, सुन्तला, केरा, अम्बा

 👉 समूह ‘क’ मा वर्ग दिइएको छ भने समूह ‘ख’ मा त्यस वर्गका उदाहरणहरू दिइएका छन् ।

बोध र अभिव्यक्ति

१. तल दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

 👉 मुसलधारे, घनघोर, गोवद्र्धन, स्वच्छ, पृथ्वी, प्रकृति

२. ‘घमन्डको फल’ पाठको पहिलो अनुच्छेद शिक्षकबाट सुन्दै लेख्नुहोस् ।

 👉 (शिक्षकले सुनाएर लेखाइ हुने)

३. ‘घमन्डको फल’ पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 👉 (विद्यार्थीहरूले पालैपालो वाचन गर्ने)

४. ‘घमन्डको फल’ पाठमा जम्मा कतिओटा अनुच्छेद छन्, सबैभन्दा लामो अनुच्छेदमा कतिओटा वाक्य छन्, बताउनुहोस् ।

 👉 यस पाठमा जम्मा ११ वटा अनुच्छेद छन् । सबैभन्दा लामो अनुच्छेदमा ८ वटा वाक्य छन् ।

५. ‘घमन्डको फल’ पाठका पात्र कृष्णबारे तीन वाक्य लेख्नुहोस् ।

 👉 कृष्ण बुद्धिमान थिए । उनले प्रकृतिको पूजा गर्नुपर्ने कुरा सिकाए । उनले गोवद्र्धन पर्वत उठाएर गोकुलवासीलाई जोगाए ।

६. प्रश्नहरू

(क) मानिसले केको फल भोग्नुपर्छ ?

 👉 मानिसले आफ्ना कर्मको फल भोग्नुपर्छ ।

(ख) प्रकृति स्वच्छ हुनाको कारण के हो ?

 👉 गोवद्र्धन पर्वत, रुखबिरुवा र वनस्पतिको कारण प्रकृति स्वच्छ भएको हो ।

(ग) कसका कारण समयमै वर्षा भएको छ ?

 👉 प्रकृतिका कारण समयमै वर्षा भएको छ ।

(घ) हामीले केको पूजा गर्नुपर्छ ?

 👉 हामीले गोवद्र्धन पर्वत र वनस्पतिको पूजा गर्नुपर्छ ।

७. ‘घमन्डको फल’ पाठका आधारमा क्रम मिलाएर लेख्नुहोस् :

 १. नन्दले कृष्ण र बलरामलाई छोराका रूपमा पाएका ।

 २. गोकुलमा प्रत्येक वर्ष इन्द्रको पूजा गर्ने गरिएको ।

 ३. कृष्णले गोवद्र्धन पर्वत र वनस्पतिको पूजा गर्नुपर्ने बताएका ।

 ४. कृष्णको कुरा सबैलाई ठिक लागेर गोवद्र्धन पर्वत र प्रकृतिको पूजा गरेका ।

 ५. स्वर्गका राजा इन्द्रले रिसाएर सात दिनसम्म पानी पारेका ।

 ६. कृष्णले हातले सिङ्गो गोवद्र्धन पर्वत उठाएर सबैको रक्षा गरेका ।

 ७. घमन्ड चकनाचुर भएपछि इन्द्रले कृष्णसँग माफी मागेका ।

 ८. इन्द्रले प्रकृतिको रक्षा गर्ने र प्रकृति स्वच्छ भएको ठाउँमा पानी पार्ने बाचा गरेका ।

८. ‘घमन्डको फल’ पाठबाट कुनै चारओटा प्रश्न तयार पार्नुहोस् र तिनको उत्तर साथीलाई सोध्नुहोस् ।
👉

 (क) गोकुलमा मुखिया को थिए ?

 (ख) इन्द्रले किन रिसाए ?

 (ग) कृष्णले गाउँलाई कसरी जोगाए ?

 (घ) अन्तमा इन्द्रले के बाचा गरे ?

९. ‘घमन्डको फल’ पाठका पात्र कृष्ण र इन्द्रमध्ये तपाईँलाई को राम्रो लाग्यो ? किन, आफ्ना विचार लेख्नुहोस् ।

 👉 मलाई कृष्ण राम्रो लागे । किनभने उनले प्रकृतिको महत्व सबैलाई बुझाए र गोकुलबासीलाई जोगाए ।

१०. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) गोकुलमा प्रत्येक वर्ष इन्द्रको पूजा किन गरिन्थ्यो ?

 👉 वर्षा राम्रोसँग होस् भन्ने चाहनाले गोकुलमा प्रत्येक वर्ष इन्द्रको पूजा गरिन्थ्यो ।

(ख) प्रकृतिले हामीलाई के के कुरामा सहयोग गरेको हुन्छ ?

 👉 प्रकृतिले हाम्रो जीवन, खेतीपाती, अन्नबाली, पानी र स्वच्छ हावामा सहयोग गरेको हुन्छ ।

(ग) कृष्णले गोकुलवासीलाई कसरी बचाए ?

 👉 कृष्णले हातले सिङ्गो गोवद्र्धन पर्वत उठाएर गोकुलवासीलाई असिना र वर्षाबाट बचाए ।

(घ) इन्द्रले किन माफी माग्नुप¥यो ?

 👉 इन्द्रले घमन्डका कारण मानिस, पशुपन्छी र वनस्पतिलाई दुःख दिएकाले माफी माग्नुप¥यो ।

११. आफ्नो घर वरपरका पहाड, डाँडापाखा र वनस्पतिको वर्णन गरेर एक अनुच्छेद लेख्नुहोस् ।

 👉 मेरो घर वरपर ठूला–ठूला डाँडा छन् । त्यहाँ हरियाली बोटबिरुवा र वनस्पति छन् । चराचुरुङ्गीको आवाजले वातावरण रमाइलो हुन्छ । यहाँको हावा ताजा र स्वच्छ छ ।

१२. आकाशबाट पानी परेन भने यो पृथ्वी, मानिस, पशुपन्छी, प्राणी र वनस्पतिको अवस्था कस्तो हुन्छ होला ?

 👉 आकाशबाट पानी नपरेमा खेतीपाती सुक्छ । मानिस र पशुपन्छी तिर्खाले मर्छन् । वनस्पति सुक्छन् । जीवन असम्भव हुन्छ ।

१३. तल दिइएको चित्र वर्णन गर्नुहोस् ।

 👉 (चित्र हेरेर विद्यार्थीले वर्णन गर्ने)

१४. तल दिइएको अनुच्छेद पढ्नुहोस् र निर्देशनअनुसार गर्नुहोस् :

(क) कहिल्यै पानी परेन भने कस्तो होला ?

 👉 पानी नपरेमा खेती सुक्छ, जीवन संकटमा पर्छ ।

(ख) सधैँ गर्मी भयो भने कस्तो होला ?

 👉 सधैँ गर्मी भएमा मानिसलाई तातोले बस्नै सकिँदैन ।

(ग) सधैँ जाडो भयो भने कस्तो होला ?

 👉 सधैँ जाडो भएमा मानिस चिसोले मर्छन्, पशुपन्छी र बोटबिरुवा पनि नष्ट हुन्छन् ।

भाषिक संरचना र वर्णविन्यास

१. तलको अनुच्छेद पढ्नुहोस् र रातो रङ लगाइएका शब्द टिपोट गर्नुहोस् :

 👉 जाने, खाने, रमाइलो गर्ने, खेल्ने, घुम्ने, फर्कने

२. उदाहरणमा दिइए जस्तै गरी क्रियापद बनाएर तालिकामा भर्नुहोस् :

 लेख्ने छु, बस्ने छु, पढ्ने छु, खेल्ने छु

 हामी लेख्ने छौँ, बस्ने छौँ, पढ्ने छौँ, खेल्ने छौँ

 तँ लेख्ने छस्, बस्ने छस्, पढ्ने छस्, खेल्ने छस्

 रमेश लेख्ने छ, बस्ने छ, पढ्ने छ, खेल्ने छ

 सीता लेख्ने छे, बस्ने छे, पढ्ने छे, खेल्ने छे

 उनीहरू लेख्ने छन्, बस्ने छन्, पढ्ने छन्, खेल्ने छन्

 आमा लेख्नुहुने छ, बस्नुहुने छ, पढ्नुहुने छ, खेल्नुहुने छ

३. उदाहरणमा दिइए जस्तै गरी क्रियापदका रूप परिवर्तन गर्नुहोस् :

 (क) गर्छ — गर्ने छ

 (ख) पढ्छ — पढ्ने छ

 (ग) लेख्छ — लेख्ने छ

 (घ) हिँड्छ — हिँड्ने छ

 (ङ) जान्छ — जाने छ

 (च) भेट्छ — भेट्ने छ

४. ‘जाने छु’, ‘भेट्ने छु’, ‘गर्ने छु’ र ‘फर्कने छु’ क्रियापदको प्रयोग गरी चार वाक्य लेख्नुहोस् ।

 👉
म भोलि मेलामा जाने छु ।

 म साथीलाई भेट्ने छु ।

 म होमवर्क गर्ने छु ।

 म बेलुकी घर फर्कने छु ।

५. चन्द्रबिन्दु (ँ) लागेका दशओटा शब्द पाठबाट खोजेर लेख्नुहोस् ।

 👉 गाउँ, मानिस, बाँच्न, चकनाचुर, आकाश, पानीबिना, भन्छन्, गर्छन्, सुन्तला, अन्तमा

६. उदाहरणमा दिइए जस्तै तलका शब्दमा शिरबिन्दु (ं) लगाएर लेख्नुहोस् :

 सवाद — संवाद

 प्रशसा — प्रशंसा

 कस — कसं

 सरक्षण — संरक्षण

 हस — हंस

 हिसा — हिंसा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *